Thursday, April 15, 2010

नयाँ बर्ष...... मन त उही पुरानो नै हो!!!



नया दिन हो रे आज
बिहानी को सूर्य त पुरानो नै हो
नया बर्ष को सुरुवात हुदै छ रे आज
मन त उही पुरानो नै हो

 भन्छन आज हासे बर्ष भरी रुनु पर्दैन रे
अंक को परिबर्तन जस्तो लाग्छ पीढा त पुरानो नै हो
पुराना दिन बिर्सन सके नया अबश्य हो
जोडिए को पछाड़ी एक हो बाकि त सब पुरानो नै हो

नया बर्ष ...... मन त उही पुरानो नै हो


Monday, April 5, 2010

पुरानो कथा


             मध्य रात मा तिम्रो सुन्दरता को कल्पना मा म आफै हराउथे। म हाम्रो भेट को कुरा हरु सोच्दै मुग्ध हुन्थेँ । तर आजकल चैत बैसाख मा रुख का पातहरु झरेर नंगिएका रुखले भरिएको उजाड़ डाडा हरु संग तुलना गर्न थालेको छु तिम्रो सुन्दरता लाई। तेसैले होला आजकल म खुल्ला आखा ले सपना देख्दिन। कुनैवेला म घन्टौंसम्म तिम्रो अनुहार हेरेर, तिम्रा चरित्रका जटिलताहरु केलाएर तिमीलाई अध्ययन गरेर बस्न सक्थेँ । तर, अहिले म तिमीमा कुनै नयाँपन भेट्दिनँ । बिहान उठ्नेबित्तिकै म तिम्रो मुहार हेर्न चाहन्थेँ । तिमी लाई देखे भने मेरो पूरा दिन रमाइलो र खुसी को साथ बित्ने थियो जस्तो पनी लाग्थ्यो । तर अहिले म आफु त्यस्तो थिए भन्दा आफै लाई अचम्म लाग्छ लामो सपना जस्तो लाग्छ।