Tuesday, April 26, 2011

यहाँ जिउनु पर्ने रहेछ ¸.•♥´¨`


मृत्यु लाई जितेर जिउनु पर्ने रहेछ 
यहि नै जीवन को अर्थ रहेछ !


हजारौ सपना भुलेर सयौ दर्द सहेर 
यहाँ हास्नु पर्ने रहेछ 
यहाँ जिउनु पर्ने रहेछ !!


आखा मेरो रसाउदा अरु को मन दुखने रहेछ 
यहि नै माया को साचो अर्थ रहेछ !


टुटेको मुटु लाई जोडेर सबै रिस्ता लाई तोडेर 
यहाँ अरु को लागि जिउनु पर्ने रहेछ 
यहाँ जिउनु नै पर्ने रहेछ !!


चाहेर अनि गर्ने आट भएर पनि रोकिनु पर्ने रहेछ 
यस्तै नै नसिब को खेल रहेछ !


थाकेको गोडा नरोकी लागेको तिर्खा नमेटी 
यो दुनिया मा रम्नै पर्ने रहेछ झुम्नै पर्ने रहेछ 
यहाँ जिउनु नै पर्ने रहेछ !! 


मृत्यु लाई जितेर 
सयौ दर्द सहेर 
यहाँ जिउनु पर्ने रहेछ !!

मोहम्मद वाहिद अलि 
२०११-०४-२६ 

No comments: