Tuesday, November 3, 2015

मन

सपना पुरा नभएर
जीवन नचल्ने कहाँ हुन्छ  र
त्यसो त पुरा भएका सपनाबाट 
सन्तुष्ट हुने मन कहिले होइन  

भर्खर मुस्कुराएको बिर्सना भयो
अस्ति बिझेको काँडा चस्की रह्यो
सबै खुसि लुट्ने आफ्नै मन
कस्तो बिडम्बना,   
फेरी पनि सम्हाली राख्नु पर्ने

अमृतको पियाला नै सकिदा पनि
पियास नबुझाउने कति अतृप्त 
बिषको थोपा के खस्यो 
निर्दयी यो पलभर मै मृत भईदिने

अब त दशकौ बित्यो यस्तै जिउनुमा
किन अबुझ भइरहेको  
मृत्युको दिन कुन हो पत्तो छैन  
फेरी पनि जीवन पुरै जिउन नदिने  

अब त अति भो,
कि आशु जस्तै बनि दिए हुने  
दुख सुख दुवैमा खसी दिने
कि त मौन भईदिए हुने
कि त यिनै साना खुसिहरु मा रमे हुने

निरास अनि निस्सासिएको जीवन
कति भाग्ने कति भगाउने
दिवासपना उज्यालो भविष्यको
थाहा छैन भविष्य देख्ने हो कि होइन

फेरी,
जीवनका हरेक पलको मजा लिनु छ
मन लाई सुन्न छाड्नु छ
दशकौ बित्यो यहि मन संग
अब यसका समवेदना को के असर

जिउनु छ हावामा उड्नु छ
हरेक दिन बाच्नु छ
दुख सुखका बादल लाई चिर्दै 

जीवन रुपी जहाजमा लामो यात्रा गर्नु छ


- वाहिद अलि 
२०१५-११-०४ 

No comments: