Monday, June 27, 2016

रमजान


             इस्लाम धर्म को पवित्र महिना रमजान भोलिबाट सुरु हुदै छ धार्मिक गुरुहरु र चन्द्रमा हेर्ने कमिटिले रमजान को अघिल्लो दिन सूर्यास्तको बेला चन्द्रमा देख्ने बित्तिकै भोलिपल्ट रमजान सुरु भएको घोषणा गर्दछन त्यहि आधारमा सम्पूर्ण मुस्लिमहरु रमजानको रोजा राख्ने गर्दछन

         रमजान इस्लामिक क्यालेण्डर को नवौ महिना हो रमजानको महिना इस्लाम धर्मावलम्बीका निम्ति निकै महत्वपूर्ण छ इस्लाम धर्मको सबैभन्दा ठुलो ग्रन्थ कुरानको पूर्ण अंश यहि महिनामा अवतरित भएको थियो। अल्लाहको सबैभन्दा प्यारो अन्तिम सन्देष्टा मुहम्मद सल्लल्लाहो अलैहिस सलाम (उहाँ माथि शान्ति होस्) मक्काबाट हिज्जरत (प्रस्थान) गरेर मदिना गएको दुई वर्षपछिदेखि रमजानको रोजा (व्रत) अनिवार्य भएको थियो। अशक्त, विमारी, सुत्केरी र बच्चा बाहेक का सम्पूर्ण बालिग उमेरका मानिसहरु लाई रमजानको रोजा राख्नु अनिवार्य छ

         अरबीमा रोजा (उपवास) लाई सोम भनिन्छ जसको अर्थ हो रोक्नु अर्थात् आफुलाई हरेक गलत बाटो बाट रोक्नु भोकै प्यासै बस्नु रोजाको महत्वपूर्ण पाटो हो तर यो संगै आफुलाई हरेक गल्ति बाट रोक्नु, नराम्रो नबोल्नु, नराम्रो नहेर्नु, नराम्रो नसोच्नु र शरीरका कुनै अंगलाई नराम्रो काममा नलगाउनु र यो सबै कुरा लाई अनुसरण गर्नु लाई उपवास भनिन्छ

         पूण्य कमाउने यो महिना हामीले गरेका हरेक कामलाई ७० गुणा बढी पुन्य जोडिन्छ यो महिनाभरी मनिषहरु गरिब असाहय दिल खोलेर सहयोग गर्ने गर्दछन निश्चित परिधिकामा रहेर यहि महिनामा आफ्नो धन अनि कमाइको २.५०% हिस्सा जकात गरिब असाह्यका निम्ति दिने गर्दछन त्यस्तै अर्को महत्वपूर्ण यो महिनामा धेरै भन्दा धेरै सद्का फितरा (दान) बाढ्ने गरिन्छ       

आफुलाई अल्लाह प्रति समर्पित गर्ने यो रमजान को महिनालाई तिन चरण बाडिएको छ
पहिलो चरण- पहिलो १० दिन अल्लाह उपवास मा रहेकाहरु को  कृपा (रहमत) को बर्षा गराउनु हुन्छ
दोश्रो चरण - मध्य १० दिन अल्लाह उपवास मा रहेकाहरु को गल्तिलाई  माफ गर्दिनु हुन्छ
तेस्रो चरण – अन्तिम १० दिन विशेस हुने गर्दछ जुन दिन कुरान पुरा भएको थियो यो १० दिन अल्लाह उपवासमा रहेकाहरु लाई नर्कको आग बाट मुक्ति दिनु हुन्छ

         बिहान सूर्योदय हुनु पुर्व बिशेष परिकार शेहरी खाएर सुरु गरिएको उपहास सूर्यास्तमा इफ्तरी गरेर समाप्त हुने गर्छ अन्य समुदायमा यो महिनालाई कठोर वर्तको महिना भनेर बुझ्ने गरेको भए पनि मुस्लिम समुदायमा यो महिनाको आगमनको व्यग्र प्रतिक्षा रहेको हुन्छ मिठा परिकारहरु खाने एक अर्कामा सहानुभूति माया आदानप्रदान गर्ने यो महिना वास्तवमा निकै रमाइलो महिना हो रमजानको अन्तिमदिन इस्लाम धर्मको महान ठुलो चाड ईद संगै यो पवित्र महिनाको बिदाई गरिन्छ     

          अन्तत ११ महिना आफुलाई एउटा आदर्श मनिषको रुपमा प्रस्तुत गराउने १ महिने अभ्यास नै रमजान हो भन्ने मेरो ठम्याई हो इस्लाम धर्म वास्तबमा शान्ति को संदेश बढ्ने धर्म हो यो शब्दमा मात्र होइन वास्तविक जीवनमा हामी हरेक मुस्लिम धर्मावलम्बी ले अनुसरण गर्ने सामर्थ्य अल्लाह ले हामीलाई दिउन आमिन 

( भोलि बाट मुस्लिम समुदायको रमजानको महिना सुरु शिर्षक मा Kantipur Thursday, June 9 2016 मा प्रकाशित )

-    वाहिद अलि

No comments: