Thursday, October 31, 2013

ईद २०१३


              एकाबिहानै झिसमिसेमा गाडीको रफ्तारमा हामि हुइकिदै थियौ l हामि संगै ईद मनाउने एकजना दाजुको के समान छुटेछ आफ्नो डेरामा साथि जाउ भनेर आग्रह गर्नु भयो र म उहाँ संगै हिडेको थिए l गाडीका चाइचुइ आवाज मेटाउन नै होला दाईले गित घन्काउनु भयो l ईदको दिन भएका ले होला बाटो सुनसान थियो l गित हरु फेरिदै थिए अचानक एउटा मार्मिक गित बज्यो l मनमा एकै बेग हुरीबतास आए जस्तो भयो l म धुलो ले छोपिएका ति पुराना डायरी पल्टाउन थाले l बिर्सिसकेका अतित लाई कोट्याउँन थाले l गितका हरेक शब्द मेरा लागि लेखिएका हुन् जस्तो लाग्यो l त्यसो त आज पहिलो पल्ट सुन्दै भने होइन यो गित मेरा केहि मन पर्ने गित मध्यको एक थियो l रेगिस्तानका उराठलाग्दो दृश्यलाई अब आखाँले ठम्याउदै थियो l घामको रातो लालीले कुनै मात दिन सकिरहेको थिएन यो उजाड मरुभूमि लाई त्यसो त मेरो मन बहकाउने सवाल नै भएन l
               साचो भन्नु पर्दा ति झर्को लाग्ने मेसेज हरु कति मुल्यवान रहेछन महसुस गर्दै थिए l प्यासी लाई नै पानि को महत्व हुने रहेछl जति नै झर्को माने पनि यति उदास भने थिएन बितेको बर्षको यो दिन l राम्रो संग नपढी डिलेट गरेका ति मेसेज का एक एक हरफ याद आउदै थिए l हरेक शब्दले मन भारि हुदै थियो l बज्दै गरेका वियोगान्तका गितलाई साथि बनाउदै नयाँ दिनको साक्षी बन्दै आफैमा हराउदै थिए l कुन बेला हामि गन्तब्यमा पुगेर फर्कियौ थाहा भएन l
            कार बाट ओर्लिदै गर्दा पार्किंग नजिकै रहेको रुखमा चिरबिराउँदै गरेका चराचुरुंगी हरु को आवाजले झन् अरु पिढा थपिदियो l समय पनि उही अनि चिरबिराउँदै गरेका चराचुरुंगी को आवाज पनि उही तर म जुन अवस्था मा गुज्रिरहेको थिए त्यो भने धेरै फरक l एकदमै रित्तो भएको महसुस हुदै थियो l कता कता वरिपरीको कंक्रिटको जंगल बीचमा हराए झैँ लाग्यो l उजाड विछिप्त निलो एकदम काहाली लाग्दो आकाश अनि मेरो मन उस्तै उस्तै लाग्यो l मेरा औला हरु सल्बलाउदै थिए अनि मोवाईल झिकेर मेसेज लेखे तर पठाउने कहाँ, किन, अनि कस्लाई आफैमा धेरै प्रश्न हरु बाझिए l म अरु धेरै बेर बाहिरी बातावरण मा रुमलिन चाहिन l 
              ईदको दिन रमाउने अनि खुसियाली बाढ्ने दिन l घरमा सबै रमाउदै थिए तर किन किन उनिहरु पनि म जस्तै औपचारिकता निभाउदै छन् जस्तो लागिरहेको थियो l तर पनि सबै को मुहार हासेको देख्दा म निरास भईरहन सकिन l 



मोहम्मद वाहिद अलि 

२०-८-२०१३

No comments: