Wednesday, April 30, 2014

निगममा शाही का अवशेष

-वाहिद अलि 
                  हिजो देशवासीका मुहारमा खुसि अनि केहि सम्भावना बोकेर ५८ सिटको ‘एमए ६०’ जहाज ले अवतरण गर्यो l २८ बर्ष पछि हामीले नया जहाज पाएका थियौ l जहाज किन्न जानेहरु अनि हाम्रो नयाँ जहाजको फोटो केहि दिन पहिले नै सार्बजनिक भएकाले जहाज भन्दा पनि जहाजको स्वागत कस्तो हुने हो भनेर फेसबुक देखि अनलाईन पत्रिकामा व्यग्रताका साथ प्रतिक्षामा थिए l दिउसो १:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने साथ बिभिन्न सामाजिक संजाल भरि समाचार तथा फोटोहरु देख्न पाईयो l चाइनाको अन्य समान जस्तो एकदमै आकर्षक त्यो भन्दा पनि चन्द्र सुर्य सहित रातो निलो रंगले पोतिएको जहाज हाम्रो विमानस्थलमा देख्दा वास्तबमै हर्ष को कुनै सिमा थिएन l हाम्रो संस्कृति अनुसार बाजागाजा सहित पञ्चकन्याले स्वागत गरेको फोटो देख्दा गर्व महसुस भयो l अनुदानमा प्राप्त गरिएको भए पनि चाइनाले गरेको अनुदान थियो l हम तुम्हारे देशको अनुदान मे जहाज दिया है भनेर फुई नहान्ने देशले दिएको भएर मनमा कुनै संकोच थिएन l तर समाचारहरु अनि फोटोहरु आउने क्रममा कता कता मनमा केहि प्रश्न हरु उब्जिन थाल्यो l