Thursday, October 28, 2010

दिन हरु पनि कति छिटो पुरानो भै’दिने ....

          दिन हरु पनि कति छिटो पुरानो भै’दिने अस्ति भर्खर हो म घर बाट सुक्क सुक्क गर्दै आखा बाट आसु झार्दै बिदाई भएको फेरी फर्किने दिन आइसके छ.....आफ्ना परिवार साथी भाईहरु संग टाढा भएर फेरी नजिक हुन  पाउनु यो पनि जिवन को एउटा रमाइलो पल हो जति पिढा आफ्नो परिवार संग टाढा हुनु पर्दा हुन्छ त्यो भन्दा धेरै खुसि केहि समय परिवार संग बिताउदाको दिनहरु मा हामी ले पाउछौ जुन खुसि को अनुभब गर्ने फेरी अर्को मौका मैले पाएको छु बर्ष दिन देखि देखेका खुल्ला आखा का ति सपना आफ्नै मनलाई गरेका बाचाहरु पुरा गर्ने दिन नजिकिदै गर्दा मनमा एउटा अनौठो हलचल मचिएको छ सुरुका केहि दिनहरु यादहरु ताजा भएकाले बिताउन गाह्रो भएता पनि पुराना दिनहरु फर्केर हेर्दा सबै दिन हरु एकदम उत्कृष्ट र सम्झन लाएक थिए सायद कतार सानो क्षेत्रफल भएको देश र साथी भाईहरु धेरै भएकाले होला प्रत्येक हप्ताको अन्तिम दिन  सजिलै जमघट हुने भएकाले दिनहरु सजिलै बितेको होला त्यसो त म संगै मेरो दाजु हरु भएका ले पनि विदेश को आभास नभएको हुन सक्छ घर फर्किने भन्दा कसको मन फुरुङ्ग नहोला र त्यस्तै फुरुङ्ग हुनेहरु मा म पनि सामेल भएको छु

Thursday, October 14, 2010

वास्तबमा हामी देश को लागि के गर्न सक्छौ र कसरि?

           फोटोसपले तिम्रो तस्बिर को चहेरा बदल्दीए जस्तै बास्तबमै मैले कसै को चहेरा बदल्न सक्ने भए....कमला श्रेष्ठ र निल डेविड लाई छोडेर....नम्रता, मनिषा, करिस्मा अनि निरुता मलाई खोज्दै दोहा आउने थिए....हुन त के आउन दिन्थे दोहा निर्मार्ता अनि निर्देसक ले पुजा लामा उफ्फ आमना फारुकी को बुर्का देखेर नै तर्सिसकेका छन् रे ...
            सपनी मा मैले गरेको सासन टुडिखेलमा गरेको  भाषण बास्तबमै साचो भैदिने हो भने.....जनसागर को बिच मा बादर कुमार भारत,झल्लु नाथ खलासी, फुल कमल ढाल, बिचारा राम वाटराई, छेर बादुर, सुजिल खोइराला...भाड देब गौत, हराम चाद, श्री३ कोमल थापा,सन् बादुर थापा, अनि डोन उपद्र यादब ताली बजाई रहेको हुन्थे....अनि मेरो समर्थन मा सुन्धारा अगाडी को रोडमा मादलको ताल संगै आहै.. क्या करुम हाए.. कुछ कुछ होता है.. भन्ने गित मा देखा थाप माया को कम्मर मा हात राख्दै डानस गर्थे...
             उफ्फ्फ मेरो जिवन पनि यसो भैदिए उसो भैदिए मै बित्ने भो म जस्तै सपनी को कुरा बिपनी मा सम्झेर रमाउदै बसेका रामबरण भए भैसी मा चढेर ज्ञानेन्द्र लाई फालेर सितल निवास मा फोटो सेसन गर्न पाउने थिएनन होला...तर के गरौ असम्भब केहि छैन हाम्रो नया नेपाल मा नहुने केहि भएन राजनीति सास्त्र मा पि एच डी गर्ने गोराहरु को मा पिलेट मस्काउदै छन् मोस्ट वान्टेड र हरुवाले देश हल्लाउदै छन् ..
            पसौ पसौ लाग्छ राजनीति मा फेरी चल्ता फिर्ता दुनियाले इर्ष्या गर्ने सरीर मेरो सालिक मा परिणत हुने हो कि भन्ने डर .....चोक चोक मा उभिनु पर्ने आफ्नै अगाडी भुसिया कुकुर मस्त निद्र मा आफ्नी प्यारी लाई अँगालो हालेर कुईकिदा... दिनमा आफ्नै अगाडी प्यारे ले प्यारी लाई पल्सर २२० सी सी मा चिप्किदै सुइकिदा...साह्रै पिढा भएको कुरा गिरिजा बाजे लाई सपनी मा श्री फाच हरु ले गुनासो गरेको र गिरिजा बाजेले विभिन्न बहाना बनाउदै आन्दोलन को नाउ मा सालिक तोड्न लगाई खाओ बादीहरु लाई दोष लगाए रे श्री फाच हरु लाई त स्व्व्व्व्र्ग मा आनन्द मिल्यो रे तर फुल कमल ढाल लाई यो कुरा हजम न भएर गिरिजा बाजे  लाई भेट्नु जादा अन्तिम सास बाकी रहेको डाक्टर हरु ले तिन सब्द मात्र बाकी रहेको इसारा गर्दा गिरिजा बाउ ले no my statue भनेको कुरा बुज्न लाई अहिले पनि फुल कुमाल ढाल एकान्त खोज्दै रिसोट हरु पुग्दा अस्ति बल्ल अर्थ बुजेको ले फुल कुमाल ढाल अंकल ले मलाई सुटुक्क भन्नु भाको ले राजनीति मा न छिर्ने बाचा गरेको छु....
             बरु म जे छु ठिकै छु.... एउटै  बिषयमा जिन्दगि गुजार्दा किसुन जी जस्तै कपाली को कपाल को जुम्रा हेर्दै आश्रम मा मृत्यु को पर्खीईमा पान को स्वाद लिदै बस्नु भन्दा बिचित्र को संसार को कल्पना मा फ्री मा आफु नायक बनेर बस्नु नै मजा भन्दा मेरो यो अस्त ब्यस्त लेख पढेर थाक्नु भएका मेरो प्यारो मित्र हरु लाई कमेन्ट ठोक्दिने विचार आ'को छ भने कृपया एउटा कुरा को उत्तर दिन न बिर्सिनु होला .....
वास्तबमा हामी देश को लागि के गर्न सक्छु र कसरि?