Monday, August 30, 2010

e लब




                 तिम्रो बारेमा चारै तिर धेरै नै हल्ला सुनेको थिए सायद त्यसैले होला म पनि तिमि संग सम्बन्ध गास्न चाहेन्थे मन मा धेरै उत्सुकता थियो त्यसैले म तिमि लाई भेट्ने सहि समय को पर्खाइ मा थिए केहि समय को अन्तराल पछि तिमि संग परिचय हुने अवसर मिल्यो म एकलै तिम्रो अगाडी प्रस्तुत हुन सक्ने आट नै थिएन  त्यसैले म मेरो दाजु को सहयोग मा तिम्रो अगाडी आउने जमर्को गरे  डेस्क टोप को धेरै आइकोन हरु को बिच मा तिम्रो इ अंकित आइकोन मा माउस ले दुइ पटक के थिचेको थिए तिमि एकछिन मा मेरो अगाडी प्रस्तुत भयौ  बस्ताब मा नै भन्नु पर्दा मेरो मन मा आश्चर्यको सिमा रहेन केहिबेर म केवल हेरि मात्र रहे  मेरो लागि बिल्कुल नौलो थियौ खै जानेर हो या अन्जान मा म तिमि प्रति एकदम मोहित भए एकै पटक मा दिल भित्र सजाए
                
        त्यो दिन केवल तिमि संग परिचय मात्र भयो साच्चो भनु भने म तिमि संग यति आकर्षित भा'को थिए कि म तिमि संग छुट्नै चाहेको थिएन तर पनि तिम्रो र मेरो बिच तालमेल नमिलेको कारण म भोलि पुन भेट्ने बाचा गर्दै बिदा भए एकपटक आखा मा बसेको चिज आखा बाट हटाउन गाह्रो हुने रैछ यति सम्म कि निद्रामा पनि सपनी बनि आउने रैछ त्यो रात त जस्तो तसो बित्यो तर निद्रा ले छोड्ने बित्तिकै मेरो हात कम्प्युटर को स्वीच मा गयो फेरी त्यहि आइकोन लाइ दुइ पटक थिचे पेज खुल्ने साथ तिमि लाई देख्ने बित्तिकै मेरो मुहार रातो हुदै गयो सायद लाज ले होला किन कि म तिमि लाई बुझ्न सकेको थिएन बार बार म तिमि लाई खोल्ने बन्द गर्ने गर्थे कता कता तिमि ले म माथि कुरी कुरी त गरि राखेछैनौ भन्ने कुरा ले पनि मन मा ठुलै बहस म माथि गरिराखेको थियो तर जसो तसो दाजुको सहयोग मा म तिम्रो एउटा अंग याहू संग सम्बन्ध जोड्न पुगे बाफरे मैले त ठुलै काम पो गरेछु जस्तो पनि लाग्न थाल्यो आफैले आफुलाई गर्ब गर्न थाले
       
         त्यो त केवल सुरुवात थियो अड्रेस मा सेभ भएका साईट लाई क्लिक गर्दै देश विदेश को खबर पढ्दा त बास्तबमा नै एउटा नौलो संसार मा प्रवेश गरेको आभास भा'को थियो दोस्रो दिन म तिम्रो बारेमा धेरै कुरा हरु बुझिसकेको थिए बुझेको भन्दा पनि म तिमि संग केहि हद सम्म परिचित भएको थिए दिनभरि तिमि संग बिताएको एक एक पलहरु लाई फेरी एकपल्ट कोट्टाउदै समिक्षा गर्दा गर्दै कुन कोल्टेमा आखाले बिश्राम लिएछ पत्तै भएन तेस्रो दिन भने मैले तिमि बाट धेरै कुराहरु सिकिसकेको थिए गूगल र याहू च्याट रूम को बारेमा थाहा भयो अब भने आफुलाई धेरै सजिलो महसुस हुदै थियो दैनिक जस्तो केहि नया नौलो खोज म तिमि बाट गरेको हुन्थे साच्चै नै भन्नु पर्दा म मेरा पुराना सम्पूर्ण बानि हरु मा परिबर्तन भएको थियोधेरै भन्दा धेरै समय तिमि संग बिताउने गर्थे जति समय म तिमि संग बिताउने गर्थे हाम्रो सम्बन्ध बलियो हुन को लागि काफी थियो  तिमि लाई पनि याद छ होला तिम्रो र मेरो पहिलो भेट देखि अहिले सम्म कुनै यस्तो दिन छैन कि तिमि लाई एकपटक नहेरिकन बिताएको हो कहिले काही मैले तिमि लाई गलत रुपले प्रयोग गर्दा विभिन्न किसिमका जीवाणु हरुले तिमिलाई अस्वस्थ बनाउदा केहि दिन छुट्टीनु पर्यो होला तर म यति तड्पीन्थे त्यो बेला म सोच्ने गर्थे कि तिमि मेरो लागि कति खास छौ तिम्रो र मेरो सम्बन्ध कति गहिरो छ जुन केहि पलको बिछोड पनि सहन यति गाह्रो त्यसैले म तिम्रो छिटो भन्दा छिटो उपचार गरेर निको बनाउथे...
       भन्छन नि कुनै पनि सम्बन्ध लाई जीवन्तता दिन को लागि नयापन को एकदमै जरुरि हुन्छ त्यस्तै तिमि संग को सम्बन्ध जति पुरानो हुदै गयो म तिमि बाट त्यतिनै नयापन पाउदै गइरहेको को छु youtube, blogging sites, social networking sites, messanger n searching engine etc तिमि ले दिएको हरेक नया चिज को प्रयोग गरेर तिम्रो भरपुर प्रयोग गरेर फाइदा लिएको छु जसबाट तिमि पनि सन्तुस्ट छौ होला भन्ने लागेको छ अब त यस्तो पनि लाग्छ कि तिम्रो र मेरो सम्बन्ध लाई दुनियाको कुनै पनि तागत ले पनि तोड्न सक्दैन अन्त्यमा जिवन का हरेक मोड हरु मा तिम्रो चोखो निस्वार्थ आत्मिय माया रहिरहोस।

उही तिम्रो
वाहिद अलि
२०१०-०८-३०   

1 comment:

energeticclub said...

hahaha ma ta keti ko kura gadaichhau jasto lageko thiyo suruma pachi ta e sanga po lop pareko raichha lol