Wednesday, January 27, 2021

कोरोनाभाइरसका चुनौतीको बेला पाएको अवसर र त्यसबाट चुकेका हामी

 कोरोना भाइरससँगको यात्रा–२

माघ १३, २०७७ २०७७ माघ १३ गते रातोपाटीमा प्रकाशित 


दस महिने नेपाल बसाइपछिको कर्मभूमिको यात्रा अहिलेसम्मको पृथक् यात्रा थियो । पृथक् यस मानेमा कि कोरोनाको अन्त्य भइनसकेको अवस्थामा कतार प्रवेशका निम्ति त्यहाँको सरकारले विशेष नियम लागू गरेको थियो । जसमा पीसीआर परीक्षण, होटेल क्वारेन्टाइन पुनः पीसीआर परीक्षण लगायत अन्य प्रक्रिया थिए । सबै प्रक्रिया मेरो निम्ति पहिलो अनुभव थियो  । यो अनुभवको निम्ति उत्सहित थिएन । पीसीआर परीक्षण, होटेल क्वारेन्टाइन पक्कै पनि सहज होइन ।    

‘छुवाछुत विरुद्धको युद्ध’


समाधान राष्ट्रिय दैनिकमा २०७७ जेठ २९ गते प्रकाशित


जातीय छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८  मा प्रष्ट भनिएको छ ।  कसैले जातीय भेदभाव वा छुवाछूत गर्ने कार्य गर्न कुनै प्रकारको मद्दत गर्न, दुरुत्साहन गर्न, उक्साउन वा त्यस्तो कार्यको उद्योग गर्न हुँदैन । तथापी जातीय छुवाछूतका सन्दर्भमा नेपालको पहिलो लिखित कानुन मुलुकी ऐन १९१० विज सावित भयो । किनकी मुलुकी मुलुकी ऐन १९१० मा प्रष्ट लेखिएको थियो  ठूलो जात, सानो जात, अनि ठूलो जातले सानो जातको हातबाट खान नहुने, खाए दण्डित हुने आदी । यसको बावजुद  इतिहासकारहरु जंगबहादुरको पालामा लिखित  मुलुकी ऐन पूरा राणा शासनकै एक ठूलो उल्लेखनीय उपलब्धि मान्दछन।  जस्ले त्यसबेला व्याप्त जातीय छुवाछूत तथा भेदभावको अवस्थालाई चित्रण गर्दछ। 

जात, धर्म र थरभन्दा माथिको हाम्रो समाज

 २०७७ वैशाख १४  गते प्रकाशित सेतोपाटीमा प्रकाशित 



म घृणा, अन्याय र अत्याचार सहन्नँ किनकी म घृणा, अन्याय र अत्याचाररहित समाजमा जन्मे, हुर्केको हुँ। आज पनि मेरो समाजमा त्यत्तिकै सौहार्द वातावरण छ। जब म कोरोना (कोभिड-१९)को माहामारीले विश्वमा कोलाहल मच्चिएको समाचार पढेर विक्षिप्त हुन्छु, घरको छतमा टहल्न पुग्छु। त्यहाँ म आनन्दित हुन्छु। यहाँ हरेक घरका छत अनि कौसीबाट एक-अर्कामा माया प्रेम बाडिरहेको देख्छु।

कोरोना भाइरससंगको यात्रा

 २०७६ चैत २२ गते रातोपाटीमा प्रकाशित 



वर्षे विदामा घर आउने मेरो तयारी र कोरोना भाइरस विरुद्दको विश्वको तयारी एकै समय भएको थियो l म घर फिर्ने कुरामा दोधारमा परिरहेको थिए l  दिन-रात, एक-एक घण्टाको हिसाब गर्ने मेरो परिवारका निम्ति यात्रा जरुरि थियो l  त्यस्तो त यस्तो जटिल समयमा मेरो उपस्थितिले परिवारमा केहि राहत अवश्य हुने थियो नै l लकडाउन केवल कोरोनाको ईपीसेन्टर ऊहानमा थियो l  अहिले जस्तो विश्व लकडाउन भएको अवस्था भने थिएन l विश्व विख्यात एअरलाइन्सहरुले आफ्नो सेवा निर्वादरुपमा दिएका थिए l म ढुक्क हुने यो पनि एउटा आधार थियो l

Wednesday, March 4, 2020

देशभन्दा पुरानो मुस्लिम समुदाय



- समाधान राष्ट्रिय दैनिक, २०७६ फागुन ५ गते सोमबार प्रकाशित 
मोहम्मद वाहिद अलि
एसियाका ठूला देशहरु चीन र भारतको बीचमा हिमालको काखमा अवस्थित देश हो नेपाल । एकीकरण पूर्व नेपालको सिमानाभित्र विभिन्न ससाना राज्य—रजौटा थिए । जहाँ मुस्लिम समुदाय पनि बसोबास गर्दै आएका थिए । नेपाल राज्यको भौगोलिक एकीकरण राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले २ सय ४८ वर्ष अगाडि १८२५ सालमा काठमाडाैं विजय गरेर सुरुआत गरेका हुन् । यो क्रम चलिरह्यो । सुगौली सन्धिले त्यसबेलाको गोरखा राज्यलाई नेपाल राज्यको कानुनी मान्यता प्राप्त गरेको तथ्यलाई मान्नैपर्ने हुन्छ । त्यस्तै सन् १९२३ को नेपाल सरकार र ब्रिटिस सरकारबीच चन्द्र शमशेरको प्रयासमा भएको सन्धिले पहिलोपटक नेपाल सार्वभौमसत्ता र स्वतन्त्रताको कहिल्यै घाम नअस्ताउने ब्रिटिस साम्राज्यबाट मान्यता प्राप्त गर्‍यो ।

Wednesday, August 21, 2019

ईस्लाम धर्म, हाम्रो समुदाय र सामाजिक संजाल

( यो लेख "सामाजिक संजालमा साम्प्रदायिक विभेद र असहिष्णुता" शिर्षकमा अनलाइनखबरमा
२०७६ साउन १८ गते प्रकाशित )


धार्मिक विषय निकै संवेदनशील हुने गर्दछ । हामि धार्मिक विषयमा लेख्न अथवा बोल्न भन्दा पहिले धेरै अध्ययन तथा ज्ञानको आवश्यकता हुन्छ । त्यसो त ईस्लाममा आफुमा भएको ज्ञान अरुलाई बाड्नु पर्दछ भनिएको छ । त्यस्तै कस्तो व्यक्तिले ज्ञान बाड्दै छ त्यो पनि महत्वपूर्ण हुन्छ । किनकी धर्मग्रन्थमा लेखिएको कुराहरु कुनै एक व्यक्तिको बुझाई संग केहि अर्थ लाग्दैन ।  वर्तमान अवस्थामा मानिसहरु आफु अनुकुल व्याख्या गर्दै ईस्लामले दिएका आदेशहरुलाई तोडमोड गर्ने कोसिस गरिरहेका छन् । जुन निकै निन्दनीय छ । म ईस्लाममा भनिएका आधारभूत कुराको पूर्ण पालना गर्न नसकेको मान्छे । धर्मले वर्जित गरिएका धेरै कुराहरु बाट पूर्णरुपमा बच्न नसकेको मान्छे । जसले ईस्लामिक विषय लेख्न खोज्नु केवल मुर्खता हुने छ । त्यसो भनिरहदा म मुस्लिम समुदायको एक पात्र हो । समुदायमा हुने गरेका क्रियाकलाप प्रति सबैको चासो हुन्छ र हुनुपर्दछ । यहाँ ईस्लामिक ज्ञानगुन  बाड्ने भन्दा पनि सामाजिक चासोको विषयमा माथि आफ्ना मदभेद राख्न चाहन्छु।   

 

Monday, June 10, 2019

करिनाको बर्थडे




बिहेको रमझम सकिएर लामो दुरीको सम्बन्ध पनि हामि बीच आदत भइसकेको थियो अब पालो उसको बर्थडेको थियो जुन बिहे पछिको पहिलो बर्थडे थियो म पहिलो छोरि भएर होला मेरो हरेक बर्थडे रमाइलो संग मनाउदै आएको छौ  बर्थडे मेरो लागि एकदम स्पेसल छ उ मलाई महिनादिन पहिले देखि यस्तै कुरा सुनाइरहेकी थिइ म पनि लगभग महिना दिन अघि देखि ह्यापी बर्थडे भन्न कुनै दिन छुटाइन उ मुसुक्क हास्दै ठुस्किन्थी भिडियो कलको अन्त्य अनि भाइबरको गफगाफको अन्त्य बर्थडेमा नै टुंगिने गर्थ्यो   जेठको ८ गते बिहेको मिति भन्दा बेसी तड्पाई भयो कहिले आउछ जेठको ८ गते र यो तड्पाईको अन्त्य हुन्छ भनेर मन आतिएको पनि होइन  फेरी कसरि उसको यो बर्थडे स्पेसल बनाउने भन्ने चिन्ता मनमा थियो ।