Friday, September 16, 2011

एउटा मिठो भुल...


             केहि गल्तिहरु जिवनमा अविस्मरणीय हुन्छन जानी जानी कहिले पनि कसैले गल्ति गर्ने गल्ति गर्दैनन। त्यस्तै एउटा गल्ति जसले गर्दा म बर्षौं पछि फेरी ति दिनहरु लाई सम्झिन बाध्य भएको छु। भन्छन नसा को कोहि पनि पारखी हुदैनन समय को खेल नसा को आदत मा हरेक मानिस फस्सिएका हुन्छन। जुन कुराको आदत परेको हुन्छ अनि त्यो आदत बाट टाढा हुन् सक्दैन त्यहि नै नसा हो। नसा प्यार मा पनि हुन्छ जुन नसा देखि टाढा हुन् मैले धेरै कोसिस गरेको थिए आदत त छुट्यो तर केहि अझै 
बाकी रहेछ जुन आज महसुस गरिरहेको छु।

            राति सुत्ने कोसिस मा म निद्रा लाई बोलाउदै थिए चारै तिर सुन्यता छाउदै थियो। आखा बन्द थियो म ननिदाई  सपनामा हराइरहेको थिए। मिठो गित कता कता बजे जस्तो लाग्यो भुलक्कड भर्खर आफैले चेन्ज गरेको रिंग टोन मोबाइल हेरेको नयाँ नम्बर बाट कल थियो। नचिनेको कल रिसिभ नगर्ने म अचानक फोन रिसिभ गर्न पुगे। केटाको आवाज थियो ओए...नाजिया सन्चै छौ? लौ को पांग्रे भेजा भयो हाहाह.... मैले म नाजिया हैन भने अनि नाजिया को दिदि हो भन्यो? मैले नाई भने फेरी उसले मलाई मेरो नाम सोध्यो म अक्कनबक्क भए। किन को तपाई कसलाई खोज्नु भाको...? उस्ले नाजिया लाई भन्यो। केटाहरु केटि संग बोल्ने बहाना बनाउन माहिर हुन्छन म रिसाउदै कहाँ बाट पाउनु भयो यो नम्बर पिलिज अब डिस्टर्ब नगर्नु ल भने....। राति राति नचिनेको नम्बर को कल किन रिसिभ गरेको त..? उफ्फ्स्स्स को भेजा हो उल्टो मलाई भेजा गराउदै छ ..मलाई कसैले ब्ल्याकमेलिङ गर्दै छ जस्तो लग्यो। उस्ले अरु केहि कुरै नगरी कल डिस्कनेक्ट गर्यो म तिन छक्क परे फेरी उसको बोलि बोल्ने सैली हेर्दा राम्रो मान्छे नै हुनु पर्छ उस्ले डिस्टर्ब गर्न हैन रंग नम्बर पर्यो होला। म पुन मेरो सपना तिर फर्किए हाम्रो जिवन को अमुल्य समय सपना देख्दै सोच्दै मा जान्छ भन्थे साचो हो त्यस्तै कुन कोल्टे मा निदाएछु थाहै भएन।
            अर्को रात जुनको उज्यालोले मेरो कोठा पनि उज्यालो भएको थियो। म मेरो दैनिकी कल्पना मा हराउने कोसिस गरेको थिए तर हिजोको कल सम्झिए हासो पनि लाग्यो। फेक कल को बारे मा सुने पनि म संग यस्तो पहिलो पटक भएको थियो। मैले त्यो नम्बर भुत भनेर सेभ गरेको थिए किन कि आखिर को हो उ मलाई चिन्नु थियो। मोबाइल खेलाउदै सोच्दै थिए उसको कुरा 'नचिनेको नम्बर को फोन किन रिसिभ गरेको त...' त्यहि कुरा सम्झिदा मनमा खुल्दुली भैरहेको थियो आखिर किन मलाई उस्ले सम्झाउने कोसिस गर्यो त्यो पनि हावाको तालमा न केहि  परिचय दिन्छ चिनेको आवाज पनि हैन मैले धेरै नै चिन्ने कोसिस गरे तर सकिन। मोबाईल चलाउदै गर्दा मेरो औला कन्ट्याक्ट लिस्टमा पुगेछ अनि त्यहि भुत मा गएर रोकियो। होसमा हो या बेहोसीमा मैले भुत लाई कल गर्न पुगेछु। मेरो कल रिसिभ भयो आवाज सुन्ने बित्तिकै म डराएर जवाफ दिन सकिन कल डिस्कनेक्ट गरे। फेरी उता बाट कल आउदै थियो मैले मेसेज गरे थ्यांक्स तर तपाई को म जान्न सक्छुतुरुन्त जवाफ आयो नाजिया लाई कल गरेको रंग नम्बर पर्यो म समद केटिएम बाट सरि मैले तपाईलाई डिस्ट्रब गरे। म सोच्दै थिए निद्रा छिटो नलाग्ने फेरी केहि बाहाना त भयो नि कुरा गर्ने तर के भनेर कुरा गर्ने। यस्तै कुराहरु सोच्दै सोच्दै म निदाएछु बिहानी अलार्म बन्द गर्छु भनेर मोबाइलमा हेरेको लामो मेसेज तर सरि सरि मात्र कलेज जानु ढिलो भएको थियो त्यसैले खासै वास्ता भएन छिटो छिटो रेडी भएर कलेज गए। सधै जस्तो क्यान्टिनमा साथीहरु बोइफ्रेन्ड संग बसेर गफ गरेको वास्ता हुन्थेन तर आज म हेर्दै सोच्दै थिए।  
          दिन भरि वास्ता नभएको फेरी राति सुत्ने बेला त्यहि कुराहरु सोच्दै थिए हैन के भाको मलाई। मैले कुराहरु मोड्ने प्रयास गर्दै थिए टुट टुट मेसेज आयो अरु कसको हुनु त्यहि भूत थोरै रिस पनि उठ्यो किन पिछा गर्दै छ। तर पनि मेसेज पढे आइ सुर तिमि निदाएको छैनौ..एनि वे गुड नाईटलौ ज्योतिस नै हो क्या हाहाह।"म निद्रामा छु निद्रै देखि जवाफ देको पिलिज अब चाही डिस्टर्ब नै गर्दै हुनु हुन्छ तपाईले मलाई" मेसेज सेन्ड गरे फेरी कता कता यस्तो जवाफ नदिनु पर्ने मैले जस्तो लाग्यो। मलाई राम्रो संग थाहा थियो केटा हरु को यो स्टाइल हो केटि हरु संग नजिक हुने सुरु मा सोझो बनेर कुरा गर्ने अनि फेरी पिछा गर्ने। यो सबै कुरा थाहा भएर पनि म किन यस्तो कुरा मा फस्सिरहेको छु म आफैलाई कन्ट्रोल गर्न सकेको थिएन।
           हरेक रात उसको म्यासेज आउने गर्थ्यो मन लागे मैले जवाफ दिन्थे। मेसेज मेसेजमा अरु धेरै परिचय हरु खुल्दै गयो केवल मान्छे मात्र देखेको थिइन अब म उसंग अपरिचित थिइन। एकदिन उस्ले मेरो कल रिसिभ गर्न रिक्वेस्ट गर्यो मैले नाई भन्न सकिन मैले रिसिभ गरे। मिठो बोलि उसको म केवल छोटो जवाफ मात्र दिईरहेको थिए।यो उमेर कुकुरको पुच्छर बाङ्गो देखे पनि हासो लाग्ने अनि दुइ खुट्टा उभिएको मान्छे देखे मन पर्ने आफै संग हासो लाग्यो फेरी मैले देखेको पनि त छैन। केहि दिन उसको आवाज कानमा गुन्जिन थाल्यो कुनै मुभी को हिरोइन जस्तो बेहोसी बेहोसी हुन् थाले। मेरो चेन्ज देखेर ममी पनि अचम्म पर्नु भएको रहेछ साथी हरुले दिवानी भनेर जिस्काउन सुरु गरिसकेका थिए।
           यसै बिच हाम्रो मेसेज सम्बन्ध ले अर्को मोड लियो हामी बिच माया बसेको भन्दा पनि आदत हो भन्छु म उसंग कुनै कारणले म कुरा गर्न पाइन भने त्यो रात थोरै गाह्रो महसुस हुन्थ्यो। फेरी किन हिजो कल नगरेको भनेर कहिले नसोध्ने म एकदिन उसको कुराले एकदम टेन्स मा परे उस्ले भन्दै थियो हामीले एकअर्को लाई देखेको छैनौ...। हजारौ मान्छेको भिड मा म आखाँ मा पट्टि लगाएर खोज्न हिडे पनि म उसलाई चिन्न सक्छु भन्ने लागेको थियो तर उसको कुराले धेरै कुरा सोच्न बाध्य भए। तर पनि उ सहि थियो उस्ले भनेको कुरा ठिक थियो। केटाहरु कुरा गर्न पनि माहिर हुन्छन त्यसैले उ मेरो मन मा बस्न सफल भयो तर त्यो मेरो अन्धोपन या पागलपन थाहा भएन। एउटा साधारण प्रेमीका जस्तो म हरेक कुरा मा तड्पीरहेको हुन्थे के गर्दै छ के लाउदै छ कहाँ जादै छ उसको बारेमा सोच्नु नै मेरो दिन काट्ने बहाना भएको थियो।
         एक पटक भेट्नु जरुरि थियो एक अर्का लाई राम्रो संग बुझ्नु थियो। तर पनि त्यो पल को केवल इन्ताजर गर्नु बाहेक केहि उपाए थिएन। एकदिन समदले कलेजको साथीहरु संग पोखरा हुदै मुस्तांग ट्रेकिङ जाने कुरा सुनायो म यति खुसि थिए कि खुसीको कुनै सिमा थिएन। राति उस्ले मेसेज गरेर भोलि आउदै छु भन्यो बाफरे मेरो हालत देखेर म आफै हासिरहेको थिए के लगाउने कहाँ भेट्ने कसरि बोल्ने सोच्दैमा रात बित्यो। दिउसो तिर उ पोखरा आइपुग्ने भए पनि म बिहान देखि नै सजिएर बसेको थिए। पोखरा आउने बेलामा कल गर्छ भन्ने बिस्वास त थियो तर पनि मेरो आखा रोडमा बस हरु तिर थिए। साँझ पर्दै गयो ध्यान सिरिफ मोबाइल र रोड मा थियो तर केहि खबर नपाए पछि आखाँ भरि आसु लिएर म खान नखाई कोठा मा गए। राति ८ बजे तिर उसको मेसेज आयो म लेक साइड मा छु ..तिमि आउन..? मैले अरु केहि सोचिन् दिउसो उस्ले कल नगरेको मा म एकदम दुखि थिए। अनि मैले राति भयो अब घर बाट निस्किनु पाउदिन भनेर मेसेज गरे राति लेकसाइड जानु सम्भव पनि थिएन। बिहान कलेज बंक गरेर लेक साइड गए अनि कल गरे हामी होटेल देखि हिडिसकेको थोरै अगाडी यो चोक छ नि म त्यहि छु कुन चोक सोध्नुन कसै संग भने मैले ए ए यो हल्लनचोक रेम पनि त्यहि नै थिए अनि वरीपरी आखा घुमाए मेरो पछाडी बाट नै मेरो कुराहरु को जवाफ आइरहेको रहेछ। फर्केर हेरेको समदलाई देखे उस्ले वरिपरी मलाई खोज्दै थियो। हेर्दै एडिक जस्तो सोचे भन्दा धेरै फरक थियो तर उ मेरो मनमा बस्न सफल भएका ले केहीबेर रोकिएर उसलाई हेरी रहे। उस्ले पनि चिनेचिनेजस्तो गरि हेर्यो अनि मैले समद भने उ मेरो नजिक आएर ए तिमि भन्यो। केहि बेर कुरा भयो उसंग एकजना केटि थिइ उस्ले सबै साथीहरु अगाडी छन म जान्छु ल भन्यो। महिनौ देखिको सपना हिजो राति देखि को तड्पाई व्यर्थै जस्तो लग्यो। म समद अगाडी जादै गर्दा उ फर्केर बाई गर्छ भन्नेर हेरी रहे तर उसको केटि साथीले उसको हात यसरि समाएकी थिइ कि उस्ले चाहेर पनि फर्केर मलाई बाई गर्ने अवस्था मा थिएन। म घर फर्किदै थिए आसुका थोपा आफै आफै झर्न थाले मैले हेल्मेट को सिसा बन्द गरे कुन रफ्तारमा घर पुगे थाहै भएन। राति गित सुन्दै टोलाउदै थिए मेसेज आयो तिम्रो अगाडी केहि बोल्न सकिन....सरिउसको कुराले मलाई केहि असर गरेन किन कि झुट बोल्न धेरै सजिलो छ।
         त्यो दिनको उसको रेस्पोन्स देखेर मैले उसलाई कल गर्न चाहिन अनि उस्ले पनि गरेन म उसको एक कल को इन्ताजर मा थिए। त्यस्तै ४ दिन पछि म र एकजना साथी बाहिर बसेर समद को बारेमा कुरा गर्दै थिए। किन किन बाटो तिर हेर्ने बानी परेको थिए अगाडी बाट एउटा टुरिस्ट बस आउदै थियो एउटा झ्याल खुल्ला थियो हामीहरु को अगाडी नै आएर त्यो झ्याल बन्द हुदै गर्दा मैले समद लाई देखे ओ समद भनेर म चिच्चाउन पुगे। हाम्रो नै अगाडी आएर त्यो सिसा बन्द हुदा अनौठो लग्यो। मैले उसलाई देखे पछि कल गरे सिम बन्द थियो।
          (बर्ष पछि)
          म ओम हस्पिटल मा भर्ना भएको थिए मेरो पहिलो डेलिभरी डाक्टरले अपरेसन गर्नु पर्ने सल्लाह दिएकोले म एकदिन अगाडी भर्ना भएको थिए। मलाई अपरेसन रुममा लगियो सिस्टर ले मलाई बेहोस हुने इन्जेक्सन दिदै गर्दा अचानक मेरो आखा अगाडी समदलाई देखे त्यसपछि म बेहोस भए। बाबु जन्मेको मलाई होस खुले पछि थाहा भयो म सबैको मुहार मा खुसि छाएको देख्दा आखाँ बाट आसु झर्यो संसारको सबै भन्दा खुसि त्यो समय मा म  बाहेक अरु कोहि थिए होला। सबै जना मलाई बधाई दिन आउदै जादै थिए ठुलो परिवार हाम्रो हस्पिटलमा नै ठुलो जमघट भयो केटा केटि हरु नाम के राख्ने भनेर हल्ला गर्दै थिए कता कता समद राम्रो नाम छ भनेर केटा केटि हरु झगडा गर्दै थिए। खुसीमा यसरि डुबेको थिए कि मैले आफ्नै अगाडी देखेको समद को बारेमा सोच्ने भुलेको रहेछु सपना हो कि बिपना अन्योलमा परे। त्यो दिन त्यसै बित्यो भोलि खेर पनि हस्पिटलमा बस्नु पर्ने उहाले मलाई टाइम पास को लागि ल्यापटप ल्याइदिनु भयो। मैले फेसबुक खोलेर हेर्दै थिए यति बर्ष पछि आज उसको बारेमा जान्न मन लाग्यो अनि सर्च मा गएर समद टाइप गरे धेरै समद हरु मध्य डाक्टर समद पनि रहेछ। मैले त्यसैमा किलिक गरे इन्फो हेर्दा समद नै हो जस्तो लाग्यो फेरी प्रोफाइल पिक्चर मा केहि थिएन अनि वाल हेर्दा स्ट्याटस मा मेरो पहिलो सर्जरी सक्सेस भएको मा धेरै खुसि छु तर ... थियो। म छिटो छिटो टेबल मा भएको मेरो कार्ड मा हेरेको डा. समद देखे डेलिभरी हुनु अगाडी को मेरो सपना हैन हकिकत रहेछ भनेर म एकदम अनौठो लाग्यो। रिसेप्सनमा कल गरे समदको बारेमा सोधे नाइट ड्युटी भएको ले राति आउने सुने केहि खुसि पनि लागेको थियो तर त्यतिकै मा बाबु को बाबा खुसि हुदै आउनु भयो खुसि हुदै आज नै तिम्रो डिस्चार्ज हुने भयो भन्नु भयो.....क्रमस 

मो. वाहिद अली 
२०११-०९-१५    

1 comment:

दूर्जेय चेतना said...

राम्रो लाग्यो कथा( यसै भने मैले)। लामो भएकोले बिश्राम लिएरै पढे। सुन्दर छ लेख्ने शैली।