Thursday, April 14, 2011

दिन महिना अनि साल बित्दै जान्छन !!




दिन महिना अनि साल 
बित्दै जान्छन 
सबै तिता मिठा पलहरु 
पुरानो हुदै जान्छन 


शुभकामना त पहिले पहिले पनि 
आउथे जान्थे 
सुस्वास्थ अनि सफलताका कामना 
धेरै धेरै ले गर्थे 


तर फेरी...


बितेका पुराना ति दिन हरु लाई 
फर्केर हेर्दै गर्दा 
बर्ष भरिका रमाईला पल क्षण हरु लाई 
समिक्षा गर्दै गर्दा 



तिता मिठा ति दिन पल क्षणहरु ले केवल 
पिढा मात्र थपिने रहेछ 
किताबमा छापिएका दन्त्य कथा अनि 
 त्यसका पत्र भइने रहेछ 


कसैको कामना ले केवल आत्मियता को भाब 
जगाउने मात्र रहेछ 
आफ्ना दिन हरु त जसो तसो आफैले 
बिताउनु पर्ने रहेछ 


 मोहम्मद वाहिद अलि 
२०११-०४-१४ 

No comments: