Tuesday, March 30, 2010

प्रगती नगर:



                  वास्तव मा नाम जस्तै हरेक कुरा मा प्रगती गर्न सफल यो बजार स्याङ्जा बजार देखी तल्लो भाग मा पर्दछ। शिक्षा चोक देखी सुरु हुने बजार धेरै टोल गल्ली हरु रहेका छन् बजार मा शिक्षा कार्यालय नगरपालिका देखी लिएर धेरै सरकारी तथा गैर सरकारी सस्था हरु रहेका छन। यहाँ सुबिध सम्पन्न फिल्म हल पनि रहेको छ भने रोशनी उच्च मा बि जुन स्याङ्जा जिल्ला को उत्कृष्ट तथा नमुना शैक्षिक केन्द्र मध्य मा पर्छ यो यही बजार को नारायण स्थान मा पर्दछ भने स्याङ्जा बजार को पहिलो बोडिङ स्कुल मा पर्ने ज्योति उच्च आवसिय मा बि पनि यही बजार को माथिल्लो भाग मा पर्दछ।           

           यस बजार को बिशेषता भने को यहाँ को समाज हो जुन सामाजिक बिकास को लागि एकदम कृयाशिल रहेको पाईन्छ। शिक्षा चोक पुरानो भेट्नरी चोक, बिरेन्द्र नगर, एकान्त कुना,सिव चोक नरायनस्थान यो ठाउँ को चोक तथा टोल हरु हुन। यहाँ का ब्यापारी बुद्दीजिबी भुपु लाहुरे को सहयोग बाट एनर्जेटिव क्लब को स्थापना भए को छ जुन स्याङ्जा को एउटा प्रमुख कलब हरु मा पर्दछ स्याङ्जा लाई फुटबल खेल बाट चिनाउन को लागि यो कलब ले एकदम सहयोग गरेको छ। स्याङ्जा बजार को समथल भाग भएका ले यहाँ प्लाटिंग गरेका सुबिधा सम्पन्न घडेरी हरु बिक्रि वितरण भए को हुदा यहाँ घना बस्ति बस्ने अनुमान लगाउन सकिन्छ। हरेक बेलुका बुढा बूढी देखि केटा केटी हरु घूमघाम गर्न निस्किने हुदा बेलुका पख एकदम चहलपहल हुने गर्दछ। त्येसैले स्याङ्जा देखि सबै ठाऊका केटा केटी हरु बेलुका पख घुम्नजाने हरु को घुइचो हुने गर्दछ अरौदी खोला को सितलो हावा र बाटो मा हिड्ने तरुनी हरु जिस्काउने रमाइलो गर्न चाहने हरु को लागी अरौदी खोला को पुल एकदम उपयुक्त ठाऊ हो।
                       बिरेन्द्र नगर प्रगति नगर को एकदम रमाइलो तथा जोसिला यूबा यूबती हरु को एउटा टोल हो। जून प्रगति नगर को अभिन्न अंग जस्तै हो किन की प्रगतिनगर लाई चिनाउने यहाँ को केटा केटी को ठुलो हात रहेको छ। हरेक चाडपर्ब दशै तिहार होली नया बर्ष आदि पर्ब हरु धूमधाम को साथ मा मनाउने जोस यहाँ को केटा केटी मा अन्य ठाऊ को भन्दा बिशेस किसिम को छ। कृष्ण मंदिर वरीपरी रमाइलो सल्ला घारी तथा तल अरौदी खोला साथै केहि माथि को घलेम को डाडा साचै एकदम मनमोहक छ। जहा हरेक सनिबार पिकनिक तथा रमाइलो जमघट हुने गर्दछ।
देविथान पुरानो सानो बजार हो जून बाटो भएर स्याङ्जा को एउटा नमूना तथा प्रख्यात गाऊ कोल्मा काहुले जान सकिन्छ। मोटर बाटो को सुबिधा नहुदा यो बजार ब्यापारिक रुपमा एकदम चहलपहल हुने गर्थियो। घुमती बजार संग घरहरु ले जोड़ने अबस्था मा रहेको यो बजार बिरेन्द्र नगर हुदै पनी जान सकिन्छ। घुमती देखि देविथान सम्म को सड़क पिच भएका ले अहिले यो ठाऊ एकदम रमाइलो र सजिलो भए को छ।
                       घुमती बजार यो पनी स्याङ्जा को पुरानो बजार नै हो। कुनै जमाना मा खच्चर हरु बाट गाऊ गाऊ मा सामान यही बजार बाट जाने गर्दथ्यो । बिच मा यो बजार केहि चहलपहल घटे पनी अहिले यहाँ कोल्मा काहुले र वरीपरी को गाऊ हरु को लागी जीप हरु छुटने ठाऊ भएका ले एकदम चहलपहल बढन थालेको छ ।

No comments: