Thursday, January 14, 2016

ऐतिहासिक गोरखा दरवार

                   राजा अभिभावक हुन् भन्ने सोचले मन मस्तिष्कमा जरो गाडेको थियो l राजा देशका गहना हुन् बुढापाकाहरु भन्ने गर्दथे l पुरानो एल्बममा राजा रानीको स्याङ्गजा भ्रमणका बेलाका केहि स्मरणीय फोटोहरु जुन हामीले बेलाबखत हेर्ने गर्थ्यौ  l बुवा राजारानीको स्वागतका निम्ति चिटिक्क नेपाली पहिरनमा अनि दाईहरु स्काउटको ड्रेसमा ति फोटोहरु को पनि केहि हद सम्म असर थियो l बाबाले त्यो बेला दर्शनभेट पाउनु भएको थियो l तोकिएको ५ मिनेट भन्दा धेरै समय लिदा पनि बाबाको कुरा लाई ध्यानपुर्वक सुनिएको कुराले चर्चा पाएको थियो l बालमन्दिरको हलमा रानी ऐश्वर्यको हातबाट मैले पनि एक पोका चकलेट पाएको थिए l पक्कै पनि यी सबै व्यक्तिगत कुरा हरु हुन्  राजारानी प्रति सकारात्मक प्रभाव पर्नुमा  l l तर भद्रशैली का राजा अनि उनको परिवार सबै नेपालीको मन मुटुमा बस्न सफल भएका थिए l प्रायजसो घरहरुमा स्वस्फुर्त राजारानी का फोटोहरु टांगिएको हुन्थे l सारा नेपाली उनकै भक्तिका गित गायका थिए l

         बिहान बिहानै रेडियो टिभीमा बिरक्तका धुन मात्र बज्यो l टोलटोलमा मान्छेहरु जम्मा हुदै रेडियोको बेन्ड घुमाउदै थिए l माघ २० गते बिहान निकै सुनसान एक किसिमले सन्नाटा छाएको थियो l केहि अनिष्ट भएको छ देशमा सोझै अनुमान लगाउन सकिन्थ्यो l राति दरवार हत्याकाण्ड भयो रे मान्छेहरु कानेखुसी सैलिमा एकअर्कालाई दुखद समाचार सुनाउदै थिए l हो हिजो राति त्यस्तै भएको रहेछ l तर आधिकारिक खबर पाउन निकै समय लाग्यो l एक दुई गर्दै मृत्युका खबर आउदै गए l अन्तत राजा बिरेन्द्रको वंशको नै नाश हुने गरि दरवार हत्याकाण्ड भएको रहेछ l हप्ता दिन सम्म हामि समाचार मै झुण्डी रह्यौ l देशमा नयाँ राजा गद्दी सम्हाल्न आए l उनको पहिलो देशवासीका नाममा भनिएको थियो म राजधर्म निभाउनका निम्ति राजा भएको हो l
              कक्षा ८ पढ्दा स्कुलबाट हामि शैक्षिक भ्रमण गएका थियौ l सोहि अवसरमा गोरखकाली टायर कम्पनी हेर्न भनेर मर्स्याङ्दी नदिको पुल तरेका थियौ l गोरखा भन्ने बित्तिकै ऐतिहासिक जिल्ला l गोरखा नेपालमा मात्र होइन गोरखा शब्दले विश्वभरी चर्चा कमाएको छ l गोरखकाली टायर कम्पनी बन्द भएकाले हामि फर्कियौ l लामो समय सम्म पनि त्यो मर्स्याङ्दीको पुल तर्ने अवसर जुरेको थिएन l आज भन्दा ३ बर्ष पहिले त्यो अवसर जुर्यो l नेपाल बसाइको अन्तिम दिनहरु गन्दै थिए l गोरखा लमजुङ घुम्ने सोच बनाएर भाई र म कार लिएर डुम्रे तिर सवारी भयौ l डुम्रे बसेर भोलि पल्ट हामि ऐतिहासिक  गोरखा दरवार घुम्न भनेर हिड्यौ l मर्स्याङ्दी पुल तरेर अलि अगाडी रमाइलो जंगल बिचको बाटो हुदै हामि अगाडी बढ्यौ l हाम्रो लागि यो नागबेली बाटो सामान्य थियो l ठ्याक्कै स्याङ्गजाको बाटो संग मेलखाने l गोरखा बजार केहि पर बाट देखियो l पाल्पा बजार संग मिल्दोजुल्दो डाँडामा लस्करै घरहरु l नेपालका शक्तिशाली राज्यहरु पाल्पाको शेन राज्य र गोरखाको शाह राज्य उस्तै भौगोलिकता देखेर अचम्मित भए  l  हामि केहि बेरमै गोरखा बजारमा पुग्यौ l बजार घुम्नु थिएन हामि लाई त्यसैले सोझै दरवार तिर हानियौ l तल्लो दरवार बजारको मध्य भागमा अवस्थित रहेछ l दरवार भित्र छिर्ने बित्तिकै त्यहाको सफा अनि शान्त वातावरणले मनमा एक किसिमको आनन्द दियो l तेली इट्टा आखिझ्यालहरु अनि बिभिन्न आकृति कुदिएका काठहरु बाट निर्मित यो भब्य दरवार निकै सानसंग ठडिएको देख्दा गर्व महसुस भयो l मुख्य द्वारमा पुराना तोपहरु जसले दरवारको सान बढाएको देखिन्थ्यो l हामि संग्रहालय भित्र पस्यौ पुराना पुरातात्विक महत्वका कुराहरुको राम्रो संरक्षण गरिएको रहेछ l दरवारबाट बाहिरिदै गर्दा रामशाहले न्याय दिने चौतारो देख्यौ l न्याय नपाए गोरखा जानु भन्ने पुरानो प्रचलन अनि त्यो चौपारी इतिहासलाई नजिक बुझ्ने हाम्रा लागि  सुवर्ण अवसर थियो l हामि काम नभएका अनि फुर्सद पनि नभएका मान्छे l यस्तो एतिहासिक ठाउँमा आउदा केहि घण्टा मात्र फुर्सद लिएर आउने l साचिकै यो भन्दा ठुलो विडम्बना केहि थिएन l दरवारको भित्रि भाग राम्रो संग अवलोकनका निम्ति फेरी अर्को पटक आउने बाचा गर्दै माथिल्लो दरवार तिर लाग्यौ l
            कच्चि बाटो सानो कार मुस्किलले दरवार तल बनाइएको पार्किंग सम्म पुग्यो l म सतौकोट (स्याङ्गजा जिल्लाको एउटा राज्य) बाट गोरखा राज्यमा पाहुना हुन् आएको छु जस्तो आभास भयो l त्यहाका बाटोघाटो पात पतिंगर अनि मौसम सबैले  हाम्रो स्वागत गर्दै छन् जस्तो आभास भयो l हामि पर्खाल संगै ढुंगाका सिढी उक्लिदै गर्दा कुनै किल्ला भित्र जादै छौ भन्ने भान भयो l त्यो बाटो दरवारको पछाडीको भागमा पुगिने रहेछ l दुइ डाँडाको खोच जस्तो भागमा चौपारीहरु अनि लाम्चा लाम्चा आकारका ढुंगामा सिला लेखहरु कुदिएका  l ति सिलालेखहरु पनि फेरी अर्को पटक फुर्सदमा आउदा पढ्ने सोच बनाउदै दरवार तिर अगाडी बढ्यौ l
             दरवारको पछाडी पट्टिको मुख्य द्वार बाट भित्र प्रवेश गर्यौ l त्यो बेला देखिनै हामि नेपाली होचा कदका रहेछौ भन्ने लाग्यो l जब दरवारको अघिल्लो भागमा पुगेर दरवारलाई हेरे ति नेपाल एकीकरणका अभियन्ता राजा पृथ्वी नारायण शाह प्रतिको सम्मानमा केहीबेर मौन उभिईरहे l निकै शान्त वातावारण चिसो हावा चल्दै थियो l म सतौकोटे पाहुना हो भन्ने एकजना त्यहाँ का रक्षकले  कताबाट सुइँको पाएछन l नजिकै आएर सोधे तपाईहरु स्याङ्गजा बाट आउनु भएको l मैले गर्व संग हो भने l अब उनले दुरुस्त हामिले किताबमा पढेका इतिहास पस्किन लागे l हामीलाई हेरेक एउटा एउटा ठाउँको महत्व अनि त्यहाँ का घटनाहरु लाई सुनाउन केहि कन्जुस्याइँ गरेनन l जब दरवारको भित्र पट्टि रहेको राजा सुत्ने सामान्य खाट अनि सामान्य भित्रि संरचना देखे राजा प्रति सम्मान बढेर आयो l  जसरि केहि बर्ष पहिले नारायणहिटी राजदरवार संग्रहालय घुम्दा राजाहरु प्रति सम्मान बढेको थियो l
            म दरवारको पिढीमा बसेर निकैबेर टोलाईरहे l दरवार वरिपरीको मनमोहक दृश्यहरु ले निकै रोमान्चित बनाएको थियो l  हामि बिशाल नेपालको परिकल्पना गरिएको राज्यको महत्वपूर्ण ठाउँमा थियौ l राजाको दैनिकी कस्तो थियो होला l उनि यो डाँडामा जन्म लिएर बिशाल नेपाल को परिकल्पना कसरि गरे होलान l लगभग तिन सताब्दी बित्न लाग्दा यहाँको समाज अनि परिवेशमा त्यस्तो ठुलो परिवर्तन देखिएन l अहिलेको अवस्था यस्तो छ भने तिन सताब्दी पहिले कस्तो थियो l म त्यो झन्डै तिन सताब्दी पहिलेको यो राज्यको अवस्थालाई मन भित्र चित्र कोर्न थाले l कुन शक्ति कस्तो स्रोत साधन जसले शक्तिशाली राज्यहरु लाई परास्त गरेको थियो l म संग कुनै जवाफ थिएन वास्तवमा भन्नु पर्दा त्यो भन्दा आश्चर्यजनक कुरा केहि थिएन l
          हामि २१औं सताब्दी मा छौ l  हामी डिजिटल युगमा छौ l अहिले संसार एउटा सानो गाउँ जस्तो भएको छ l  इन्टरनेटको सुविधा हिमाल पहाडका खोच कंधरा अनि तराइका समथर फाँटहरुमा उपलब्ध छ l हामि मोबाइलको सानो स्क्रिन बाट संसार लाई नियाल्न सक्छौ l गुगलको मध्यमबाट नयाँ नयाँ कुराको  खोजि गर्न सक्छौ l हामी अनि हाम्रो समाजले निकै कोल्टे फेरी सकेछ l हामि विश्वका इतिहास बुझ्ने भएका छौ l हामि विश्वमा भएका विकाश र  परिवर्तन लाई अध्ययन गर्न सक्ने भएका छौ l हामि संग प्रसस्त स्रोत साधन पहिचान भएका छन l जसको माध्यमले हामि धेरै कुरा हरु परिवर्तन गर्न सक्छौ l अहिलेको समयमा एउटा दृढ सोच बनाएर हिडेमा असम्भव केहि छैन l तर हामि आफु आफ्ना निम्ति बाहेक देशका निम्ति के त्यस्तो कुरा गरेको छौ l एकपटक आफैलाई फर्किएर हेरे l विडम्बना हामि २१औं सताब्दीको पृथ्वी नारायण शाह बन्न सकेका छैनौ या पाउन सकेका छैनौ l
           मलाई त्यस ठाउंम अरु धेरै समय बिताउनु थियो l मन भित्रका धेरै जिज्ञासाहरु मेट्नु थियो l तर यो पालि सम्भव भएन l अब ढिलो भैसकेको थियो l हामि त्यहाँ बाट पार्किंग सम्म हिडेर आयौ l हामि पक्कि बाटोमा आइपुग्दा झिसमिस अँध्यारो हुन् लागेको थियो l बजारमा बत्तिहरु बल्दै थिए l हामि डुम्रे पुग्नु थियो l पक्कि सडकमा आफुले चाहेको रफ्तारमा कारको चहकिलो लाइट बाल्दै हामि सजिलै गन्तव्य पुग्न सक्थ्यौ l तर पनि डुम्रे सम्म पुग्नु पनि हाम्रो लागि चुनौती जस्तो भयो l फेरी राजा  पृथ्वी नारायण शाह राजा लाई सम्झिए l उनि संग सवारीका नाममा घोडाहरु नै थिए होलान l उनले सिमित स्रोत साधनले दिनरात लगाएर नेपाल एकीकरण गरे l हाम्रो लागि डुम्रे पुग्नु मात्र पनि चुनौती l आफैलाई लज्जा बोध भयो l त्यसपछि  हामि गोरखा देखि डुम्रे सम्मको बाटो निकै सहज संग पार गर्यौ l

सन्दर्भ ( लोपोन्मुख राष्ट्रिय एकता दिवस)


वाहिद अलि
२०१६-०१-१४ (बिहिबार)          

           

No comments: