Tuesday, September 4, 2018

राजाको सालिक



" राजाको भूतसंग तर्सिने दिन गए "

( स्याङ्गजा चोक को सालिक तोडिएको सन्दर्भमा 
२०७५ जेष्ट १६ नयाँ विकल्पमा प्रकाशित )

आरसिसि घरहरु औलामा गन्न सकिन्थ्यो ति पनि आधा अधुरा आरसिसि उ बेला स्याङ्गजालाई बजार भन्ने आधार भनेको टुडिखेल, राजाको सालिक र सरकारी कार्यालयहरु मात्र थियो भन्दा गलत नहोला राजाको सालिक मेरो घरको आगन देखि प्रष्टै देखिन्थ्यो त्यसैले राजाको सालिक संग भावनात्मक सम्बध केहि बढी छ त्यसो त टुडिखेल र सरकारी कार्यालयहरु संग भावनात्मक सम्बन्ध उतिकै थियो किनकि, राजाको सालिक, टुडिखेल र सरकारी कार्यालयका छत, कुना, काप्चा, चौरमा खेलेर हाम्रो बाल्यकाल बितेको थियो

कतारमा नेपालीको फुटबल प्रेम

( वर्ल्डकप को सन्दर्भमा फ्यानजोनको सन्दर्भमा 
२०७५ साउन १ गते अनलाइन खबरमा प्रकाशित ) 
संसारका झण्डै ४० प्रतिशतलाई मानिसलाई कुनै न कुनै रुपमा प्रभावित बनाउँदै बहुप्रतिक्षित विश्वकप फुटबल सकिएको छ । रुसमा सम्पन्न उक्त फुटबलसँग नेपालीको कुनै चासो नहुँदा नहुँदै पनि नेपालका झण्डै १५ प्रतिशत जनतालाई यसले प्रभावित बनाएको अनुमान गर्न सकिन्छ । विश्वका विकसित देशका जनतालाई ५६ प्रतिशत र फुटबल खेल्ने मुलुकका जनतालाई यो खेलल ९७ प्रतिशत प्रभावित बनाएको आँकडा सार्वजनिक भएको छ । यसको अर्थ हो, यसले विश्वको ठूलो अर्थतन्त्रलाई यसले प्रभावित बनाएको छ र आगामी दिनमा यो बढ्दै जान्छ ।
२०२२ को वर्ल्डकप खेलाउन तयार देश कतारमा यसले प्रभावित बनाउनु स्वभाविक नै हो । र, नेपालको श्रम बजारको मुख्य हिस्सा रहेको कतारको रंगशाला बनाउन रातदिन मेहनत गरिरहेका नेपालीहरुको सन्दर्भमा नेपालमा यसको महत्व बढेर गएको छ ।