Sunday, May 3, 2015

एक पटक फेरी बाच्न मन छ


एक पटक फेरी बाच्न मन छ
फेसबुकमा चुच्चे सेल्फीमा लाइक हान्न मन छ
अनि पुरानै खाले पडेट हरु हेर्न मन छ
च्याटिंगमा मिठा मिठा कुराहरु साट्न रहर छ


उफ्फ़ फेरी आयो फिलिंग स्केर्ड
निला पहेला टेन्ट अनि रुची चाउचाउका प्याक
दानबिरहरु का कोण कोण बाट  लिएका तस्बिरहरु
हिजोका घर धन सम्पति भएकाहरु को रित्तो हात

आउने भए छिटो आउ भूकम्प अब न तड्पाउ
टुटेको मुर्तिको फोटो क्याप्सनमा आफै बाच्न सकेनौ
ढलेको हाम्रो सान धरहरामा सेल्फी  
अपडेट हेर्दा हेर्दा फिलिंग इरिटटिंग

पशुपतिमा लस्करै जलेका लासहरु
बार्पाकमा लस्करै खनिएको चिहानहरु
भग्नावशेषमा देखिएका खुट्टा अनि हातहरु
आखाँ रसाउन छोडेनन् अनि मुटु काप्न पनि

फेरी,
युद्द जिती पाएको टेन्ट त्यो पनि उडाइदिने तुफान
राहत दिन जाने लाई पनि पहिरो ले पुर्यो रे
अब त अति भयो
यो जुनी लाई पुग्ने पिढा भयो

साची फेरी एक पटक हास्न मन छ
घमाइला दिनमा घुम्दै हिड्न मन छ
सबै फाटेका मनहरु सिउन मन छ
अनि फेरी एकपटक जिन्दगि जिउन मन छ


- वाहिद अलि

२०१५-०५-०३ 

No comments: