Monday, November 28, 2011

कालो बादल आकाशमा आकाश छेक्नलाई हैन...





कालो बादल आकाशमा आकाश छेक्नलाई हैन
गर्जिन्छ बर्सिन्छ आफै बिलय भै जान्छ ..
दुइ मुठ्ठी सास शरीर जिबित राख्न हो
मृत्यु लाई जित्न हैन ..

जुनको उज्यालो धर्तीमा घामलाई जित्न हैन
रातलाई मात दिन्छ मिर्मिरे तारा झर्दैमा हराई जान्छ ..
संसार को रमझम केवल क्षणिक हो
स्वर्ग लाई जित्न हैन ..

नदीको बहाब सागर लाई मेट्न हैन
गडगडाउछ सुसाउँछ अनि उर्लेर त्यहि मिसिएर जान्छ ..
जवानी केबल सृस्टि जोगाई राख्न हो
बुढोपन लाई जित्न हैन ..

कालो बादल आकाशमा आकाश छेक्नलाई हैन
गर्जिन्छ बर्सिन्छ आफै बिलय भै जान्छ ..
दुइ मुठ्ठी सास शरीर जिबित राख्न हो
मृत्यु लाई जित्न हैन ..

मोहम्मद वाहिद अलि
२०११-११-२९ 

2 comments:

दूर्जेय चेतना said...

नदीको बहाब सागर लाई मेट्न हैन
गडगडाउछ सुसाउँछ अनि उर्लेर त्यहि मिसिएर जान्छ
साह्रै सुन्दर कविता। शब्द सरल तर भाव चाहिँ बेजोडको रहेछ। अरु पनि पढ्न पाईयोस है

http://wahidali.blogspot.com/ said...

thank you sir....!