Monday, May 2, 2011

संसार को सबै भन्दा चमत्कारी नशा जसमा संसार झुलेको छ..


             याहू म्यासेन्जर देखि फेस बुक सम्म मैले भोगेका समस्या र यसले उत्पन्न गरेका बिकराल समस्या हरु लाई संक्षिप्त मा मैले भन्नु पर्दा यो एउटा संसार को सबै भन्दा चमत्कारी नसा हो जसको नसा ले हाम्रो व्यक्तिगत जीवन देखि समाज राष्ट्र अनि बिश्व लाई नै झुलाइ रहेको छ|
        मेरो काम इन्टरनेट संग सम्बन्धित भएकाले होला हरेक दिन म धेरै समय इन्टरनेट संग जोडिएको हुन्छुएकदिन एक जना मित्र संग याहू म्यासेन्जरमा च्याट हुदै थियो हामी बिच हाई हेलो बाट सुरुवात भयो राम्रो संग कुरा हुदै थियो|  अकस्मात हामी बिच भनाई र बुझाई मा तालमेल हुन् सकेन जसले गर्दा हरेक कुरा का गलत अर्थ लाग्न थाले त्यसैले गर्दा हामी बिच वाक युद्द नै भयो| एकदम स्तब्ध थिए केहि क्षणमा नै हाम्रो सम्बन्ध दोस्ती बाट दुस्मनी तिर धकेलियो म सोहि कारण केहि दिन याहू मा अनलाइन हुन चाहिन| भेटघाट को बेला प्रतक्ष्य कुरा गर्दा बोल्ने सैली अनि हाउभाउ ले गर्दा हरेक कुरा सामान्य हुन्छ तर भाव रहित शब्द को मात्र सहारा मा कुरा गर्दा यस्तो भएको हो भन्ने महसुस भयो| अनि म गूगल मा यो बारे मा केहि जानकारी लिन चाहे किन कि साधारण व्यक्तिहरु ले याहु म्यासेन्जर को अबधारणा अनि बिकाश त पक्कै गरेका होइनन उनिहरु को ठुलो अनुसन्धान बाट नै यो बिकसित भएको हो| च्याट गर्दा इमो हरु को प्रयोग ले यस्तो समस्या थोरै कम गर्छ भन्ने कुरा को जानकारी मैले पाए| त्यो जानकारी ले केहि राहत महसुस भयो र जहिले पनि म साथी हरु संग कुरा गर्दा इमो को प्रयोग गर्न थाले| केहि दिन पछि को कुरा हो म याहू म्यासेन्जर बाट अफलाईन नभई दिउसो रेस्ट गर्दै थिएकसैले मलाई हाई भनेर मेरो हालखबर सोध्दा जवाफ नपाए को झोक मा उसले सेन्ड गरेको म्यासेज अनौठो थियो तिमि ठुलो भएको है तिमि ले हाम्रो जवाफ दिन पनि छाड्यौ उफ्स जवाफ दिन असमर्थ हुदा सिधै ठुलो बनेको कुरा सुन्दा अचम्म लाग्यो| सायद त्यहाँ भएका सुबिधा हरु को उचित प्रयोग नगरेकाले होला यस्तो भएको| जति नै संयमित भएर चलाउदा पनि साथि भाईहरु बिच को सम्बन्ध मा मन्द असर गर्दै गइरहेको थियो| फेरी दुख को कुरा नसा ले साथ सजिलै छोड्दैन भने जस्तो म केहि समय पनि टाढा भएर बस्न सक्ने अवस्था मा थिएन|       
        याहु का कारण केहि समस्या त थियो नै फेरी मैले आफ्नो व्यक्तिगत प्रोफाइल बनाउछु भनेर गूगल मा खोजि गर्दै जादा हाई ५ भन्ने साईट भेटियो| फोटोहरु राख्न मिल्ने अनि आफुले चाहेको प्रोफाईल बनाउन पाईने बाफरे मैले ठुलो नै कुरा पत्ता लगाए जस्तो सोचेर आफै लाई गर्ब महसुस गर्न थाले| नेपाली साथी हरु पनि थुप्रै भेट हुदै नया भएका ले धेरै भन्दा धेरै साथी बनाउन थाले| स्ट्याटस अनि फोटोहरु मा कमेन्टहरु  बर्सिन थाले सबै जना आफ्नो कला कौसल देखाउने थलो को रुपमा हाई ५ लाई लिन थाले| धेरै भन्दा धेरै साथि अनि धेरै अपडेट गर्ने होड चल्दै गयो तर दुख को कुरा यो साईटमा आफ्नो प्रोफाईल कसले हेर्यो भन्ने देख्न सकिन्थ्यो| जसले गर्दा कुन साथी ले मलाई हेर्यो किन हेर्यो या किन हेरेन भन्ने कुरा ले पनि तनाब उत्पन्न गरायो| त्यसै बिचमा अपरिचित हरु को म्यासेज सजिलै आउने  फोटोहरु सेभ गर्न मिल्ने भएकाले झुटा प्रोफाईल पनि सजिलै बन्ने हुदा यसको गलत प्रयोग धेरै हुन थाल्यो जसले केहि हद सम्म मानसिक तनाब दिन थाल्योत्यो त एउटा पाटो थियो तर अर्को एउटा यस्तो सस्कृति सुरु भयो धेरै फ्रेन्ड अनि धेरै भिउवर्स बनाउने यो चक्कर मा मान्छे हरु यस्तो सम्म देखियो कि कला देखि गोरा १५ देखि ७५ वर्षका अनि अफ्रीका देखि अमेरिका सम्म का साथी हरु बनाएर मान्छे हरु गर्ब गर्न थाले|
        केहि समय हाई ५ मा रमाई रहेको बेला अर्को साईट फेसबुक मा नजर पुग्यो जुन बेला भद्र भलादमीहरु देखि नेता अभिनेता सम्म र शिक्षित व्यक्ति हरु ले मात्र प्रयोग गरिरहेका थिए| हाम्रो देश को चलन एउटा टोलको एउटा घर मा कसैले म:म: पसल खोल्यो भने त्यो टोल नै म:म: टोल हुन्छ रे भनेर हामी लाई कमर्स टिचर ले भन्नु हुन्थ्यो| त्यस्तै एक दुइ गर्दै फेरी फेसबुक लाई हामी नेपालीहरु ले कब्जा गर्न थाल्यौ| म पनि सिमित साथि भाई अनि नातेदार हरु लाई एड गरेर प्रोफाइल खोले| साथीहरु को स्ट्याटस ले ज्ञानगुन अनि सुख दुख का कुरा हरु थाहा हुन थालेआफ्नो मनका भावना हरु लेख्दा सकारात्मक कमेन्टहरु आउने लाईक गर्ने अनि कमेन्ट गर्ने यो राम्रो चलन बस्दै गयो| फेरी यहाँ पनि एउटा नराम्रो सस्कृतिको सुरु भयो पहिले जस्तो साथी धेरै बनाउने भन्दा पनि कसले कसलाई एड रिक्वेस्ट गर्ने अनि नाता रिस्ता देखि साथीहरु मा पनि यो बिषय ले मन्द असर गर्न थाल्यो| नचाहेर पनि कति एड हरु गर्नु पर्यो भने चाहेर पनि कति लाई आफ्नो साथि बनाउन सकिएन| एक पल्ट राम्रो परिचित भएकी केटि मित्र लाई एड रिक्वेस्ट गरेको थिए उनि ले त बाफरे मेरो त्यो रिक्वेस्ट लाई प्रेम प्रस्ताब नै सोचेर बजार मा तातो खबर बनाईछिन| त्यस्तै अर्की नातेदार नै हुन् उनि मेरो फ्रेन्ड लिस्टमा थिइन सधै जस्तो उनको स्ट्याटस अपडेट हरु देखिने केहि समय पछि नदेखिदा मैले उनको प्रोफाइल खोजे जुन मैले भेट्न सकिन पछि मात्र मलाई थाहा भयो कि मलाई उनि ले ब्लक गरेकी रहिछिन त्यो त व्यक्तिगत कुरा हरु भए व्यक्तिगत स्वतन्त्रता लाई कसैले रोक्नु हुदैन| फेरी स्ट्याटस के लेख्ने भनेर ठुलो समस्या अगाडी आउन थाल्यो अब दैनिकी हाम्रो के नै हुन्छ र नया नौलो केहि कुरा नपाए पछि मन परेका सायरी अनि गितहरु का लिरिक्स हरु स्ट्याटस मा राख्ने चलन आयो| त्यसमा पनि मान्छे हरु ले दिवाना भयो भन्ने कुरा हरु को हल्ला चलाउन थाले समाज मा घटेका घटना हरु लेख्दा पत्रकार भयो भन्न थाले|
       यसरि नै फेसबुक मा पनि स्वतन्त्र भएर केहि लेख्न अनि अपडेट गर्न नपाइने भयो हरेक कुरा हरु को खण्डन हुन थाल्यो| वास्ताब मा नै भन्नु पर्दा संसारमा अहिले प्रजातन्त्र लोकतन्त्र र अधिकार का बिषयहरु लिएर धेरै युद्द हरु भएका छन् त्यस्तै यो सामाजिक संजालहरु मा पनि स्वतन्त्रा को युद्द छेड्नु पर्छ कि जस्तो पनि लाग्छ|  आजकल ति कमेन्ट अनि लाईक गर्ने साथी हरु हरु पनि टाढा टाढा हुन थालेका छन् अहिले फेसबुक केवल जन्म दिन मा शुभकामना दिने थलो भएको छ| समाज भन्दा टाढा रहेर बस्न न सक्ने हामी मानब समाज मा भएका केहि संकुचित सोच भएका व्यक्ति हरु ले गर्दा धेरै समस्या हरु आउन थाले को मैले महसुस गरेको छु|
        सामाजिक संजाल हरु मा भएका केहि विकृति हरु बढ्दै गए भने एकदिन जुन महत्वकांक्षा बोकेर सुरुवात गरिएको थियो तर यो हाम्रा लागि घातक हुन सक्ने संकेत मैले देखेको छु| बिभिन्न देश हरु मा भएका हिंसात्मक घटना हरु देखि लिएर नकारात्मक संदेश अफवाह फैलाउने मध्यम को रुपमा जुन रुपले सामाजिक संजाल हरु बिकसित हुदै छन् जुन बिश्व युद्द को कारण बन्न सक्छ भन्ने कुरा को अनुमान मैले लगाई रहेको छु| यसको उदाहरण केहि देशहरु मा भई रहेका युद्द अनि युद्द चर्किनु मा यसको महत्वपूर्ण भूमिका देखिएको छ जुन कुरा को बिश्लेषण अहिले चारै तिर हुन थालेको छ| सजिलै एकाउन्ट खोज्न सकिने अनि सजिलै विस्तार हुन सकिने हुदा जसरि अहिले गलत प्रयोग भई रहेको छ| यसरि नै प्रयोग हुदै जाने हो भने एकदिन यसले संसार लाई ठुलो हानि गर्ने छ भन्ने कुरा मा मेरो दुइ मत छैनहो अहिले बिकशित भई रहेका सामाजिक संजाल हरु धेरै नै सुरक्षित छनयसलाई हामी सहि ढंग प्रयोग गर्न सक्छौ| हामी २१औ सताब्दी का मानव हौ सकारात्मक सोच लिएर अघि बढ्नु पर्दछ| कुनै कुरा लाई पनि गलत भनेर तर्क दिदै गर्दा हामीले यसलाई कसरि सहि ढंगले अघि बढाउन सकिन्छ भनेर आआफ्नो ठाउँ बाट पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छौ र गर्नु पर्ने जरुरि मैले देखे को छु|

मोहम्मद वाहिद अलि 
२०११-०५-०२ 

No comments: