Sunday, March 13, 2011

तिम्रा गल्ति...


तिम्रा गल्ति,
कम्मर लाई छोडेर जिन्स घुडा निर आउदा पनि मस्किदै हिडेको भए,
खुट्टामा हैन चप्पल हातमा सिउरिदै हिडेको भए,
सौचालयमा हैन बाटो बाटोमा मुत्र बिसर्जन गर्दै हिडेको भए,
या महात्मा नबनी साधारण मानव बनेर हिडेको भए
 माफ गरिदिने थिए.....

Wednesday, March 9, 2011

हिड्दा हिड्दै

       

                सधै घाम लागि रहने हुन्थ्यो भने मिर्मिरे बिहानी को मधुरो घामको उज्यालोले निद्रामा मस्त ति आखाहरु खुल्न बाध्य हुने थिएनन होला अनि सुनौलो बिहानीको महसुस गर्न पाइदैन थियो होला त्यस्तै बिछोड नभई संगै जिन्दगि बिताउन पाइन्थ्यो भने बिछोडको बेलामा साटिने चोखो निश्चल माया अनि अनौठो अनुभूति लाई महसुस गर्ने मौका पाइदैन थियो होला जिवन जिउने क्रममा हामी ले धेरै बिछोडहरु सहनु पर्छ क्षणिक बिछोड नै सहि पिढा भने हुन्छ नै चाहे थोरै नै किन नहोस बिछोड को बेलामा हुने पिढा आफ्नो परिवार, साथीभाई, त्यो ठाउँ, त्यहाँ का मानिस अनि प्रकृति संग आफुले गासेको सम्बन्धमा  भर पर्ने रहेछ यि सबै संग गहिरो सम्बन्ध हुदा बिछोड एकदम पिढादाइ हुने रहेछ।