Thursday, September 16, 2010

समबेदना का दुई शब्दहरु.....



      म जोहर को नमाज को लागि उज्जु गर्दै थिए फोन को घन्टी बजेको खासै याद भएन दाई फोनमा कुरा गरेको जस्तो लाग्यो अकस्मात ......हा.... यासिन भाई... एक्सिडेन्ट...यो शब्द सुन्ने बितीकै म उज्जु गर्न छोडेर दाई को नजिक गए दाईको आखामा आसु को थोपा हरु देख्ने बितीकै म मा एउटा बेहोसी नै आयो सायद दाई फोन मा एक मिनेट अरु कुरा गर्दै हुनु हुन्थ्यो त्यो एक मिनेट मा मेरो मन भित्र हजारौ कुराहरु सल्बलाउदै थिए अजिज दाई को भाबुकता ले असाधारण घटना हो भन्ने सिधै अनुमान गर्न सकिन्थ्यो ...........आखा भरि आसु छचल्किए दाईले फोन राख्नु भयो दुवै जना स्तब्ध भयौ म दाई संग केहि प्रश्न गर्ने सकिन किन कि उहाको अनुहार बाट मैले प्रष्ट उत्तर पाए त्यो दुखद समाचार को केहि समय को बारेमा हामी बिच जुन अवस्था गुजरियो त्यसलाई शब्द मा उतार्न असक्षम छु......

    १ घण्टा जति म बसेको ठाउँ बाट उठ्न सकिन र उठ्न सक्ने अवस्था पनि थिएन त्यो १ घण्टा मा मैले उसको पुरै जिबनी सम्झिने कोसिस गरे...... मदर्शामा सिरिफ एउटै त्यस्तो बच्चा थियो जो शान्त संग एउटा कुना मा बस्ने गर्थ्यो कहिले काही त उ त्यहि निदाउने गर्थ्यो एकदमै आज्ञाकारी थियो उसले कहिले पनि कसैसंग झगडा गरेको मलाई याद छैन तर कहिले काही उसको सोझोपन को फाइदा अरु हरु ले उठाउने गर्थे तर पनि कहिले प्रतिकार गर्थेन बोलाउदा बोल्ने तर बिना काम मा कसै संग बोल्थेन......स्कुल जादा आउदा बाटो मा देख्दा थोरै लजाउदै खिस्स हास्ने गर्थ्यो.... दुई बर्ष को अन्तराल पछि को भेटमा उस्मा धेरै परिबर्तन भएको थियो मेरो भाई र उ एकदम मिल्ने साथी भएकोले स्कुल जादा जहिले पनि घर मा आउने गर्थ्यो उनिहरु दुइ जना संगै स्कुल जाने आउने गर्थे बजारमा भएका हजारौ केटा केटिहरु को बिचमा एउटा यादगार चेहेरा थियो सायद उसको मासुमियत ले होला ८/१० बर्ष पहिलेको मदर्शा पढ्दा देखि केहि समय पहिले मा छुट्टि मा घर जादा उसलाई भटेको हरेक पल आखा अगाडी ऐना जस्तो छर्लंग आइरहेको छ भाई को साथी भएकोले हामी ले उसलाई भाई नै सोच्ने गर्थ्यौ सायद त्यसैले होला मेरो जिवन मा सुनेको केहि अप्रिय घटनाहरु मध्ये यो सबै भन्दा ठुलो घटना हो जसले म यति धेरै मर्माहित भाको छु कि अहिले पनि कुनै यस्तो पल छैन कि उ मेरो मन मस्तिस्क अनि आखा को अगाडी नआएको
            त्यसो त यो घटना ले सम्पूर्ण स्याङ्गजा बासि लाई नै स्तब्ध बनाई दिएको छ उसको असल चरित्र को कारण नै सो घटना को बिरोध मा सम्पूर्ण स्याङ्गजा बासि ले बिरोध स्वरूप चक्काजाम गर्ने क्रम मा प्रहरी संग परेको झडप मा दर्जनौ मानिस हरु घाइते भएका थिए जसबाट सिधै अनुमान गर्न सकिन्छ कि उ हामी बिच कति प्रिय थियो
      असल मान्छे अल्लाह ताआला को प्यारो अनि करीबी हुन्छन र दुनियाँमा उनि हरु को आयु छोटो हुन्छ हामिहरु बिच धेरै यस्ता उदाहरणहरु छन त्यसो त हामीहरु को जीवनचक्र जन्मिनु भन्दा पहिले नै लेखिएको हुन्छ जसलाई टारेर टर्दैन यो शब्दले हामी सबैलाई  सान्त्वना त मिल्छ होला तर ति बाबु आमा उनि हरु को परिवार लाई सान्त्वनाको कुनै त्यस्तो शब्द छैन जसले उहाँ हरु लाई सान्त्वना मिलोस...
       अन्त्यमा ...दुनिया छोडेर हरेक इन्सान लाई एक दिन त आफ्नो वास्तविक घर मा जानु नै छ केवल ढिलो र चाडो भन्नु मात्र हो रमजान को महिना मा रोजा को हालत मा नै उसको घटना भएको छ भने सो घटना पस्चात घटना को खबर सुन्ने जो कोहि को पनि आसु थामिन नसक्नु ले नै यो कुरा को प्रस्ट हुन्छ कि अवस्य उसको दुनिया र आखिरत दुवै सफल छन् अल्लाह उसलाई जन्नत नसिव होस् र सम्पूर्ण परिवार लाई सबर गर्ने क्षमता दिओस आमिन....


मिति: ९ सेप्टेम्बर २०१०   

No comments: