तिम्रो बारेमा चारै तिर धेरै नै हल्ला सुनेको थिए सायद त्यसैले होला म पनि तिमि संग सम्बन्ध गास्न चाहेन्थे। मन मा धेरै उत्सुकता थियो त्यसैले म तिमि लाई भेट्ने सहि समय को पर्खाइ मा थिए। केहि समय को अन्तराल पछि तिमि संग परिचय हुने अवसर मिल्यो। म एकलै तिम्रो अगाडी प्रस्तुत हुन सक्ने आट नै थिएन। त्यसैले म मेरो दाजु को सहयोग मा तिम्रो अगाडी आउने जमर्को गरे। डेस्क टोप को धेरै आइकोन हरु को बिच मा तिम्रो इ अंकित आइकोन मा माउस ले दुइ पटक के थिचेको थिए तिमि एकछिन मा मेरो अगाडी प्रस्तुत भयौ। बस्ताब मा नै भन्नु पर्दा मेरो मन मा आश्चर्यको सिमा रहेन केहिबेर म केवल हेरि मात्र रहे। मेरो लागि बिल्कुल नौलो थियौ खै जानेर हो या अन्जान मा म तिमि प्रति एकदम मोहित भए एकै पटक मा दिल भित्र सजाए ।
त्यो दिन केवल तिमि संग परिचय मात्र भयो। साच्चो भनु भने म तिमि संग यति आकर्षित भा'को थिए कि म तिमि संग छुट्नै चाहेको थिएन। तर पनि तिम्रो र मेरो बिच तालमेल नमिलेको कारण म भोलि पुन भेट्ने बाचा गर्दै बिदा भए। एकपटक आखा मा बसेको चिज आखा बाट हटाउन गाह्रो हुने रैछ यति सम्म कि निद्रामा पनि सपनी बनि आउने रैछ। त्यो रात त जस्तो तसो बित्यो तर निद्रा ले छोड्ने बित्तिकै मेरो हात कम्प्युटर को स्वीच मा गयो। फेरी त्यहि आइकोन लाइ दुइ पटक थिचे पेज खुल्ने साथ तिमि लाई देख्ने बित्तिकै मेरो मुहार रातो हुदै गयो सायद लाज ले होला किन कि म तिमि लाई बुझ्न सकेको थिएन। बार बार म तिमि लाई खोल्ने बन्द गर्ने गर्थे कता कता तिमि ले म माथि कुरी कुरी त गरि राखेछैनौ भन्ने कुरा ले पनि मन मा ठुलै बहस म माथि गरिराखेको थियो। तर जसो तसो दाजुको सहयोग मा म तिम्रो एउटा अंग याहू संग सम्बन्ध जोड्न पुगे। बाफरे मैले त ठुलै काम पो गरेछु जस्तो पनि लाग्न थाल्यो आफैले आफुलाई गर्ब गर्न थाले।

भन्छन नि कुनै पनि सम्बन्ध लाई जीवन्तता दिन को लागि नयापन को एकदमै जरुरि हुन्छ। त्यस्तै तिमि संग को सम्बन्ध जति पुरानो हुदै गयो म तिमि बाट त्यतिनै नयापन पाउदै गइरहेको को छु। youtube, blogging sites, social networking sites, messanger n searching engine etc तिमि ले दिएको हरेक नया चिज को प्रयोग गरेर तिम्रो भरपुर प्रयोग गरेर फाइदा लिएको छु जसबाट तिमि पनि सन्तुस्ट छौ होला भन्ने लागेको छ। अब त यस्तो पनि लाग्छ कि तिम्रो र मेरो सम्बन्ध लाई दुनियाको कुनै पनि तागत ले पनि तोड्न सक्दैन। अन्त्यमा जिवन का हरेक मोड हरु मा तिम्रो चोखो निस्वार्थ आत्मिय माया रहिरहोस।
उही तिम्रो
वाहिद अलि
२०१०-०८-३०
1 comment:
hahaha ma ta keti ko kura gadaichhau jasto lageko thiyo suruma pachi ta e sanga po lop pareko raichha lol
Post a Comment