Sunday, June 19, 2011

एक मुठ्ठी सास...


एक मुठ्ठी सास
जसले मलाई आवाज दिन्छ
यो सास को के काम  
जुन सासले तिम्रो नाम लिदैन
अनि तिम्रो तारिफ गर्दैन

मुटु को धड्कन
जसले माया प्रेम अनि स्नेह सिकाउछ
यो मुटु किन धड्किनु पर्यो र
जुन धड्कन मा तिमि हुदैनौ
अनि तिम्रो जिकर हुदैन


आखाँ को ज्योति
जसले मलाई संसार देखाउछ
यो आखाँ को ज्योति को के काम  
जसले तिम्रो सुन्दरता देख्दैन
अनि त्यसको मुल्यांकन गर्दैन

यो संसार को सुख  
जसले मनलाई आनन्द त दिने छ
त्यो क्षणिक सुख किन चाहियो
जुन सुखमा तिम्रो याद आउदैन
तिम्रो बारे मा सोच्ने फुर्सद हुदैन

साचो अनि कहिले नमर्ने माया
जसले दुई आत्मा को मिलन गराउछ
त्यो माया मात्र चाहिएको छ
जसले तिम्रो र मेरो मिलन गराउछ
संसार का सबै कुरा हरु भुलाउछ 

एक मुठ्ठी सास
जसले मलाई आवाज दिन्छ
यो सास को के काम  
जुन सासले तिम्रो नाम लिदैन
अनि तिम्रो तारिफ गर्दैन

mohammad wahid ali 
2011-06-20

No comments: