Monday, June 10, 2019

करिनाको बर्थडे




बिहेको रमझम सकिएर लामो दुरीको सम्बन्ध पनि हामि बीच आदत भइसकेको थियो अब पालो उसको बर्थडेको थियो जुन बिहे पछिको पहिलो बर्थडे थियो म पहिलो छोरि भएर होला मेरो हरेक बर्थडे रमाइलो संग मनाउदै आएको छौ  बर्थडे मेरो लागि एकदम स्पेसल छ उ मलाई महिनादिन पहिले देखि यस्तै कुरा सुनाइरहेकी थिइ म पनि लगभग महिना दिन अघि देखि ह्यापी बर्थडे भन्न कुनै दिन छुटाइन उ मुसुक्क हास्दै ठुस्किन्थी भिडियो कलको अन्त्य अनि भाइबरको गफगाफको अन्त्य बर्थडेमा नै टुंगिने गर्थ्यो   जेठको ८ गते बिहेको मिति भन्दा बेसी तड्पाई भयो कहिले आउछ जेठको ८ गते र यो तड्पाईको अन्त्य हुन्छ भनेर मन आतिएको पनि होइन  फेरी कसरि उसको यो बर्थडे स्पेसल बनाउने भन्ने चिन्ता मनमा थियो । 

उसको बर्थडे सुरुभए संगै केहि बर्ष पहिले रमाइलो घटना याद आयो  मेरो अफिसमा एकजना इन्डियन सीएनसी डिजाइनर तथा अपरेटर जसलाई हाम्रो कम्पनिले नेपाली लाखौको जव अफर गर्यो नयाँ कामको सुरुवात गर्दै गरेको मेरो बोसले उसलाई केहि दिनमा आउनुपर्ने सर्त राख्यो तर सो डिजाइनरले आफ्नो छोरीको बर्थडे अर्को महिनामा भएकाले आउन नसक्ने भन्दै मेल पठायो  जन्मदिनको महत्व कसैका निम्ति गज्जबको हुने रैछ उसलाई बर्थडे स्पेसल लाग्छ भनिरहदा म उसको जन्मदिनमा संगै नहुनेकुरा मनमा खड्किरहेको थियो प्रदेशमा यस्ता कैयौ सुखद दुखद अवसर गुमाएको लामो अनुभव छ त्यसैले होला यस्ता मनमा खड्किने यस्ता बिषय लामो समय सम्म टिकिरहन सक्दैन

बर्थडे आउने अन्तिम हप्ता देखि बर्थडेको कुरामा मौन थिइ म उसको कुरा बुझ्ने भइसकेको थिए त्यसैले उसको मौनता नबुझ्ने कुरै भएन म बाट सरप्राइजको चाहन्थी त्यसैले म पनि पहिले जस्तो बर्थडेको जोक गर्न छाडेको थिए  बर्थडेको २ दिन बाँकी थियो कतै यो सरप्राइजको आशामा उसको मन दुख्ने हो कि भन्ने डर मनमा थियो उसको अपेक्षा ठुलो सानो जे पनि हुन सक्छ त्यसैले इमोमा भिडियो कल हुदै गर्दा ह्यापी बर्थडे बुढी भनिदिए उसको ठुलो आखाँ देखे मैले फेरी थपे मैले फस्टमा विस गरे है उसको आखाँ जति सम्म ठुलो हुन्थ्यो भयो फेरी उ फिस्स हाँसी  मेरो चलाखी लाई सजिलै ठम्याई अब बिहे पछि बर्थडे खासै स्पेसल नलाग्ने रहेछ उसले वातावारण सहज पार्न चाहन्थि कसरि विश्वास गरौ उसलाई असर गरेको छैन भनेर किनकि बिहेपछिको पहिलो बर्थडे त्यो पनि टिनएज सकेर २० बर्षमा टेक्दै थिइ यो त झन् स्पेसल बर्थडे थियो उसको लागि
मेरो ओभर स्मार्ट वाला व्यवहार उसलाई मेरो बचपना जस्तो लागिरहेको त छैन भन्ने भयो त्यसैले मलाई सरप्राइज खासै मन पर्दैन भन्ने खाल्का धेरै तर्कहरु राख्दै म उसको मन लाई काबुमा राख्न चाहन्थे फेरी मैले बर्थडे गिफ्ट उसैको जिम्मामा लगाए तिमीलाई मनपर्ने सपिंग गर्नु भनेर   
यो २ दिन पनि उसको बर्थडे र त्यसै संग जोडिएका रमाइला कुराकानी बीच बित्यो भोलि उसको बर्थडे थियो मैले उसलाई रातिको १२ बजे विस् गर्नु थियो मलाई रातिको १२ बजे दिन फेरिने कुरा पटक्कै मन पर्दैन त्यो पनि हामी बीच ३ घण्टाको दुरी यहाँको ९:१४ बजे उसलाई विस् गर्नु थियो त्यो त अरु मन न पर्ने कुरा भयो बिहानी झुल्किने घाम संगै खुल्ने आखाँ अनि त्यहि समय गर्ने विस् वास्तवमा बर्थडे विस् हो जस्तो लाग्छ खैर, यहाँ आफुलाई लाग्ने अनि आफुलाई मनपर्ने कुराले खासै महत्व दिदैं हामि चलनचल्ती लाई स्वीकार गर्नु पर्दछ

हरेक दिन भन्दा आजको दिन अलि भिन्न थियो हामि गफगाफ गर्दा पनि उ फुरुंग थिइ आज उसको  टिनएज को अन्तिम दिन हो भोलि बाट उ परिपक्क हुनु छ अब उसको गल्तिलाई किशोरी अवस्थामा जस्तो स्वीकार हुदैन उसको हास्ने, बोल्ने, चल्ने हरेक व्यवहारमा परिवर्तन हुनु छ म दिन भरि उसको गफ सुनिरहे भिडियो कल गरेर उसको खुसि हेर्दै बसिरहे

बेलुका उताको ११:३० सम्म हामि कुराकानी गरिरहेका थियौ हामि शुन्य समय जस्तो गरि ३० मिनेट मौन भयौ   वास्तवमा त्यहि बेला म अफिस जान रेडी हुनु थियो म ८:३० रातिको अफिसको ड्युटीमा आए यो ३० मिनेटमा धेरै काम गर्नु थियो फेसबुक र  इन्स्टाग्राम अनि स्टोरीमा फोटो तथा क्याप्सन लेखेर सक्नु थियो त्यतिकैमा अफिसमा सेवाग्राहीको चाप बढ्न थाल्यो   अहो कस्तो विडम्बना म फेरी त्यो सीएनसी अपरेटर लाई सम्झीए कमसेकम यो समय उसको निम्ति खर्चिनु पर्ने हो भन्ने लाग्यो
फेसबुक इन्स्टाग्राममा पोस्ट गर्ने फोटोको चिन्ता थिएन ग्रिसको सनटोरिनि जस्तो देखिने पोखराको मिनी सनटोरिनिमा खिचेको हाम्रो सुन्दर फोटो मेरो दिमाखमा पहिले देखि थियो अब  क्याप्सनको चिन्ता थियो उसलाई फुल पेज क्याप्सन नै चाहिने भनेर जिद गरिरहेकी थिइ अब यो हतारमा कहाँ दिमाख चल्ने ह्यापी बर्थडे बुडी अनि लभको साइन यतिले नै सबैकुराको प्रतिनिधित्व हुन्छ भन्ने मनमा लागेको थियो फेरी, अहो कति लाचारीपन व्यस्तताका बिचमा एक लाइन विस वाला क्याप्सन वर्ड फाइलमा लेखेर राखे कम्प्युटर स्क्रिनको टाइमर बाट नजर हटेको थिएन टाइमरमा ९:१३ भयो फेसबुकइन्स्टाग्राममा फोटोक्याप्सन हालेर पोस्ट गरे उसलाई कल गरे उसले कल रिसिभ गरि काम छोडेर रेस्ट रुममा गए मैले उसलाई ह्यापी बर्थडे सानु भने उसको खुसिको सिमा थिएन अरु दुइचार शब्दहरु थपिरहे सानु म थोरै बिजी छु अब तिमि आनन्दले सुत है भने उसले हस भनि उ साचीनै टिनएज बाट मुक्त थिइ उ समझदार परिपक्क थिइ अफिसमा काम गरिरहेको थिए उ संगै थिइ उ संग बिताएका १०० दिन घुमाईफिराई वरिपरी आइरहेका थियो

समग्रमा एक बर्षको निम्ति यो तड्पाई सकिएको छ ' म जन्मिएको नै यो घरमा आउनका निम्ति रहेछ ' उसले खुसि हुदै यो वाक्य भनेकी थिइ वास्तवमा नै उसका यी शब्दहरुले मन छोयो उसको टिनएजको अन्तिम दिन संभवत यो उसको जीवनको महत्वपूर्ण भनाई थियो

जीवनको अन्तिम समय सम्म उसको बर्थडेमा यस्तै तड्पाई रहिरहोस जीवनमा धेरै सुख, खुसि मिलोस बर्थडेको पुन शुभकामना


No comments: