Thursday, September 5, 2013

तिता मिठा पलहरु...


                  फिल्मी दृश्य जस्तो थियो उनिहरु लाई चियाउनेहरु का लागि अनि समद लाई पनि फिल्मका लागि दृश्य दिदै छु जस्तो लाग्दै थियो रे l बेगनास भन्ने ठाउँ समद को मन भित्र यसरि बस्यो कि कतै बेगनास भन्ने नाम सुन्ने बित्तिकै आफ्नो अगाडी भएका साथीभाई संग त्यो दिनको सम्झना गर्दै बेलिबिस्तार लागाउथ्यो l
                 अग्ला पोलहरु बाट छरिएको मध्यम पहेला प्रकाशमा एकनासले गाडीहरु गुड्थे केहि बेरमा रोकिन्थे अनि पुन गुड्थे l रातिको ३ बज्नै आटेको थियो l हामि चौबाटोको एउटा कुनामा चारै तिर वोन्डरिले घेरिएको अनि बीचमा सानो गार्डेनमा बसेर हप्ता भरिको थकान मेट्दै थियौ l जुन गार्डन हाम्रो अफिस अनि संगै रहेको हाम्रो अपार्टमेन्टको आगन भनौ l गर्मि याममा हलुका हावा आउदा पनि सितलो महसुस गर्दै थियौ हामि l साथिहरु फफ्फिदै गर्दा वातावारण नै नेपालमय भएझैँ लाग्थ्यो l सबैको गफ सुने अब म बोल्ने मुडमा थिए l भर्खर नेपाल देखि छुट्टि मनाएर फर्केका ले म ईदमा पारिवारिक पिकनिक बेगनास ताल जादाको गन्थन सुनाउदै थिए l समद निकै चाख लिदै मेरो कुरा सुनिरहेको थियो l उसले मेरो कुरा सकिने इन्तजारमा छ भन्ने मलाई पत्तो भएन l जब मेरो कुरा सकियो उसले बेलिबिस्तार लागाउन थाल्यो l

                 ओह बेगनासताल! धेरै पटक आफ्ना पुराना उदेक लाग्दा प्रेम कहानी सुनाएर दिक्क बनाउने भएकाले उसको कुरा सुरु हुदै गर्दा कोहि कानमा हेरफोन लगाउन थाले त कोहि आखाँ बन्द गर्दै सुस्ताउन थाले l म भने उसलाई साथ दिदै थिए l मैले सोधे अह के भयो बेगनासताल मा? उसले कहानी लामो छ भन्यो मैले अन्त्य नहुने कहानी त पक्कै होइन सुरु गरन भने l 
हामि धेरै दिन देखि लामो टुर जाने प्लान गरेको थियौ l उसको सुरुवात बाट नै प्रेम कहानी हो भन्ने लाग्यो l कुन ठाउँमा भेट्ने भनेर हामि बीच लामो डिस्कस नै भएको थियो l मलाई भन्दा पनि उसलाई एकान्त जरुरि थियो l हामीले फिक्स गरेको ठाउँमा फिक्स टाइम मै म त्यहाँ पुगे अनि उसलाई पर्खिरहे l लूकिंग ग्लासमा उ आउने बाटो चियाइरहे l जुन ट्याक्सी पनि त्यहि निर स्लो हुने l म झुक्किन्थे फेरी कल गर्थे उ १ मिनेट न भन्थी l उसको १ मिनेट सधै १० मिनेट भन्दा कम हुन्थेन आज त दोब्बर हुन लागि सक्यो l त्यतिकै मा नजिकै आएर ट्याक्सीले ब्रेक लगायो l लूकिंग ग्लास बाट हेर्दा पछाडीको ढोका बाट ओर्लिदै गर्दा उसको फ्ल्याट सेन्डिल देखे l म रिल्याक्स हुदै मोबाइलमा बिजी भए जस्तो गरे l उ मेरो अगाडी आएर थोरै जिब्रो टोक्दै सरि मागी l मैले उसलाई बस भने l
                  हामि हाईवे तिर लाग्यौ कहाँ जाने दुई जना नै बेखबर थियौ l उ आफै लूकिंग ग्लास एडजस्ट गरेर दुवैको फेस देखिने गरि मिलाउदै मलाई जिस्काउदै फकाउने कोसिसमा थिई l म रफ्तारको मजा लिदै थिए l कुनै डर थिएन अनि कसैको प्रवाह पनि l सिधा बाटोमा हुदा लूकिंग ग्लासमा चियाउदै गर्दा उसको मुहारको चमक अनि खुसि हावाले फहराउदै गरेका उसका बालहरु l यार साच्ची उ मेरो लागि नै बनेको जस्तो लाग्थ्यो l कुनै बेला मौन त कुनै बेला चर्को स्वरमा गफ्फिदै हामि धेरै नै अगाडी पुगेका रहेछौ l दमौली ५ किलोमिटर लेखेको देखे पछि हामि झसंग झस्कियौ l हामि त्यहि बाट फर्किने सोच बनायौ l 
                  समद साच्चिकै गफाडी हो बेगनासताल बाट सुरु गरेको दमौली पुग्यो अब कति बेला बेगनासताल पुग्ने हो l हरेक शब्द अनि प्रसङ्ग संगै उसले देखाउने हाउभाउ हेर्दा कथा लाई जीवन्तता दिएको आभास हुन्थ्यो... 
                  म भन्दा दोब्बर उ बाइकमा बस्दा पनि आफैले बोके जस्तो लागिरहेको थियो l त्यसैले फर्किदै गर्दा कतै विश्राम लिने सोचमा थिए l रेस्टुरेन्ट हरु मा नबस्ने भन्दै थिई उ त्यसैले केहि पर चौतारी मा बस्यौ l खेतमा बकुल्ला हरु आहारा खोज्दै थिए l खेत संगै सानो खोला अनि खोलाको परि पट्टि सानो डाँडा वास्तबमा त्यो ठाउँ यति रमणीय थियो l लाग्थ्यो हामि त्यहाँको सुन्दरता संग हराएका थियौ l सुनसान ठाउँ भएका ले धेरै बेर त्यहाँ बस्न सकेनौ त्यसैले बेगनासताल जाने भनेर त्यहाँ बाट अगाडी बढ्यौ l केहि समय मै बेगनास ताल पुग्यौ l तालमा बोटिंग गरौ भनेर ताल तिर जादै गर्दा कसैले देख्यो भने के गर्ने भनेर उसले सोधी म संग अरु केहि जवाफ थिएन त्यसैले माथि कटेजमा जाउ भने l उकालो बाटो कहिले उसलाई सघाउनु पर्ने त कहिले उसले l हामि माथि पुग्यौ कुनै चहलपहल थिएन l थकाई मार्दै कटेजको पुरानो बेन्चमा बस्यौ l तल फराकिलो ताल अनि वरिपरिका रमणीय दृश्य l तर कटेज अनि वरिपरिका उजाड मान्छे हरु ले छाडेको सुनसान बस्ति जस्तो l गर्मि भएको ले शर्टको माथिल्लो बटन खोलेर थकाई मेट्दै थिए l उसले मेरो नाकको पसिना देखेर थाह छ नाकमा पसिना आयो भने नि बुरी लाई खुब माया गर्छ रे उ मख्ख हुदै रुमालले पसिना पुछ्दै मुखले हावा दिदै माया दर्शाउदै थिई l मायामा सानो सानो कुराले पनि कति असर गर्छ म महासुस गर्दै थिए l यतिकै मा उ चुपचाप हुदै केहि पर सर्दै जादा उसले मेरो घाटि तिर हेरे जस्तो लाग्यो l म शर्टको बटन लगाउदै के भयो भने l खै खै त्यो के हो भन्दै उसले रातो अनुहार बनाई l म झस्किए के भयो के छ र? मैले प्रति प्रश्न गरे l एकै छिनमा त्यो प्यारो आखाँमा यस्तो रिस देखे कि म ठुलो विराम गरेको मुजरिम जस्तो लाग्यो l उसले केवल प्रश्न दोहोराउदै थिइ..कसले हो ? 

                पहिलो पल्ट उसको रिस आवेग घृणा एकसाथ देख्दै थिए l मैले यस्तो अपेक्षा गरेको थिएन जसरि उ प्रस्तुत हुदै थिइ l उसका सबै भरोषाका बाधहरु एकै साथ यसरि फुटे कि जसलाई म सम्हाल्ने अवस्थामा थिएन l मेरो कुनै जोर चलेन अन्तत म एक्लै त्यहाँ बाट तल झरे l मलाई विस्वास थियो उसले मलाई रोक्छ या म संगै आउछ भनेर तर त्यो भएन l तल धेरै बेर पर्खिरहे माथि बाटो तिर आखाँ लगाई रहे l मनमा धेरै कुराहरु खेल्न थाले फर्केर माथि जान पनि सकिन l मेरा कल हरु काटिदै गर्दा मेसेज गर्न उपयुक्त ठाने अनि माथि बाट उ तल झर्दै गरेको देखे l अब म सम्हाल्न सक्छु भन्ने लागेको थियो l उ मोबाइल मा कसै संग कुरा गर्दै थिइ अनि रुदै मलाई तिमि जाउ तिमलाई ढिलो हुन्छ म लाई पिकअप गर्न साथि आउदै छ भनि l म केवल तिमि लाई घर मा पुराईदिन्छु भनेर जिद गरे तर उसको जिद को अगाडी मेरो केहि लागेन l वरिपरी मान्छे हरु हामि लाई चियाउदै थिए l फिल्मी दृश्य जस्तो थियो हामि लाई चियाउने हरु का लागि l अनि म फेरी फिल्म का लागि दृश्य दिदै छु भन्ने लागेको थियो l मेरो जिद अनि मेरो खुसिमा सधै पग्लिने उसको कठोर पन देखेर म अपसोसमा थिए l उसले केवल तिमि छिटो जाउ भनेर एकोहोरो भनिरहदा फेरी अर्को गल्ति म त्यहाँ बाट हिडे l फेरी पनि केहि अगाडी गएर पर्खिरहे उसले कल गर्छ भनेर lरफ्तार मा रातो पल्सर बाईक मेरो अगाडी बाट हुइकियो l उसको आसु हरु छचल्किदै भुईमा खसेको दृश्य ले झन् विछिप्त भए l केहीबेर पछि म पनि फर्किदै गर्दा बाटोमा उनिहरु लाई देखे उनि हरु ले पनि मलाई हेर्दै थिए l फेरी पनि बाटोमा पर्खिरहन मन लागेन अनि म घर तिर फर्किए l 
                चारै तिर कालो वादल मडारिरहेको थियो l दिन भरि का तिता मिठा कुरा हरु मनमा खेलाउदै थिए l उसको साथिको थियो त्यो कुरा ले मनमा धेरै बेर सताइरह्यो l गित कान मा गुन्जिरहेको थियो “तु किसी और को चाहे कभी खुदा ना करे” यो गित बज्दै थियो l खै किन झन् पपिढा बढेको महसुस भयो l भालु पहाड आइसकेको पत्तै भएन पानि बिदा भएको थियो l म त्यहि डिल मा बसेर मोबाइल हेरेको उसको कल हरु रहेछ l मैले कल ब्याक गरे उसले मलाई लिन आउँ भनि l खै कता कता सपना जस्तो लाग्यो l तिमि कहाँ छौ म त भालुपहाड आइपुगे भन्दा उसले विस्वास नै गरिन l म भाई संग सबै कुरा भन्दै थिए तिमि एकदम स्याड हुदै फर्केको देखे तिम्रो एकदम माया लाग्यो l मैले भाई लाई जाउ म उसलाई बोलाउछु भने l तिमीले कल नै रिसिभ गरेनौ म यहि कुरेर बसेको छु भनि l साझ पर्न आटेको थियो म फर्केर जान सम्भब थिएन l नगर बस त आउछ होला त्यहि बस भनेर मैले सम्झाउदै थिए l अध्यारो हुन लागेको थियो म घर तिर फर्किदै उ संग कुरा गर्दै थिए l मैले तिमि लाई धेरै हर्ट गराए त्यसैले यो सब भयो भन्दै रुदै थिइ l म घरमा आइपुगे अगाडी को मान्छे पनि नचिनिने गरि अँध्यारो भै सकेको थियो l उसलाई मेन रोड मा जाउ भने तर पनि उसलाई कसै ले लिफ्ट दिएनन l हामि कुरा गरिरहेका थियौ उ हिड्दै थिई l एक घण्टा भन्दा धेरै भयो उ हिडेको बल्ल उ खुसि हुदै मेरो साथी को घर आयो अब म बाबा लाई बोलाउछु भनि l आफ्नो गल्ति सम्झिदै धेरै सरि माग्दै उसले बाई भनि अनि म पनि राहत को सास फेर्दै बाई भने l साचो भन्नु पर्दा जीवनका तिता मिठा यादहरु मुटु भित्र यसरि बस्दा रहेछन कुनै शब्द जसले पुन ति पल हरु लाई सम्झाई दिने रहेछन l आज हलुका महसुस गरेको छु तिमि संग यो सबै कुरा हरु सुनाउन पाउदा l 
                 समद को फिल्म सकिए जस्तो लाग्यो l बटुवाले भारि बिसाएर आनन्द लिदै गर्दाको अवस्थामा समद लाई मैले पाए l लामो कहानी भए पनि खै किन मलाई रमाइलो लागिरहेको थियो l तर कता कता मनमा एउटा प्रश्न अड्किरहेको थियो तर म उसलाई सोध्न सकिन अथवा चाहिन....



No comments: