Tuesday, April 14, 2015

नयाँ बर्षको ग्रिटिंग

           स्कुलमा एउटा भिन्नै किसिमको रौनक थियोl सबैका मनहरु खुसि देखिन्थेl  स्कुल अगाडी सिरिसको फुल भुइभरि अनि फुच्चा फुच्चीहरु त्यसैमा रमाउदै थिएl नयाँ बर्षको उल्लास सबैमा छाएको थियोl  हामि एक रुपिया वाला पोस्ट कार्ड पठाउने उमेर पार गरेका थियौ अर्थात ग्रिटिंग कार्ड अनि गिफ्ट पठाउन सक्ने भएका थियौl साथीहरु एक हप्ता अघि देखि नै क्लासमा डेस्क कुर्न छाडेका थिएl कसैले आएर आफ्नो बेगमा ग्रिटिंग कार्ड राख्ने मौका पाओस भनेरl मिल्ने साथि देखि नयाँ साथिहरु को पनि कार्ड आएर बसेको हुन्थ्यो ब्यागमाl कार्डमा लेखिएका शब्दहरु ले निर्धारण गर्दथ्यो उ कस्तो किसिमको साथी बन्न चाहन्छ भनेरl कार्ड आउने जाने हल्ला पहिले नै चलिसकेको हुन्थ्योl फेरी पनि ब्यागमा आफै आएर बसेको कार्डले अर्कै तरंग पैदा हुन्थ्योl जीवनमा कार्डहरु धेरै नै आए गए अनि कार्ड पठाउने बिषेश दिनहरु पनिl तर कुनै कार्ड र दिन भने याद बनेर बसेका छनl प्रतेक नयाँ बर्षमा झुल्किने वाचामाl

Wednesday, April 8, 2015

कसलाई के वास्ता


कोहि गर्जिन्छन, कोहि बर्सिन्छन, कोहि स्थिर
कोहि उठ्छन, कोहि भासिन्छन, कोहि स्थिर
स्थिर, शान्त अनि मौन  जसको के वास्ता
उर्लिने, चम्किने, गर्जिने कै चारै तिर चर्चा