Tuesday, May 21, 2013

खलिफा स्टेडियम...


            मूलतः सन १९७६ देखि संचालनमा आएको कतारको ऐतिहासिक खलिफा स्टेडियम तत्काल एसियन गेमका निम्ति सन २००५ मा पूर्णरुपमा पुर्ननिर्माण गरि विस्तार गरिएको हो l सन २००६ को एसियन गेमको उद्घाटन अनि समापन समारोह गरिएको यस स्टेडियममा अन्तरास्ट्रीय स्तरका बिभिन्न ठुला गेमहरु भएका छन l जसमध्ये सन २००९ मा ब्राजिल र इंग्ल्यान्ड को मैत्री फुटबल गेम त्यस्तै सन २०१० मा ब्राजिल र अर्जेन्टिना बिचको गेम सम्पन्न भएको थियो साथै एसियन कप सन २०११ को फाइनल गेम पनि यहि स्टेडियममा भएको थियो l चालिस हजार सिट क्षमता भएको यो अत्याधुनिक स्टेडियम र त्यहाँ रहेको अस्पायर एकेडेमी, हमद एक्वाटिक सेंटर, अस्पायर टॉवर जसलाई दोहा स्पोर्ट्स सिटीको एक भागको रुपमा लिन सकिन्छ l 

             लामो समय देखि परिचित यस ठाउँलाई नजिकबाट घुम्न अनि स्टेडियममा बसेर फुटबल हेर्ने अवसर हिजो मात्र यहाँ को प्रतिष्ठीत अमिर कप फुटबलको फाईनलका दिन जुर्यो l टिकेटमा दिएको टाइम ५:४५ मा थियो तर पनि दाजुभाई पार्किंगको समस्याको अड्कल गर्दै लगभग ४:१५ बजे नै स्टेडियम तिर लाग्यौ l दाजुलाई दोहाको पार्किंग सम्बन्धि राम्रो जानकारी भएकाले नजिकै रहेको भेलिजियो मलको पार्किंग तिर गाडी घुमाउनु भयो जहाँ सजिलै पार्किंग पायौ l २०२२ को वोर्ल्ड कप खेलाउने अवसर पाएको देशमा फुटबलका पारखी नहुने त कुरै भएन त्यसैले केहि पर सम्म पार्किंग अनि मान्छेहरु को हुल देख्न सकिन्थ्यो l आआफ्ना समर्थन टिमका झन्डा सहित मुहारमा आकृति अनि जर्सी मा उपस्थित भएका केटाकेटि, युवा, पाकाहरु फुटबल प्रति को आफ्नो क्रेज लाई प्रस्तुत गरिरहेका थिए l ठुलै मेला जस्तो रौनक स्टेडियम वरिपरी स्वदेशी कै संख्यामा विदेशीहरु को उपस्थिति ले सेतो र कालो (यहाँ को रास्ट्रीय पोसाक) को बिचमा रंगिन माहोल देख्न सकिन्थ्यो l स्टेडियम भित्र परेड अनि सांगीतिक कार्यक्रमको गुन्जन सुन्निदै थियो हामि भने अन्य साथीहरु को प्रतिक्षामा थियौ l स्टेडियम वरिपरीको रमाइलोमा घुम्दै गर्दा स्टेडियमको अगाडी पट्टि रहेको अनौठो संरचना के रहेछ भनेर दाजु संग जिज्ञासा राखे यो मस्जिद रहेछ म आश्चर्यमा परे स्पोर्टस सैलीको यो मस्जिद जसलाई ठम्याउन गाह्रो पर्ने रहेछ l 

             केहीबेरमा साथि हरु जम्मा भयौ साधारण चेकिंग संगै रहेको लक्की ड्र को बक्समा कुपन हाल्दै गर्दा हासो गर्दै टिकेट एरेन्ज गरे बापत ५०% पाउनु पर्छ भन्दै थियो अबु भाई म भने जसले ल्याण्ड क्रुजर पारे पनि एउटा आईफोन ५ दिनु पर्ने भन्दै थिए l त्यसपछि स्वयमसेवक हरु को इसारा पछ्याउँदै अघि बढ्दै गर्दा रुफ भएको भागको अगाडी पट्टि माथिल्लो स्टैंडमा पुग्यौ l स्क्रिनमा यहाँ का अमिर (राजा) को सवारी देखाउदै थियो म आफ्नो सिट बाट उठे म उठेको देखेर एकजना काले दाईले अरबी भाषामा किन उठेको भनेर प्रश्न गर्यो मैले उनि यो देशको राजा ठुलो मान्छे हुन् त्यसैले सम्मान गरेको भने उ वाल्ल पर्यो l केहि बेरमा खेलाडीहरु ग्राउन्डमा प्रवेश गर्दै गर्दा रातो कालो रैयान क्लबको ठुलो झन्डा फ्यानहरु ले स्टैंडको माथिल्लो भागबाट तल तिर झार्दै थिए भने सेतो कालो अलसद क्लबको झन्डा तलबाट माथि सार्दै थिए जुन दृश्य हेर्न लाएक थियो l 

                 सैनिक टुकडीले राष्ट्रिय गानको धुन बजाउदै थिए राष्ट्रिय गान सकिने बित्तिकै लामो सिट्ठी बजाउदै रेफ्रीले खेल सुरु भएको संकेत गरे l खेल तर्फ ध्यान केन्द्रित हुन नपाउदै ६ मिनेटमा रैयान क्लब को तर्फ बाट पहिलो गोल भयो l त्यस्तै खेलमा आफ्नो अग्रतालाई अझ मजबुद गराउन अर्को पेनाल्टी गोल गर्दै रैयान क्लब ले २-० को अग्रता लिएको थियो l दोस्रो हाफ पछि अलसद क्लब ले निकै नै आक्रामकरुपमा खेल प्रस्तुत गर्दै ५६ औ मिनेटमा पहिलो गोल गर्दै आफ्ना समर्थकहरु लाई हौसाएको थियो l हामी अलसदमा बस्ने भएका ले हाम्रो सपोर्ट अलसद क्लब लाई थियो तर हामि रैयान क्लबका सपोर्टरहरु को भिडमा भएकाले खासै खेल को मजा लिन पाएनौ l खेल न हो हार जित भै हाल्छ राम्रो खेल को बाबजुद अल सद उपविजेता मा चित्त बुझाउनु पर्यो आतिसबाजी संगै रंगिन माहोलमा रैयान कल्बले भने ट्रफी उठाउन सफल भयो l 

          हजारौ दर्शकहरु को बिचमा शान्त माहोलमा खेल हेरिसके पछि सन २००५ मा खलिफा स्टुडियमको पूर्णरुपमा पुनर्निर्माण गरीय झैँ हाम्रो दशरथ रंगसाला लाई पुनर्निर्माण गर्नु पर्ने आवश्यकता रहेको महसुस भयो l खेल प्रतिको मोह यहाँ भन्दा हाम्रो देशमा कयौ गुना धेरै छ तर कहिले होला हाम्रो देशमा यस्तो शान्त सभ्य वातावरण मा  फुटबल हेर्न पाईने ? आफै संग प्रश्न गर्दै त्यहाँ बाट बाहिरियौ l 

मोहम्मद वाहिद अलि 

२०१३-०५-२१ 

No comments: