Monday, April 15, 2013

अधुरो खासा यात्रा..


१३ अगष्ट २०१२ 

               दाजु भाई अध्यारो काठमाण्डौ को चहलपहल लाई नियाल्दै ठमेल पुगेर कफी पिएर ६ लेनको बाटोमा हुइकिदै थियौ l आफ्ना सबै अस्तव्यस्तता लाई थाती राखेर एउटा लामो यात्राको सोच बनाउदै अचानक दाईले भोलि खासा जाउँ भन्नु भयो मैले झट्टै हुन्छ भने l खासा मेरो लागि पहिलो पल्ट भए पनि त्यो मेरो लागि परिचित ठाउँ थियो l काठमान्डौ देखि तातोपानी सम्मको यात्रा लाई समेटेर बनेको डकुमेन्ट्री फिल्म केहि बर्ष पहिले नेपाल टेलीभिजन बाट हेरेको थिए अनि त्यहि बेला देखि खासा संग परिचित जस्तै थिए l त्यस्तै बिचमा पर्ने बन्जीजम्पिङ् जहाँ पुगेर खिचेका तस्बिरहरु ले केहि साथिहरु को फेसबुकमा देख्दा मनमा त्यहाँ पुग्ने रहर पहिले देखि नै थियो l त्यस पछि भोलि सबेरै उठ्नु छ भनेर हामी घर फर्कियौ l

Thursday, April 11, 2013

शुभकामना २०७० साल को...

चैत बैशाख का उराठिला दिनहरु देखिन

हुरीबतास ले उडाएका पातहरु भेटिन

म सन् मा डुबेको रहेछु,

सम्वत् लाई भुलेर

सम्झाइदिने कोहि भएनन,

शुभकामना का दुई अक्षर कोरेर !

Monday, April 8, 2013

एक पल


         
                                हामी एकदम उत्साहित थियौ l हाम्रो प्रतिक्षा अन्तिम बिन्दुमा थियो l आफ्नै कोठा अनि आफ्नै वेडले पनि बिर्सिसकेको रहेछ l दुई दिन बितिसक्दा पनि म अझै नौलो छु l रातको १२ बजिसकेको छ l अब म फुर्सदिलो छु l  म उ संग गफ्फिने सुरमा छु l अन्तर्राष्ट्रिय र राष्ट्रिय  कलरेट त फरक थियो नै यहाँ अरु कुरा पनि फरक हुदै थियो l  उ बाट अपेक्षा नगरेको जवाफ ले मन मा धेरै किसिम का तरंग पैदा भयो l म दुविधामा परे l सपना को दुनियाँ छु जस्तो भान भयो l फेरी त्यहि कुरा दोहोराउइ रहन चाहिन l