Tuesday, February 14, 2012

प्रेम दिवश

           
          इस्वी सम्बत २६९ रोमका भेलेन्टाइन नामका एक पादरीको हत्या भएपछि उनको सम्झनामा संसार भरि भेलेन्टाइन डे मनाइने गरिन्छ। सेन्ट भेलेन्टाइन रोममा एक पुजारी थिए। अन्धी अस्टेरियस संग को प्रेम सम्बन्ध गासिएका भेलेन्टाइनले आश्चर्यजनक तरिकाले उनकी अन्धी प्रेमीकाको दृष्टी खोल्न सफल भए। उनको यो कार्यबाट प्रभाभित भइ तत्कालीन सम्राट क्लाउडियस दित्तिय आफ्ना केहि कुरा बदल्न आदेश दिएपनि उनले सम्राटनै बदल्न कोशिस गरिपछि अन्त्यमा मृत्युदण्ड दिइयो । भेलेन्टाइनलाइ अन्त्यमा आफ्नो अन्तीम इच्छा व्यक्त गर्न आग्रह गर्दा कागज र कलम मागे र त्यसमा उनकी प्रमीकालाई - उही तिम्रो भेलेन्टाइन भनी लेखे । त्यसपछि तत्कालीन शासकले उनको टाऊको काटेको थियो।

             रोम भन्दा हजारौ माईल टाढा नेपालमा भईकन पनि वर्षभरीको प्रेमवर्षभरीको अभिव्यक्ति सबै एकैपटक वषिर्ने यो प्रेममय मौसमले आज चाहेर वा नचाहेर भेलेन्टाइन डे को बारेमा बुझ्ने जान्ने चाहना बढेको छ। त्यसो त भ्यालेन्टाइन डे को रन्कोले स्कुले जिवनमा नै छोई सकेको थियो केवल त्यो बेला भेलेन्टाइन भनेको प्रेम भन्ने बुझ्थे। सेन्ट भेलेन्टाइनको जीवनी पढ्दा उनि वास्तबमा नै प्रेमका पुजारी हुन् भन्ने चरित्र प्रस्तुत गरिएको रहेछ। प्रेममा लागेर युद्वलाई तार्न खोजेको अभियोगमा भ्यालेन्टाइन जेल र नेलसम्मको सजायं भोग्न बाध्य भएका थिए । तर जेलमै पनि उनले चौतर्फी संकटका बीच प्रेम गरे र युद्वलाई प्रेमको भावनाले जिते। सेन्ट भेलेन्टाइनको यो चरित्रलाई बुझेकाहरु आफ्नो प्रेमिकालाई आजको दिन म तिम्रो भेलेन्टाइन हो भन्ने साबित गर्न चाहन्छन र यसमा गर्ब गर्दछन्। सायद त्यो जमानामा कुनै यस्तो जमात जसले भ्यालेन्टाइन को जीवनीलाई साधारण रुपमा लिदै भेलेन्टाइन डे मनाउनु हुदैन भनेर रोक्ने काम गर्थे भने आज संसार गुलाबी रंगले सजिने थिएन कति मन भित्र गुम्सिएर बसेका भावनाहरु खुल्ने थिएनन।
             युरोपियन या अमेरिकन उनिहरु आफुहरु जति नै परिबर्तित भए पनि आफ्ना संस्कृति सभ्यतालाई संसारमा फिजाउन कहिले चुक्दैनन। सेन्ट भेलेन्टाइन एउटा पादरी थिए अर्थात् उनि कुनै धर्म संग सम्बन्धित व्यक्ति  थिए। आज संसार भर भेलेन्टाइन डे जसले जुन तरिका ले मनाए पनि त्यसको फाईदा कहिँ कतै त्यो धर्म लाई उनि जन्मेको देश लाई अनि त्यो समाज लाई अवस्य पुगेको छ। रोम भन्ने राज्यमा आज भन्दा हजारौ बर्ष पहिले पनि मानव सभ्यता थियो भन्ने कुराहरु आजको दिनले अरु प्रस्टाउदै गएको छ। एउटा असल प्रेमी भनौ या प्रेमको भावना बुझ्ने मानिस जसको गुनगान अहिलेको २१औं सताब्दी सम्म पनि अझै झाँगिदै गएको छ। उनको जीवनी लाई यसरि सुरक्षित राख्नुमा त्यहि समुदायको महत्व पूर्ण हात रहेको छ। एउटा प्रेमी जसको नाम लाई हरेक जाति धर्म अनि देशका युवा युवतीहरु ले प्रेम दिवस भनेर मनाउने गर्छन त्यसमा एउटै कारण थियो रोमका बासिन्दाहरु ले यस दिनलाई बिशेस महत्वका साथ एउटा दिवसको रुपमा मनाउदै गए।
                      इस्वी सम्बतका सुरुवाती दिनहरु का कहानी भर्खर हाम्रै आगनमा घटेको घटना जस्तो लाग्ने हामिलाई उनिहरु तारिफ गर्नमा यति समय खर्चेका छौ। भर्खर फेसबुकमा देखिएको हाम्रै  नेपालको कुनै गाउँ अनि सोहि गाउँको नजिक एउटा रुखमा एउटा जोडी एउटै पासोमा झुण्डिएर आत्महत्या गरेको फोटोको बारेमा चर्चा कहिँ कतै सुन्न पाईदैन यति सम्म कि त्यो कुन ठाउँमा घटेको घटना हो भन्ने हेक्का सम्म हामिलाई छैन। हामि ति जोडीको बारेमा बहस गर्यौ या उनिहरु को बारेमा बुझ्ने इच्छा गर्यौ भने हामि पाखण्डी भइन्छ भन्ने हाम्रो पाखण्डी सोचले नै होला। यदि कसैले उनिहरु को फोटो वालमा राख्यो भने यति निच घटीया अनि घृणित शब्दहरु त्यसमा प्रयोग भएको पाउछु कि त्यो आत्महत्याको रहस्य धुवा हावामा बिलिन भए झैँ गर्भ गर्भमै तुहिए झैँ रहस्य रहस्य मै रहन्छ।  फेरी मैले देखेको छु आज ति घृणित शब्द त्यो फोटोमा पोख्नेहरु आज आफ्नै स्ट्याटसमा तिमिलाई नपाए डोरी साथमा छ भनेर कसैको मुटु लुट्ने कोसिस गर्छन फरक सिरिफ यो शब्द अंग्रेजीमा छ तर इच्छा दुरुस्तै रहेछ।  हो उनिहरु ले आत्महत्या गरेका थिए तर उनिहरु लाई आत्महत्या गर्न बाध्य बनाउने को थिए भनेर यहाँ किन चर्चा गरिदैन। किन उनिहरु को अन्तिम प्रेम पत्र को बारेमा चर्चा गरिदैन सायद त्यहाँ कुनै यस्तो शब्द थियो होला जसरी भेलेन्टाइनको अन्तिम शब्द हरेक प्रेमीहरु को मुटुमा बस्न सफल भयो। 
         अर्काको हृदयबाट अर्काकै लागि निस्किएका अभिव्यक्तिहरु किनेर आफ्नो भावनामा अनुवाद गरेर हामी आफ्ना पि्रयलाई दिन्छौं। गुगलको सरण लिदै कुनै फोटोसपरले रचेका कार्ड अनि कुनै प्रेमीले लेखेका कोटेसन वालमा पोस्ट गर्छौ। अर्काले अर्कैलाई सम्झिएर बनाएका फूलका गुच्छाहरु आफ्नो बनाएर आफ्नो माया व्यक्त गछौं । अर्काले तोकिदिएको मितिमा अर्काले गर्दै आएको रीतमाअर्काले नै कोरिदिएको गीतमा हामी आफ्नालाई मायाका गीत गाउँछौ र आफैंले यो सबै गरेको भन्छौं।
प्रेम दिवश को शुभकामना

वाहिद अलि
२०१२-०२-१४      


No comments: