Monday, April 15, 2013

अधुरो खासा यात्रा..


१३ अगष्ट २०१२ 

               दाजु भाई अध्यारो काठमाण्डौ को चहलपहल लाई नियाल्दै ठमेल पुगेर कफी पिएर ६ लेनको बाटोमा हुइकिदै थियौ l आफ्ना सबै अस्तव्यस्तता लाई थाती राखेर एउटा लामो यात्राको सोच बनाउदै अचानक दाईले भोलि खासा जाउँ भन्नु भयो मैले झट्टै हुन्छ भने l खासा मेरो लागि पहिलो पल्ट भए पनि त्यो मेरो लागि परिचित ठाउँ थियो l काठमान्डौ देखि तातोपानी सम्मको यात्रा लाई समेटेर बनेको डकुमेन्ट्री फिल्म केहि बर्ष पहिले नेपाल टेलीभिजन बाट हेरेको थिए अनि त्यहि बेला देखि खासा संग परिचित जस्तै थिए l त्यस्तै बिचमा पर्ने बन्जीजम्पिङ् जहाँ पुगेर खिचेका तस्बिरहरु ले केहि साथिहरु को फेसबुकमा देख्दा मनमा त्यहाँ पुग्ने रहर पहिले देखि नै थियो l त्यस पछि भोलि सबेरै उठ्नु छ भनेर हामी घर फर्कियौ l

            आजको बिहानी केहि फरक त अबस्य थियो मनमा धेरै किसिमका जिज्ञासाहरु थिए l लगभग ६ बजेको थियो बेलुका फर्किने सोचले ढिला नगरी हामि घर देखि साइत गरेर अगाडी बढ्यौ l सूर्यबिनायकको ६ लेनको रोड अनि दाईको चलाउने सैली र रफ्तारको मजा लिदै भक्तपुरको रमणीय दृश्यलाई नियाल्दै साँगा तिर उक्लियौ l साँगा पुगे पछि फेरी पृथ्वी राजमार्गको झल्को दिने फाँटको सिधा बाटो हुदै बनेपा पुग्यौ l बनेपाको मुख्य चोकमा पुग्दा काठमान्डौमा नै छु भन्ने भान हुन्थ्यो l हामी आफ्नो समयलाई कतै खर्चिने अवस्थामा थियनौ त्यस्तै केहि बेरमा नै धुलिखेल बजार पुग्यौ l धुलिखेल छोड्ने बित्तिकै घुमाउरो डाँडाको बाटो तल पुरै हुस्सुले ढाकेको अनि सिर्सरे सितयुक्त हावा साउनको आन्तिम दिनहरु मा पनि पुस माघ जस्तो आभास भैरहेको थियो l माझ बर्खामा यस्तो मौसमको मजा चाख्न पाउदा निकै नै अनौठो अनि रमाइलो लागि रहेको थियो l 

               त्यस पछि ओरालो बाटो कतै सानो बस्तिहरु साना साना ढावाहरु अनि जंगल सायद बिहानी नै भएर होला खासै चहलपहल थिएन l त्यस्तैमा अलि सम्म जस्तो ठाउँ मा एउटा बजार देख्यौ यो बजार पाँचखाल रहेछ l केहि बेर फाँटको बाटो पछि पुन उस्तै घुमाउरो बाटो अनि तल सानो खोला रमणीय दृश्यहरु मनमा संगाल्दै अघि बढ्दै जादा यो राजमार्ग को लामो पुल हामि तर्दै थियौ l ८:३० बजे को थियो तर्दै गरेको नदि सुनकोसी रहेछ पुल संगै जोडिएको दुलालघाट बजार बल्ल हामिलाई नास्ता गर्ने फुर्सद भयो l त्यस्तैमा अलि पर एउटा हुल जम्मा भएको देखेर दाई जानु भयो सहर माछा मारेर ल्याएका रहेछन दाई लोभिदै फर्किदा भएको भए लैजान हुन्थ्यो भन्नु भयो l केहि बेरको बिश्राम पछि हामि त्यहाँ बाट फेरी अगाडी बढ्यौ l 

                 सुनकोसीको तिर तिर हुदै अलि माथि डाँडाबाट घुमेर तल झरे पछि फेरी अर्को नदिको किनार हुदै हिड्दै थियौ त्यो भोटेकोसी रहेछ l परिचित ठाउँहरु संगै प्रसिद्द ठुला नदिहरुलाई नजिकबाट देख्न पाउदा एकदमै खुसि लागिरहेको थियो l यति लामो यात्रामा पहिले पल्ट चेकिंग देख्दा खुसि लाग्यो सिन्धुपाल्चोक जिल्ला प्रबेश गरिसकेका रहेछौ l ट्राफिक दाईले मोडिफाइ जस्तो सोचेर पनि भन्न अलमल गर्दै साईलेंसर त अर्कै हो कि भन्ने हिम्मत गरे l नयाँ भर्जनको आर १५ अनि साइलेन्सर चेन्ज थियो तर दाईले खै मैले किन्दा यस्तै थियो भन्नु भयो l उनिहरु पनि अलमलमा परे अनि केहि नभनी जानुहोस् भने अलि पर पुगेर हामि हास्दै अगाडी बढ्यौ यात्रा एकदम रोमान्चक हुदै थियो l अहिले सम्मको यात्रामा खासै ठुलो बजारहरु भेटिएका थिएनन त्यसो भन्दै गर्दा बाह्रबीसे भन्ने ठाउँ आयो l पुराना बजार जस्तो देखिने यो बजार केहि फरक थियो मेरो बुझाईमा नेपालका मैले घुमेका ठाउँहरु भन्दा अलि भिन्न l फेरी बजारमा धेरै मंगोलियन मुहारहरु देखिए अनि अब हाम्रो यात्रा नजिकिदै छ भन्ने लाग्यो त्यसपछि भोटेकोसी हाम्रो बायाँ तिर पार्दै हामि अगाडी बढ्यौ l 

                हामि ठुला ठुला पहाडको तल्लो खोच नजिकै ठुलो बेगमा बगेको भोटेकोसी अनि पुरै पहाड नै रसाउने गरि झरेका लामा लामा झरनाहरु लाई नियाल्दै अघि बढेका थियौ l अब हाम्रो ध्यान लास्ट रिसोट मा केन्द्रित थियो १० बज्न आटेको थियो एउटा सानो बजार अनि रोड भन्दा माथि बाट पुल यहि नै लास्ट रिसोट रहेछ l जब हामि पुलमा पुगेर बन्जीजम्पिंग गर्ने ठाउँ बाट वरिपरीको दृश्य हेर्यौ बास्ताब मै साहसिक खेल हो भन्ने लाग्यो l हामि पुग्दा सुनसान थियो खासै चहलपहल थिएन त्यसैले जम्प गरेको हेर्न बाट हामि चुकेउ l हाम्रो मुख्य गन्तब्य खासा भएकोले त्यहाँ बाट अगाडी लाग्यौ l हामि लगभग खासाको नजिकै थियौ बाटोमा एउटा सानो भिउ पोइन्ट जस्तो अनि त्यहाँ बाट देखिने एउटा ठुलो झरना एकदम भयङ्कर थियो l फेरी उकालो बाटो भोटेकोसीलाई फेरी दायाँ पार्दै अघि बढ्दा तातोपानी बजार सुरु भयो l त्यस पछि एउटा ठुलो बजारले डाँडा भरिएको देखे फोटोमा जस्तै प्रतक्ष्य देख्दा मन भारि भयो l म ८ बर्ष पहिलेको एउटा यात्रा स्मरण गर्न पुगे ३ दिनको लामो यात्रा पश्चात दार्जलिङ शहर देख्दा जुन किसिमको खुसि थियो त्यहि खुसि संग तुलना गर्दै थिए म तर अझै प्रस्ट देखिएको थिएन खासा बजार l करिब ११ बजेको थियो साघुरो अस्तब्यस्त रोड बजार नै छेक्ने गरि पार्किंगमा राखिएका कन्टेनर गाडीहरु छिचोल्दै नेपाली चेकिंग गेट सम्म पुग्यौ l मेरो नजर केवल माथि डाँडा मा रहेको बजारमा थियो l 

                खासा बजार पुग्नको लागि एउटा सामान्य पास बनाउनु पर्ने रहेछ पास बनाउन नागरिता चाहिने l त्यो कुरा सुनेर हाम्रो सबै उत्साह निरासामा बदलियो l दाईले लाईसेन्स बाट प्रयास गर्दै हुनु हुन्थ्यो त्यहाँ भएकी कर्मचारी मन्द मुस्कानको साथ तपाईहरु लाई पस्न चाही दिन्न तर पनि म बनाईदिन्छु भनेर पास बनाएर दिईन l यदि पासको कुरा मिल्यो भने बाईक पनि संगै लैजान पाउने रहेछ l हामि नेपाली चेकिंग पास हुदै मितेरी पुलमा पुग्यौ केहि बेर त्यहि रोकियौ मितेरी पुलको आदि भागमा सम्पन्नता को झल्को दिईरहेको थियो जसले गर्दा त्यहाँ पुग्ने चाहना अरु बढेर आयो l त्यस्तै केहि बेरमा हाम्रो पालो आयो बाईक डोर्याउदै नेपाली गार्ड संग पास देखायौ अन्य ठाउँका भन्दा सभ्य अनि केहि आशलाग्दा पुलिस महिला तथा पुरुषहरु को तारिफ गर्न चुकेनौ हामि दाजु भाई तर अर्को पट्टि झिमिक्क आखाँ नझिम्काई मूर्ति जस्तै बसेका गार्ड हरु को तुलना गर्न मिल्ने ठाउँ भने थिएन l नेपाली चेकिंगमा नै नागरिता नभई उता पस्न नपाउने कुरा दोहोरादै थिए दाई ले रिक्वेस्ट गर्दा एकजना सुरक्षाकर्मी दिदिले सघाउने प्रयासमा थिइन l उनि असई साप संग हामि लाई पसाउनको लागि सहयोग मागिन असई साप ले चिनियाँहरु को अगाडी केहि नलाग्ने तर पनि म कोसिस गर्छु भनेर पारि पट्टि रहेको चिनियाँहरु को कार्यालयमा पुगेर फर्किय l मैले भनसुन गर्न मिल्ने अफिसर हरु खान खान गएका रहेछन २ बजे सम्म कुर्नुहोस भन्दै थिए तर हामि संग समय थिएन हामि निरास हुदै फर्किनु को विकल्प थिएन l फर्किदै गर्दा सम्झना स्वरुप एउटा त फोटो लिउ भनेर मोबाईल बाट फोटो खिचेर एकछिन उभिएको सीआइडी ले मेरो मोबाईल जफत गरे फेरी उनै सुरक्षाकर्मी दिदि ले कुरा मिलाउदै फोटो डिलेट गरेर मोबाईल फिर्ता गराईदीईनl फेरी पनि उनीलाई धेरै धन्यवाद दिदै त्यहाँ बाट फर्कियौl 

             बल्ल भोक लागेको महसुस भयो दाई भने एउटा बिशेस माछा को परिकार खाने मोडमा हुनु हुन्थ्यो तातोपानी बजारका सबै होटेलहरु मा सोध्यौ तर पाएनौ l हामि तातोपानी बजार भन्दा तल आइपुग्दा पनि खाना पाएनौ अन्तिममा एउटा सानो रेस्टुरेन्ट मा फास्ट फुड खाएर चित्त बुझाउदै फर्कियौ l आकास मा कालो बादल मडारिदै थियो हामि त्यसलाई छिचोलेर अघि बढ्ने प्रयास गर्दै गर्दा हामि असफल भयौ l बिग्रेको बाटोहरु मा ठुला ठुला भल बग्ने अनि माथि बाट छहराहरु खस्ने अनि कतै भने सिधै भोटेकोसी तिर मोडिएको बाटोहरु फेरी पनि दाई को चलाउने सैली भरोसा लाग्दो थियो l काठमाण्डौ आउने बेला मा फेरी एकपल्ट घाम लाग्यो हामि एउटा ढावामा बसेर नास्ता गर्यौ मिठो हात ले बनाएको लस्सी को चुस्की संगै केहि बेर आराम गरेर काठमान्डौ फर्कियौ l   


मोहम्मद वाहिद अलि
१५-०४-२०१३

No comments: