Monday, July 19, 2010

सधैं एउटै कथा दोहोरिन्छ....



        किन यस्तो हुन्छ सधैं सधैं एउटै कथा दोहोरिन्छ जहीले पनि अपरिपक्क सम्झौता गरेर पल पल पाउने र गुमाउने खेलको कम्जोर खेलाडी बनेर तितो अनुभबहरु बटुलेर दिनहरु बिताइ रहेछु। सोचेको खोजेको मनले रोजेको एउटै माया काफी छ दुई दिनको जिन्दगीमा आखिर माया एउटा भाबनात्मक सम्बन्ध हो हजारौं सँग जोडिए पनि पाउने केबल माया नै हो। तर पनि जति जति मायाको अर्थ बुझ्ने कोसिस गर्छु उती नै आफु कम्जोर साबित हुन्छु म केही न केही कुरामा पछी परेको नै हुन्छु बुझाइमा भन्दा गराइमा आफु फितलो देखिन्छु। पहिले म माँयालाई आदर्श ठान्थे तर अहिले म बास्तविकतालाई आफ्नो आदर्श मान्न बाध्य भई सकेको छु। हो भन्ने गर्छन् र साचो पनि हो माया अजम्बरी हुन्छ माया लाई बिर्साउन गाह्रो हुन्छ भन्छन तर माया मा खोट भएमा मायामा स्वार्थपन भएमा बिर्सन सजिलो हुन्छ तर एउटा माया बिर्सिदैमा माया भन्ने चिज नै हराएर नजाने रैछ माया को भोक जागी रहने रैछ। अजम्मरी माया को खोजी मा र चोखो आत्मिय मायाको आशमा दिल भौतारीने रैछ। बास्तबमा माया भनेको नै बिस्वास हो विस्वास बिना माया जहीले पनि खोटो हुन्छ।  जब माया मा बिस्वाश को खेलवाड हुन्छ त्यस्तो अवस्थामा विस्वास भन्ने शब्द नै उडेर जाने रैछ हजारौं बिस्वास दिलाउने कोसिस गरे पनि कही कतै मन भित्र अबिस्वास पैदा हुने रैछ। अबिस्वास ले नै माया गुमाउनु पर्ने रैछ अनी फेरी उही कथा दोहोरिने रहेछ।      


  जीवनमा समय नै सबभन्दा बलियो हुने रहेछ समयलाई मान्न सबैले पर्ने रहेछ, समय अनुसार सबैले चल्नु पर्ने रहेछ तब मात्र हामीले सुख पाइने रहेछ।  समयले नै मलाई सपनाबाट बास्तविकतामा ल्याएको छ। काल्पनिक मायामा फसेको म यथार्थता समयले बताउन थालेको छ। यस्तो समय नआएर नै म आफ्नो माया लाई आदर्श प्रेम भनेर सोची राखेको रहेछु तर समयले नै मेरो प्रेम आदर्श हो या बनावटी भनेर प्रष्ट्याइ दिएको छ।
       म फेरी त्यस्तै कथा  दोहोराउने कोसिस मा थिय तर हाम्रो सम्बन्ध को बिस्वास माथी प्रश्न उठ्न थाल्यो जुन कुरा ले गर्दा फेरी मेरो जिन्दगी मा एउटा त्यस्तै कथा दोहोरिन पुग्यो।

No comments: