Wednesday, June 12, 2013

रमजान महिना

अँधेरी रातमा
खस्यांग्खुसुंग हुदै छ
भान्सामा नै हो पक्कै
आमा सेहरि को तयारी गर्दै

अब नीद नै के रह्यो र
उठाउनु हुन्न कि
भन्ने दोधार संगै
निदाएका यी आखा


आतुर यी कान हरु
कति चनाखो भैरहेको
यो मध्य रात मा
ए छोरा उठ
भन्ने आवाज सुन्न

खै कतै बिर्सिनु हुन्छ कि
या छोरा प्यासिन्छ भोकाउछ
भन्ने ठानेर
तर मलाई तेस्को के हेक्का
म गुनासो भाव ले कोल्टे फेरी रहे

बाबा उठ्नु भयो दाई दिदि हरु पनि
आवाज खोई आएन निरास हुदै
फेरी अर्को कोल्टे फर्किदा
आमा को आवाज आयो
रोजा बस्ने होइन छोरा भन्ने

हर्स ले मन भारि भयो
जवाफ भन्दा छिटो म उठे
जुरुक्क उठ्दा
कतै कम्मर नै सर्कियो कि
जसको के पर्वाह

खाना को परिकार
अनि त्यो मिठो वासना
आखाँ मिच्दै
दुई चार गास मै पेट भरिदा
आमा को हप्काइ त्यो माया
टन्न खानु पर्छ भन्ने

छोरा को मन भरिएछ
मख्ख आफु
ठुलो भएको महसुस हुदै छ
टन्न खाने त इफ्तर मा हो भन्दै

थुक पनि निल्नु हुन्न रे
बालापन को सोच
पानि भने मन खोलेरे खादा
आजान को डर अनि समय को

अजान संगै नवाज अनि
नवाज संगै नियत रोजा को
कुरान पढ्दै गर्दा
निस्केको मिठा स्वर
दुवा गर्ने सैली बाबा को

त्यो बालापन त्यो उत्साह जस्तै
फेरी आउदै छ
म पाको भए पनि
उठाउनु हुन्न भन्ने त्रास छैन
तर पनि उमङ्ग मा कमि छैन

आउदै छ त्यो महिना
बर्कत को महिना
महिना हरु को सरदार महिना
हजारौ लाखौ नेकी कमाउने

बरकत को महिना
रमजान महिना





मोहम्मद वहिद अलि

२०१३-०६-१२

No comments: