Monday, April 8, 2013

एक पल


         
                                हामी एकदम उत्साहित थियौ l हाम्रो प्रतिक्षा अन्तिम बिन्दुमा थियो l आफ्नै कोठा अनि आफ्नै वेडले पनि बिर्सिसकेको रहेछ l दुई दिन बितिसक्दा पनि म अझै नौलो छु l रातको १२ बजिसकेको छ l अब म फुर्सदिलो छु l  म उ संग गफ्फिने सुरमा छु l अन्तर्राष्ट्रिय र राष्ट्रिय  कलरेट त फरक थियो नै यहाँ अरु कुरा पनि फरक हुदै थियो l  उ बाट अपेक्षा नगरेको जवाफ ले मन मा धेरै किसिम का तरंग पैदा भयो l म दुविधामा परे l सपना को दुनियाँ छु जस्तो भान भयो l फेरी त्यहि कुरा दोहोराउइ रहन चाहिन l

            केहीबेर टोलाईरहे अनि पुराना दिनहरु तिर फिर्ने थाले l कति जोस थियो l कस्तो पागलपन l उनि आज यो किन यस्तो भन्दै  बुझ्न सकिरहेको थिएन l टाढाको माया मिठो भन्थें साचो रहेछ जस्तो लाग्यो l फेरी आफैलाई सम्हाले l बिचल्लत भएको छैन भन्दै मन लाई सान्त्वना दिए l त्यो रात केहि लामो अवश्य थियो l छटपटी त्यहि कुरा दोहोरिरहे l उसले भनेका शब्दहरु कान मा गुन्जिरहे l कतिबेला कुन कुरा ले मनमा शान्ति पायो थाहा भएन l त्यहि बखत म निदाएछु l
                   लामो समयको भेटमा पुरानै चिज पनि नयाँ लाग्छ l त्यसैले होला यो बिहानीले मलाई मोहित बनायो l पराई पाहुना लाई जस्तो सत्कार l ओछ्यानमै नास्ताको मै आउदा एकप्रकारले दुख पनि लाग्यो l त्यसपछि बाथरुममा केहि समय बिताएर l सामान्य रुपमै घर बाहिर निस्किए अनि बाकि रहेका भेटघाटका काम सकाउन तिर लागे l साथीसंगी संग भेट्दा उनि हरु संग पुरानोपन पाउन सकिरहेको थिएन l खै वासना धेरै भयो कि छालाको गोरोपनले उनीहरु घुलमिल हुन् चाहेका थिएनन l त्यसो त पुराना अनुभवहरु थिए l केहि दिनमा सबै ठिक हुन्छ भनेर घर तिर फर्किए l
             आमा बाबुको माया ममता अनि परिवारको त्यो सामिप्यता मन प्रफुल्ल थियो l लाग्थ्यो १ बर्ष का सबै माया ममता अनि सामिप्यता आजै पस्किन आतुर हुनु हुन्छ l अनि म पाउनका लागी l आमाले खाना खान डाक्नुभयो l मेरा रोजाईका ब्यन्जनले टेवल भरिएका थिए l घरको खानाको स्वाद बेग्लै l अनि आमाको हातले बनाएको खाना l म यहि खानको लागि कति तड्पिरहेको हुन्थे l खाना खाएर टिभी कोठामा आराम गर्दै थिए l हातको रिमोटको नेक्स्ट बटन आफै दब्बिएका झैँ लाग्थ्यो l अचानक रोकियो l वे इन्तेहा यु प्यार कर भन्दै थिए आतिफ दाई l म गीतमा डुबे l अनि फेरी रात कुराहरु अगाडी आए l म पनि अतृप्त होइन l आफ्ना सबै अडानहरु लाई थाती राख्दै अन्तिम निष्कर्षमा पुगे l
                मन भरि अनेकौ प्रश्न अनि संकोच थिए l हाम्रो भेट हुने हो कि होइन पत्तो थिएन l नजिकै थिए l अनि कल गरे l मैले भने म तिम्रो नजिक छु l बाफरे उसको उत्साह अनि खुसि l म आवाज बाटै महसुस गर्न सक्थे l हिजो राति देखि दुखेको मनले आराम पायो l अब हिजोको मेरो तड्पाई उसलाई चखाउनु थियो l केहि बेर त्यहि रोकिरहे l फेरी उसको कलले मोबाईल घन्कि रह्यो l फेरी एकपटक सोचे आज नभेटौ l फेरी आफैलाई सोधे l  किन यस्तो घमण्ड उस्का केहि बाध्यता थियो होला l त्यसपछि म उसलाई तड्पाउन चाहिन l कल रिसिभ गरे l फेरी मलाई अर्को अफ्ट्यारो मा पार्दै थिइ l घर मै भेट्नु पर्ने रे l म केहि बेर सहमत भईन l फेरी सहास जुटाउदै उको घरमा पुगे l
            अफ्ट्यारो महसुस भैरहेको थियो l तर उसको सहजताले केहि हौसायो l उसको को मुहार हेरिरहे अनि उसले पनि l हामी पहिले देखि परिचित थियौ आज सिरिफ औपचारिकता निभाएको हो जस्तो लागिरहेको थियो l त्यहाँ अरुबेर रोकिन ठिक हो जस्तो लागेन l म हिड्ने बहाना खोज्दै थिए l मेरो असहजता लाई उसले बुझेर परिस्थितिलाई सम्याउने बहाना बनाउदै थिइ l केहि बेर पछि उसको पनि केहि बहाना नचल्ने ठानेर मलाई बिदा दिई l हाम्रो एउटा बाचा थियो l झट्ट सम्झिए l मैले उसलाई सम्झा l  हामीले केहि कुरा भुल्यौ कि जस्तो लाग्यो l उसले  सर्माउदै छुच्च्चे भनि l म फर्किन पाइला चालिसकेको थिए l अचानक उसले रोकि l आफ्नो बाचा पुरा गरि l उसको त्यो साहस देखेर म केवल दंग परिन lउसको सच्चा प्रेम देखे पागल भए l


मोहम्मद वाहिद अलि
०८-०४-२०१३

No comments: