Thursday, April 11, 2013

शुभकामना २०७० साल को...

चैत बैशाख का उराठिला दिनहरु देखिन

हुरीबतास ले उडाएका पातहरु भेटिन

म सन् मा डुबेको रहेछु,

सम्वत् लाई भुलेर

सम्झाइदिने कोहि भएनन,

शुभकामना का दुई अक्षर कोरेर !

आखै अगाडी छ उन्नसत्तरी साल

अर्को साल जोडिदै सत्तरी भएछ

म हर्सित होउ या दुखित

जीवन को अर्को एक बर्ष घटेछ !

म यहाँ क्यालेण्डर मा चल्दैछु

पात्रो लाई भुलेर

झस्काइ दिने हावा का सुसेली विलय भएछन

सातसमुद्र पार गर्न नसकेर !

सम्झाइदिने कोहि भएनन,

शुभकामना का दुई अक्षर कोरेर !



मोहम्मद वाहिद अलि

११-०४-२०१३











No comments: