Saturday, March 3, 2012

बनभोज मरुभूमिमा..


            हिजोको दिन केहि सम्झना लायक दिनहरु मध्य एक थियो। दोहामा बिरलै हुने यस्तो कार्यक्रममा सहभागी हुने मौका मैले पनि पाएको थिए। जनसम्पर्कले राखेको बनभोज कार्यक्रम हालसालै मैले पनि सक्रिय सदस्यको बिल्ला पाएको साथै अजिज दाजु कार्यक्रम आयोजक भित्र हुनु भएकोले म लगायत अन्य दाजु भाइहरु पनि सहभागि हुने मौका पाएका थियौ।
            विदेश लागे देखि बिहीबारको रात निदाउन पाएको दिन सायद कमै होला सधै जस्तो आज पनि साथी भाईहरु रमाइलो गर्दै थिए  त्यस्तैमा भोलि बनभोजमा सबै जना जाने भनेर सल्लाह भयो। बिहान छिटो उठ्नु पर्छ भन्ने थाहा हुदा हुदै पनि लगभग बिहान ६ बजे तिर बल्ल आखाले विश्राम पाएको थियो। बिहान १० बजे तिर हैन लौ छिटो गरौ भन्दै सबै लाई उठाउदै हुनुहुन्थ्यो अजिज दाई हामि सबै जना तयार भयौ। गाडी पनि यस्सो टल्काउनु पर्छ कि भन्दै हुनु हुन्थ्यो जावल दाई फेरी दाजु भाई कस्सियौ गाडी पनि टलक्क टल्कियो जुम्माको नवाज बाटोमा पढ्ने भनेर हामी अगाडी बढ्यौ।
            म दोहा आउनु भन्दा केहि बर्ष पहिले देखि दोहा शहर व्यवस्थित गर्ने काम अहिले सम्म सकिएको छैन। कतै बन्दै गरेका सडक कहिँ भत्काउदै गरेका पुराना संरचना रातो रंग को डिभाइडर पहेलो चिमचिमे बत्ति बाटोमा हिड्दा प्रसस्तै देख्न पाईन्छ। त्यसै माथि सवारी चाप ट्राफिक नियमहरु ले गर्दा दोहा भित्र हिड्दा केहि अफ्ट्यारो महसुस हुन्छ। दोहाको अस्तब्यस्तता लाई छोडेर जब बाहिरी हाई वे तिर लागिन्छ एक किसिम को आनन्द महसुस हुन्छ। हाम्रो सवारी पनि भर्खर तयारी पुरा भएको अलखोर जोड्ने हाई वे तिर अघि बढ्यो। वेस्ट बे का रंगिन गगनचुम्बी भवनहरु लाई केहि पर देखि नियाल्दै अनि अरबीहरु का ठुला ठुला पर्खाल सहित का आलिशान महलहरु लाई छोड्दै अघि बढ्दै गर्दा हाई बे को साईडमा देखिने झुपडपट्टीका दृश्यले मनमा अनौठो तरंग पैदा भयो। 
           गाडीमा चढ्ने बित्तिकै गित बजाउनु भन्ने हाम्रो अब्बास भाई आज भने चुप थियो। नवाजको वकत भएको ले हाम्रो ध्यान मस्जिद तिर थियो। १२० भन्दा माथि सुई जादै गर्दा आउने टुट टुट आवाजले हामि लाई केहि सचेत गर्थ्यो। फराकिलो बाटो न घुम्ती न कुनै अबरोध स्पिडका पारखीहरु लाई यो यात्रा रमाइलो लाग्न सक्छ तर यहाँ हुने भयावह दुर्घटनाका अवशेष या भनौ दुर्घटना भएर त्यसै छोडेका गाडीहरु को दृश्यले मनमा भय उत्पन्न अवस्य गराइदिन्छ। जाडो मौसम भएकाले मरुभूमिमा कतै कतै चित्रकारले चित्र बनाउदा फिक्का रंगले पोते जस्तो देखिने छिर्केमिर्के हरिया झारहरु मंगोलियन को दाह्री जस्तो भान हुन्थ्यो एकोहोरो गति अनि जति अगाडी बढे पनि एउटै जस्तो देखिने बाहिरि दृश्यले खासै आकर्षित गर्न सकिरहेको थिएन। केहि बेरमा सानो बस्ति अनि मस्जिद देख्यौ र हामि नवाज को लागि मस्जिद तिर लाग्यौ। त्यस पछि पुनः अगाडी बढ्दै गयौ कतै जंगल जस्तो देखिने अरबीहरु का फार्म हाउस अनि कतै मजरा (खेति किसान गर्ने ठाउँ)। अब भने गित सुन्नु पर्यो भन्दै सबै को एक स्वर भयो यति लामो यात्रा गित नबज्दैमा सकिएको रहेछ। मन पर्ने गित रोज्दै खोज्दैमा केहि समय लाग्यो जब इश्क सुफियाना भन्ने गित के बज्दै थियो समाल पार्कको गेट अगाडी देखा पर्यो। हामि समाल पार्कमा पुग्दा जलिल भाई दुखि थियो किन कि उसको मन पर्ने गित अधुरो भयो।
          गेट बाट भित्र के प्रवेश गरेको थियौ नजिकै केहि इसारा गर्दै थियो अबु भाई हामी सबै दङ्ग पर्यौ। भएको के थियो भने हाम्रै आफ्ना कान्छा बाउ नातिनातिना देखि सकेका उनले दुई जना आइमाई मित्र संग गफफिदै थिए तर पनि कुरा सामान्य थियो हामि अगाडी गयौ। मंचमा अतिथि हरु को आसन ग्रहण गर्ने कार्यक्रम चल्दै रहेछ प्रबासी मुस्लिम समाजका सचिव अजिज अलि ज्यु लाई मंचमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु भन्दै थिए उदघोसक मित्र दाई अगाडी जानु भयो। केहि बेर पछि जावल दाई केहि भन्दै हुनु हुन्थ्यो हो उहाँले भन्नु भएको कुरा ठिक थियो भोकले केहि सताएको थियो। त्यस्तै मा हामि बसेको छेवैमा मान्छेहरु को लाईन देखियो हैन त्यहाँ नास्तापानी हुदै छ क्या भनेर जावल दाई ले भन्नु भयो नभन्दै रहेछ दाई र अबु ले पिलेटमा चिउरा र गोस लिएर आउनु भयोपछि अब्बास र जलिल ले पनि जेम्बो कोल्ड ड्रिंक सहित आउदै थिए। मलाई यता तिरका खसी नक्कली हुन् जस्तो लाग्ने भएकोले धेरै भयो खसीको गोस नखाएको त्यसैले मैले त्यता ध्यान दिएन तर भोक भने लागेको थियो त्यसैले दुई चार चम्चा सापटी लिए।
          उता मन्तब्य दिने कार्यक्रम पनि सकिएको उदघोस भयो अब के हुदै छ हामि अनविज्ञ थियौ। त्यस पछि अगाडी उनी कान्छा बाउ अनि उनका आइमाई साथिहरु देखा पर्दा हामी अचम्म पर्यौ खास मा के रहेछ भने उहाँ फेवा सास्कृतिक समूह बाट आउनु भएको रहेछ। त्यस पछी दोहोरि सुरु हुदै थियो प्राबिधिक कारणले दोहोरि गाउन उहाँहरु सक्नु भएन। त्यस पछि मोबाइल बाट गित  लगाएर नाच्दै थिए त्यस्तै मा मैले अबु भाई लाई नाच्न भनेर के हौसाएको थिए भाई त खुब राम्रो संग नाच्ने रहेछ। त्यस पछि सबैको ध्यान खेल खेल्ने अनि खेलाउने तिर गयो दुई जनाको खुट्टामा डोरी बाधेर दौडने खेलमा  अजिज दाई पनि कोसिस गर्दै हुनु हुन्थ्यो। हामि दाईलाई हौसाउदै थियौ तर सुरुमा नै दाईहरु लड्नु भयो। त्यस पछि डोरी तान्ने खेल बलियो हाम्रो अब्बास भाई कस्सिदै थियो। एकदम रमाइलो वाताबरणमा एकजना दिदि हरेक खेलमा आफ्नो सहभागिता देखाउदै सबै लाई मनोरन्जन दिदै हुनु हुन्थ्यो
          सबै जना रमाइलोमा मस्त थिए फेरी उता तिर लाईन देखियो चिउरा र गोस मै टार्ने होला भन्या त भोज पनि रैछ भनेर हसाउदै थियो अब्बास भाई अनि हामि खाना खान तिर लाग्यौ। एकजना भलादमी दाई हातमा टिस्यु लिएर आउनु भयो परिचित जस्तो व्यवहार गर्दै हुनु हुन्थ्यो। खै सबै समाजसेवी हरु लाई आज के भएको म अचम्म परेको थिए अन्य बेला निकै भलादमी देखिने बन्ने समाजसेवी गन्यमान्य हरु आज वास्तबमै सेवामा खटिएका थिए। खाना खाए पछि केहि बेरमै हामि सबै त्यहाँ बाट बिदा भयौ पुन एक पल्ट इस्क सुफियाना भन्ने गित बज्दै थियो हाम्रो कारमा समयले साथ दिएमा पुन एक पल्ट फर्किने बाचा गर्दै हामि दोहा तिर फर्कियौ।

No comments: