धार्मिक विषय निकै संवेदनशील हुने गर्दछ । हामि धार्मिक
विषयमा लेख्न अथवा बोल्न भन्दा पहिले धेरै अध्ययन तथा ज्ञानको आवश्यकता हुन्छ । त्यसो
त ईस्लाममा आफुमा भएको ज्ञान अरुलाई बाड्नु पर्दछ भनिएको छ । त्यस्तै कस्तो व्यक्तिले
ज्ञान बाड्दै छ त्यो पनि महत्वपूर्ण हुन्छ । किनकी धर्मग्रन्थमा लेखिएको कुराहरु कुनै
एक व्यक्तिको बुझाई संग केहि अर्थ लाग्दैन ।
वर्तमान अवस्थामा मानिसहरु आफु अनुकुल व्याख्या गर्दै ईस्लामले दिएका आदेशहरुलाई
तोडमोड गर्ने कोसिस गरिरहेका छन् । जुन निकै निन्दनीय छ । म ईस्लाममा भनिएका आधारभूत
कुराको पूर्ण पालना गर्न नसकेको मान्छे । धर्मले वर्जित गरिएका धेरै कुराहरु बाट पूर्णरुपमा
बच्न नसकेको मान्छे । जसले ईस्लामिक विषय लेख्न खोज्नु केवल मुर्खता हुने छ । त्यसो
भनिरहदा म मुस्लिम समुदायको एक पात्र हो । समुदायमा हुने गरेका क्रियाकलाप प्रति सबैको
चासो हुन्छ र हुनुपर्दछ । यहाँ ईस्लामिक ज्ञानगुन
बाड्ने भन्दा पनि सामाजिक चासोको विषयमा माथि आफ्ना मदभेद राख्न चाहन्छु।
मानव परापूर्वकालदेखि नै आफ्नो चालचलन, विचार तथा सिद्दान्त मिल्नेहरु बीच झुण्ड भइ बस्ने गरेको पाइन्छ । आज त्यहि झुण्डलाई समाज अथवा समुदाय भन्ने गरिन्छ । जहाँ धनि/ गरिव, शिक्षित / अशिक्षित तथा बलिया / कम्जोर सबै अटाएका हुन्छन । अहिले समाजको परिभाषा फेरिएको अवस्था छ ।
समाजले अहिले ठुलोरुप लिएको छ । अर्थात् इन्टरनेट तथा सामाजिक
संजालको कारण पुरै विश्व साघुरिएको छ ।
सामाजिक संजालको हाई ५ पश्च्यात फेसबुक संग जोडिएको पनि १ दशक भन्दा धेरै भैसकेको छ । जसले गर्दा फेसबुक लगायतका सामाजिक संजालका धेरै पाटा केलाउने तथा बुझ्ने अवसर मिल्यो । सामाजिक संजाल जसले संसार भरिका मानिस तथा मानिस संग जोडिएका कैयौ पाटाहरुलाई हेर्ने, बुझ्ने तथा उपयोग गर्न सहज गरिदिएको छ ।
कुनै पनि समाज तथा समुदाय धर्म
संग जोडिएको नै हुन्छ । त्यसैले सामाजिक संजालमा धार्मिक बहस नहुने कुरै भएन ।
त्यसो त यस संजालमा धार्मिक र अधार्मिक दुवै कुराहरु वर्जित छैनन । अपराधिक मानिस देखि साधु सज्जन अनि शरीर पुरै ढाकिने पहिरन लगाउने देखि निकै कम वस्त्र लगाउने मानिसहरु यहाँ देख्न सकिन्छ । पहिरन संगै विचार लगायत धेरै
विविधता भएका मानिसहरु यहाँ भेट्न सकिन्छ । त्यसैले सामाजिक संजाल धेरै पक्षबाट
उदार देखिन्छ ।
वर्तमान अवस्थामा धार्मिक प्रचारप्रसार तथा बहसको निम्ति सामाजिक संजाल प्रयोग बढ्दै गरेको पाइन्छ ।
यसरि सामाजिक संजालमा धार्मिक बहस तथा पोस्टहरु गरिरहदा यसका फाइदा बेफाइदाका
आआफ्नै तर्कहरु होलान । तथापी धार्मिक बहस तथा पोस्टहरु सामाजिक संजालमा फैलाउदै
गर्दा यो धर्मको दयारामा छ कि छैन भन्ने सवाल महत्वपूर्ण छ ।
सामाजिक संजालको प्रयोग -
सामाजिक संजाल देश, समाज र
परिवेश अनुसार फरक किसिमले प्रयोग गरेको पाइन्छ । हाम्रो समाजले सामाजिक संजालको प्रयोग धन हुनेले धन, रुप हुनेले रुप, ज्ञान हुनेले ज्ञान देखाउने माध्यमका रुपमा लिएका छौ । यसलाई औकात देखिने र देखाउने संजाल भन्दा दुईमत नहोला ।
जसले गर्दा समाजमा यसको नकरात्मक असर परिरहेको देखिन्छ । कसैले आफ्नो नयाँ घर, गाडी, पार्टी, मोजमस्ती तथा खानेकुराका फोटो, भिडियो पोस्ट गर्यो भने त्यसले धेरै लाई बेचैनि गराउदछ । कतिले तुरुन्त आफ्नो भडास पोखी हाल्छन । यसरि कसैको प्रगतिले कसैको
चित्त दुख्छ भने यो देख्ने देखाउने काम पक्कै पनि ठिक होइन ।
पछिल्लो समय सामाजिक संजालमा
संसारिक रंगरमाईलो देखाउने मात्र नभई धर्मकर्म प्रति मेरो झुकाव यति भनेर देखाउने माध्यम पनि बनेको छ । कतिले आफ्नो पहिरन, सत्कार्य, ध्यान आदि कुराहरु माथि गर्व गर्दै सामाजिक संजालमा पोस्ट गर्ने गर्दछन । पक्कै पनि यी सबै कुरा देखाउनको निम्ति होइन ।
त्यसो त अरुलाई देखाउनका निम्ति गरिने कुनै पनि कार्य राम्रो होइन ।
सामाजिक संजालमा फोटो तथा
भिडियोको सन्दर्भमा –
सामाजीक संजालको अभिन्न अंग
फोटो तथा भिडियो हो भन्दा गलत नहोला । मानिसहरु आफ्ना दैनिक गतिविधि फोटो तथा
भिडियोको माध्यमबाट एकअर्का माझ फैलाउने काम सामाजिक संजालमा हुन्छ । केहि दशक
पहिले मानिसहरु मोबाइल बोके जस्तै क्यामेरा हातमा बोकेर हिड्ने गर्दथे । त्यसै
बिचमा केहि बुज्रुगहरु थिए, जसले फोटो खिच्न असहमति जनाउथे । ईस्लाममा फोटो
खिच्नु बर्जित छ भन्थे । अहिले पनि केहि त्यस्ता बुज्रुगहरु भेटिने गर्दछन । फोटो
खिच्न लालायित हुने उ बेला उनिहरु आफु अनुकुल ईस्लामिक आदेशलाई तोडमोड गरेर आफ्नो
फोटो खिचाउन चाहेनन् । वर्तमान अवस्था बेग्लै छ । मानिसहरु आवश्यकता भन्दा पनि
फोटो, भिडियो खिच्ने सौख राख्दछन । त्यो पनि सामाजिक संजालमा पोस्ट गर्नका
निम्ति । के सर्वसाधारण, के धर्म गुरुहरु चिरिच्याट्ट परेको फोटो तथा भिडियो
सामाजिक संजालमा पोस्ट नगर्ने व्यक्ति कमै भेटिन्छ । त्यसो त् फोटो भिडियो बिना
पनि सामाजिक संजाल प्रयोग गर्न सकिन्छ।
हामीले सिनेमा हेर्न वर्जित छ
भन्ने कुराहरु धर्म गुरुहरुबाट सुन्दै आएका छौ । जसको चर्चा सामाजिक संजालमा पनि
हुने गर्दछ । सिनेमा जहाँ बेपर्दा महिला पुरुषका बीच अभिनय तथा नाचगान हुने गर्दछ
। आजको युगमा पनि आफ्नो सम्पूर्ण जीवनकाल भरि सिनेमा नहेर्ने कयौ त्यस्ता
बुजुर्गहरु छन् । उहाँहरु सिनेमाका सम्बन्धमा किन्तु परन्तु लगाउन चाहदैनन्
। कतिपय बुजुर्ग जसले घरमा टेलिभिजन सम्म पनि राख्दैन । हामि फेसबुक प्रयोगकर्ता
जसले न्युजफिडमा डुल्दै गर्दा त्यस्ता नाचगान, फिल्म, व्यवसायिक प्रचारप्रसार र
आफु संग भएका साथिहरुका बेपर्दा भिडियो, फोटो आउने गर्दछन । फेसबुकमा ति सबै
कुरालाई बर्जित गर्ने कुनै विकल्प हुदैन । फेसबुक चलाउदै गर्दा हामि ति
सामग्री हेर्न बाट अछुतो रहन सक्दैनौ । अर्थात् फेसबुक जस्ता सामाजिक संजाल हेर्नु
र फिल्म हेर्नुमा कुनै भिन्नता छैन भन्दा दुइमत नहोला ।
सामाजिक संजालमा पहिरनका कुरा
-
सामाजिक संजालमा पहिरनका
बारेमा धेरै बहस हुने गर्दछ । अझ
भनौ महिलाका पहिरनमा । पहिरन शरीर पुरै ढाकिने हुनु पर्छ चाहे त्यो पुरुषको होस्
अथवा महिलाको । फेरी धर्ममा घुमघाम, बिहे तथा पार्टी छुट दिएको छैन । केहि
मानिसहरु आफ्ना सहजतामा पहिरिने पोसाकको आडमा अरु माथि निकै प्रश्न तेर्स्याउने
गर्दछौ । जाडोमा ईस्लामिक ड्रेसमाथि फेन्सी ज्याकेट लगाउने । बिहेमा त्यहि
ड्रेसमाथि कोट पनि लगाईदिने । फेरी हलिवुडका हिरोको जस्ता चश्मा लगाउने । तर
त्यस्तै ज्याकेट, कोट तथा चस्मा संगै ट्राउजर, पाइन्ट क्याप लगाउनेहरु लाई फरक
सोच्ने सिद्दान्तले ग्रसित छौ । यो त आफु अनुकुल सोच भएन र ?
सामाजिक संजालमा अरुका बारे
टिकाटिप्पणी -
सामाजिक संजालमा मानिसहरु
आफ्ना कमीकमजोरीहरु लाई नजरअन्दाज गरिरहेका हुन्छन । ति कमीकमजोरी सबैका अगाडी
छर्लङ्ग हुन्छ । ईस्लाममा ईल्म तथा पहिरन संगै नियत पनि महत्वपूर्ण हुने गर्दछ ।
व्यवहारिक रुपमा शुन्य तर देखाउनका निम्ति गरिने धार्मिककार्य, बहस, उपदेश
व्यर्थ हो । सामाजिक संजाल केवल आफुलाई मन नपर्ने व्यक्तिले गरेका कार्यहरु माथि
धेरै टिकाटिप्पणी गर्ने तर आफु तथा आफ्ना परिवारले त्यस्तै प्रवृतिका तथा
गैरधार्मिक कार्यको नजर अन्दाज गरेको देखिन्छ । बरु त्यस्ता गैरधार्मिक पोस्टहरुमा
तारिफ गर्दै कमेन्ट लाईक गर्न छुटाउदैनन् । धर्मले पक्कै पनि कसैलाई गल्ति
गर्ने छुट दिएको छैन । अरुका बारेमा सोच्दै गर्दा पहिले आफैमा परिवर्तन ल्याउने
कोसिस गर्नु पर्दछ ।
फेसबुके संस्कार -
सामाजिक संजालको सामान्य नियम
साथीबनाउने, फोटो, भिडियो तथा स्ट्याटस पोस्ट गर्ने अनि लाइक, कमेन्ट तथा शेयर
गर्ने आदि हो । हामीले कस्तोलाई साथी बनाउने, कस्तो सामग्रीमा लाई लाइक ,
कमेन्ट तथा शेयर गर्ने भन्ने कुरा आफैमा
स्वतन्त्रता छ । एउटा धार्मिक मानिस जसले गैर महिला तथा पुरुसलाई साथि बनाउनका
निम्ति अनुरोध पठाउछ । साथि बनिसके पछि एउटा धार्मिक व्यक्ति जसले आफ्नो मर्यादा
नै भुलेर उसका फोटो तथा भिडियोमा लाइक तथा तारिफयुक्त कमेन्ट गर्दछ । तारिफ गर्न
योग्य होइन भन्ने तर्फ हेक्का राख्दैन । सम्भवतः उ आफुलाई फेस्बुके संस्कारी हो
भन्ने देखाउन चाहन्छ । यसरि गैर धार्मिक पोस्टमा गरिने प्रतिक्रियाले कस्तो संदेश
दिन्छ भन्ने सम्म हेक्का हुदैन । गैर महिला पुरुष मात्र नभई आफ्नो परिवार,
इष्टमित्र तथा समाजका व्यक्तिहरुका गलत पोस्टहरुमा लाइक, कमेन्ट नगरी बस्ने
स्वतन्त्रता आफु संगै हुन्छ । तथापी यसलाई संस्कारको रुपमा लिनु गलत होइन र
? गलतकार्य लाई प्रोत्साहन गरेको भएन र ?
सामाजिक संजालमा धार्मिक पोस्ट
-
सामाजिक संजाल जस्तोसुकै
अवस्थामा हेर्ने गरिन्छ । अर्थात् पवित्र स्थानमा पवित्र भएर हेरेको हुदैनौ ।
पाइखानामा बसेर फेसबुक हेर्दै गर्दा अथवा त्यस्तै अपवित्र अवस्थामा फेसबुक हेर्दै
गर्दा धार्मिक पोस्टहरु अचानक न्युजफिडमा आइदिदा पक्कै पनि त्यो सहज अवस्था हुदैन
। कतिपय अवस्थामा धार्मिक पोस्ट, पवित्र ग्रन्थका श्लोक तथा पवित्र धार्मिकस्थलका
फोटोहरु का अघि पछि निकै अधार्मिक पोस्टहरु आइदिने गर्दछन । यसले पवित्र धार्मिक
पोस्टहरुको अपमान हुने गर्दछ । कतिपय धार्मिक पोस्टहरु माथि गैर धार्मिक कमेन्ट
तथा बहस हुने गर्दछ जसले गर्दा ति धार्मिक पोस्टहरुको मर्यादा नहुने देखिन्छ ।
हामि यस्ता कुराहरुमा सजग हुन जरुरि छ ।
धार्मिक असहिष्णुताको प्रदर्शन
-
हामि सामाजिक संजालमा धार्मिक
कट्टरता प्रस्तुत गरिरहदा धार्मिक सद्भाव, आपसी भाइचाराको सम्बन्धमा के कस्तो असर
पर्ने हो बुझ्नु आवश्यक छ । आफुलाई धार्मिक व्यक्तित्व
भनेर प्रस्तुत गर्नु भन्दा आत्मा देखि अनि व्यवहारिक रुपमा कट्टरता हुनु पर्दछ।
जसले गर्दा समाजका विकृतिहरुलाई सहजै पराजय गर्न सकिन्छ। तर देखाउनका निम्ति गरिने
कट्टरताले केवल हामि असहिष्णु देखिनेछौ । सामाजिक संजालमा मुस्लिम तथा गैरमुस्लिम, धार्मिक
तथा अधार्मिक सबैकिसिमका साथि बनाउने तर कट्टरताका नाममा अन्य धर्म लाई आंच आउने
प्रसंग लाई अतिरन्जित गर्नु गलत हो ।
हामि व्यापार व्यवसाय, कृषि , सरकारी तथा गैरसरकारी जागिर
जेसुकै पेशामा आबद्ध छौ भने पनि त्यो केवल पेशा मात्र नभएर सेवा पनि हो। ति
सेवाहरु गरिरहदा हामि धर्म जात हेर्दैनौ । अर्थात् हामि आफ्नो फाइदाका निम्ति
किन्तु परन्तु नलगाई सेवामा तल्लिन हुन्छौ । तर हामि मानवता तथा धार्मिक
सहिष्णुताका निम्ति गरिने कार्यहरु प्रति लक्षित गरेर विभिन्न टिकाटिप्पणी गरेर
सामाजिक सद्भावना आपसी भाइचाराको सम्बन्ध बिथोल्ने काम गर्दछौ । यस्ता
गतिविधि सामाजिक संजालमा गर्दै गर्दा भविष्यमा घट्न सक्ने ठुलो दुर्घटनाको बारेमा
हामि सचेत हुनु जरुरि छ ।
सामाजिक संजालमा खुल्ला
धार्मिक बहस -
सामाजिक संजालमा धार्मिक
मुद्दाहरुमा खुल्लारुपमा बहस हुने गर्दछ । सामाजिक संजाल प्रयोगकर्ताहरु एक आपसमा
छलफल तथा बहस गर्नका निम्ति ग्रुप च्याट, ग्रुप कल तथा अन्य धेरै उपायहरु उपलब्ध
गरिएको छ । तर हामि सिधै कमेन्ट बक्समा नै युद्द गर्न होमिन्छौ । यो पक्कै
पनि हामि बीच भएका कमीकमजोरी छरपस्ट पार्ने काम हो । एकअर्कालाई होच्याउने र
अन्तिममा धार्मिक दायरा भन्दा बाहिर गएर गालीगलौज गर्ने गर्दछौ । यस्ता कार्यहरु
पक्कै पनि फाइदाजनक होइनन । पुण्य कमाउने
उदेश्यले नै बहस गर्दै छौ भने किन हामि ति सुविधाको प्रयोग गर्दैनौ ।
धार्मिक व्यक्तिहरुको सामाजिक
संजाल मोह –
किन्तु परन्तु नलगाउने हो भने
सामाजिक संजाल धार्मिक दयारा भन्दा पर छ । यसको विकृति यति अनियन्त्रित छ कि कतिपय
देशहरुमा सामाजिक संजालहरु माथि प्रतिबन्ध लगाइएको छ । तथापी धार्मिकगुरुहरु को
सामाजिक संजालमा प्रति गजबको मोह देखिएको छ । उनीहरु सामाजिक संजालमा जोडिने
मात्र नभई सामाजिक संजालको भरपुर उपयोग गरिरहेका छन् । आफ्ना सुन्दर तस्विर संगै
भावना तथा रिसराग सम्म प्रस्तुत गरिरहेका हुन्छन । धर्मगुरु तथा धर्मात्माहरु
आफ्नो धेरै भन्दा धेरै समय सामाजिक संजालमा बिताएका हुन्छन । यो एक किसिमको लत पनि
हो । धार्मिक बाहेकका अन्य कुरामा लत बस्नुलाई धर्मले गलत भनेको छ । धर्मगुरुहरु
नै यसरि सामाजिक संजालमा आफ्नो धेरै समय बिताउदै गर्दा भावी पुस्ताले कस्तो
संस्कार सिक्ने हो सोचनीय विषय हो ।
अन्त्यमा -
सामाजिक संजाल जस्तो रंगमञ्चमा
जोडिएर फेरी पनि आफुलाई शुद्ध धर्मात्मा हो भनिरहनु ‘पानि माथिको ओभानो’ जस्तै हो
। सामाजिक संजाललाई आफ्नै बाटोबाट चल्न दिउ । उद्दार सोच भएकाहरुले यसलाई प्रयोग
गरिरहेका छन । यस्तो उद्दार संजालमा जोडिएर यसलाई नियन्त्रण गर्छु भन्नु आफुलाई
अनुदारवादी देखाउनु जस्तै हो । धर्म फैलाउन र सामाजिक संजालमा भएका विकृतिलाई
नियन्त्रण गर्ने बहानामा आफुलाई सामाजिक संजालको संस्कारे नबनाउनु होस् । त्यस्ता
कार्यहरु पेज खोलेर अथवा ग्रुपहरुको माध्यमबाट पनि गर्न सकिन्छ । त्यसो त धार्मिक
कार्य, बहस तथा उपदेशका निम्ति आफ्नै स्थानहरु छन् । जसको आफ्नै महत्व रहिआएको छ।
यसरि सामाजिक संजालमा नै सबैकार्य गर्यौ भने धार्मिक मूल्यमान्यतामा आंच आउनेछ । ईस्लामनै फैलाउने सहि उदेश्य हो भने ईस्लाम
फैलाउने सहि तौरतरिका अपनाउनु होस् । ईस्लाम फैलाउने बहानामा गरिने व्याख्या
अपव्याख्याले कदापी लक्ष्य हासिल हुदैन । खास गरि धर्मगुरु, धर्मात्मा तथा
बुज्रुगहरु तपाईहरुका हरेक साना गल्तिलाई नयाँ पिढीका अंगिकार गर्दै गयो भने
त्यसको भागीदार तपाई, हामि र हाम्रो पुस्ता हुने छ ।
No comments:
Post a Comment