Wednesday, August 21, 2019

ईस्लाम धर्म, हाम्रो समुदाय र सामाजिक संजाल

( यो लेख "सामाजिक संजालमा साम्प्रदायिक विभेद र असहिष्णुता" शिर्षकमा अनलाइनखबरमा
२०७६ साउन १८ गते प्रकाशित )


धार्मिक विषय निकै संवेदनशील हुने गर्दछ । हामि धार्मिक विषयमा लेख्न अथवा बोल्न भन्दा पहिले धेरै अध्ययन तथा ज्ञानको आवश्यकता हुन्छ । त्यसो त ईस्लाममा आफुमा भएको ज्ञान अरुलाई बाड्नु पर्दछ भनिएको छ । त्यस्तै कस्तो व्यक्तिले ज्ञान बाड्दै छ त्यो पनि महत्वपूर्ण हुन्छ । किनकी धर्मग्रन्थमा लेखिएको कुराहरु कुनै एक व्यक्तिको बुझाई संग केहि अर्थ लाग्दैन ।  वर्तमान अवस्थामा मानिसहरु आफु अनुकुल व्याख्या गर्दै ईस्लामले दिएका आदेशहरुलाई तोडमोड गर्ने कोसिस गरिरहेका छन् । जुन निकै निन्दनीय छ । म ईस्लाममा भनिएका आधारभूत कुराको पूर्ण पालना गर्न नसकेको मान्छे । धर्मले वर्जित गरिएका धेरै कुराहरु बाट पूर्णरुपमा बच्न नसकेको मान्छे । जसले ईस्लामिक विषय लेख्न खोज्नु केवल मुर्खता हुने छ । त्यसो भनिरहदा म मुस्लिम समुदायको एक पात्र हो । समुदायमा हुने गरेका क्रियाकलाप प्रति सबैको चासो हुन्छ र हुनुपर्दछ । यहाँ ईस्लामिक ज्ञानगुन  बाड्ने भन्दा पनि सामाजिक चासोको विषयमा माथि आफ्ना मदभेद राख्न चाहन्छु।