Wednesday, June 20, 2018

सद्भाव बाँड्ने पर्व ईदउल फित्र


"कान्तिपुर डेलीमा असार ३, २०७५ प्रकाशित मेरो लेख" 

ईस्लाम धर्मावलम्बीहरु हरुको महान पर्व ईद उल–फित्र हो जुन एक महिने रमजानको रोजा (वर्त) समाप्ति संगै मनाइने गरिन्छ संसार भरिका मुस्लिमहरु यस पर्वलाई उत्सव तथा उमङ्ग साथ् मनाउने गर्दछन ईद आपसी प्रेम एवं सद्भावले बाँध्ने पर्व हो ईदको प्रार्थना संगै एक आपसमा क्षमा माग्ने र क्षमा दिने गरिन्छ जसले समाज, छरछिमेक तथा आफन्तबीचको तिक्तता मेट्छ समग्रमा ईदले एक आपसमा भाइचाराको सम्बन्ध स्थापित गर्दछ


Sunday, June 10, 2018

राजाको सालिक

(" राजाको भूतसंग तर्सिने दिन गए " स्याङ्गजा चोक को सालिक तोडिएको सन्दर्भमा २०७५ जेष्ट १६ नयाँ विकल्पमा प्रकाशित )
          आरसिसि घरहरु औलामा गन्न सकिन्थ्यो ति पनि आधा अधुरा आरसिसि उ बेला स्याङ्गजालाई बजार भन्ने आधार भनेको टुडिखेल, राजाको सालिक र सरकारी कार्यालयहरु मात्र थियो भन्दा गलत नहोला राजाको सालिक मेरो घरको आगन देखि प्रष्टै देखिन्थ्यो त्यसैले राजाको सालिक संग भावनात्मक सम्बध केहि बढी छ त्यसो त टुडिखेल र सरकारी कार्यालयहरु संग भावनात्मक सम्बन्ध उतिकै थियो किनकि, राजाको सालिक, टुडिखेल र सरकारी कार्यालयका छत, कुना, काप्चा, चौरमा खेलेर हाम्रो बाल्यकाल बितेको थियो