Friday, January 8, 2016

पत्तो छैन

खुसि खोज्न दौडिएका थकित खुट्टाहरु
राम्रो खोज्दै तड्पिएका मनहरु
पत्तो छैन खुसि कहिले भेट्ने राम्रो कहिले देख्ने
पत्तो छैन सास अनि मुटु कहिले सम्म चल्ने

अनवरत सपना देख्ने थकित बन्द आखाँ
निस्सासिएको हजारौ सपना बोक्ने मन
पत्तो छैन सपना कहिले सम्म साकार हुने
पत्तो छैन जोवन कहिले सम्म रहने

कुन सपनाको प्राप्ति अनि कुन खुसिको खोज हो
सोच खोज अनि प्राप्ति संगै रुमलिदै बितेको जिन्दगि
पत्तो छैन यी चुनौतीले कहिले जित्ने हार्ने हो
पत्तो छैन शरीरले कहिले सम्म साथ दिने हो

बन्धक पारिएका फुट्न तयार असिमित चाहनाहरु
जीवन भरि साथ् नछुट्ने कसम खाएका उलझनहरु
पत्तो छैन जीवन कहिले सिधा सिधा चल्ने हो
पत्तो छैन सधैको लागि कहिले बुलावा आउने हो


-वाहिद अलि

२०१६-०१-०९ 

No comments: