Wednesday, April 30, 2014

निगममा शाही का अवशेष

-वाहिद अलि 
                  हिजो देशवासीका मुहारमा खुसि अनि केहि सम्भावना बोकेर ५८ सिटको ‘एमए ६०’ जहाज ले अवतरण गर्यो l २८ बर्ष पछि हामीले नया जहाज पाएका थियौ l जहाज किन्न जानेहरु अनि हाम्रो नयाँ जहाजको फोटो केहि दिन पहिले नै सार्बजनिक भएकाले जहाज भन्दा पनि जहाजको स्वागत कस्तो हुने हो भनेर फेसबुक देखि अनलाईन पत्रिकामा व्यग्रताका साथ प्रतिक्षामा थिए l दिउसो १:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने साथ बिभिन्न सामाजिक संजाल भरि समाचार तथा फोटोहरु देख्न पाईयो l चाइनाको अन्य समान जस्तो एकदमै आकर्षक त्यो भन्दा पनि चन्द्र सुर्य सहित रातो निलो रंगले पोतिएको जहाज हाम्रो विमानस्थलमा देख्दा वास्तबमै हर्ष को कुनै सिमा थिएन l हाम्रो संस्कृति अनुसार बाजागाजा सहित पञ्चकन्याले स्वागत गरेको फोटो देख्दा गर्व महसुस भयो l अनुदानमा प्राप्त गरिएको भए पनि चाइनाले गरेको अनुदान थियो l हम तुम्हारे देशको अनुदान मे जहाज दिया है भनेर फुई नहान्ने देशले दिएको भएर मनमा कुनै संकोच थिएन l तर समाचारहरु अनि फोटोहरु आउने क्रममा कता कता मनमा केहि प्रश्न हरु उब्जिन थाल्यो l 
                     २०६३ सालमा ऐतिहासिक परिवर्तन पछि नेपाल गणतन्त्रमा प्रवेश गरे संगै १९५८ साल देखि शाही नेपाल वायुसेवा निगम को नाममा चल्दै गरेको निगमले शाही लाई हटाउदै नेपाल वायुसेवा निगम को नाम प्रचलनमा ल्यायो l जुन ऐतिहासिक कदम थियो l किन कि यो निगम सम्पूर्ण नेपालीहरु को साझा सम्पति थियो l गणतन्त्र संगै देशमा धेरै कुराहरु शब्दमै भए पनि परिबर्तन भएका थिए l जसमा एउटा ठुलो परिवर्तन भनेको हाम्रो देश धर्म निरिपेक्ष देश भयो भन्ने थियो l कुनै कालखण्डमा नेपालमा हामि नेपालीहरु कुनै पनि धर्म बाट अपहेलित भएर बस्नु नपरेतापनि हिन्दु राष्ट्र बाट धर्म निरिपेक्ष देशमा परिवर्तन हुदै गर्दा सम्पूर्ण गैर हिन्दुहरु केहि परिवर्तनको आभास गरेका थिए l सबै जातजातिहरु आफ्नो धर्म अनि चाडपर्वमा लाई रास्ट्रिय मान्यता दिईनु पर्छ भन्ने माग अनुसार केहि जातजातिहरु ले त्यो अवसर प्राप्त पनि गर्न सफल भए l फलस्वरूप अहिले धेरै धर्मका ठुला चाडपर्वमा रास्ट्रिय विदा हुन थाल्यो l जसले गर्दा आफ्नो जाति धर्म लाई सम्पूर्ण नेपालीहरु माझमा पहिचान बनाउन सफल भए l

                   नेपाल हामि सबै जातजाति को साझा देश हो भन्ने भावना सिर्जना हुदै गएको परिपेक्षमा नेपाल अनि नेपाली का लागि अनुदानमा प्राप्त गरेको जहाज लाई स्वागत गर्ने क्रममा पण्डितहरु बाट मंत्र उच्चारण गरि एउटा जातिको मात्र प्रतिनिधित्व हुने गरि पुजा गरिदा अन्य जातजातिको भावना माथि निगम अनि त्यसलाई संचालन गर्ने हरु ले अबहेलना गरेको महसुस भयो l

शाही हटेको ८ बर्ष पछि पनि शाही का अवशेष बाकि छन भन्ने भान भएको छ l

फोटो साभार कान्तिपुर 

३० अप्रिल २०१४ 

No comments: