Thursday, June 23, 2011

सम्हालिन्छु....




सम्हालिन्छु, पिढा को बाध आशु भइ झर्छ कि
मुस्कुराउछु, बैरी ले मेरो बेदना चाल पाउछन् कि..

बेहोशीमा पिढा भुलाउदा बिराएका बाटोहरु
भौतारिन्छु, कतै ति बाटो पहिलाउछु कि..
पागलपनमा बर्बराउदा निस्केका अपशब्दहरु
चिच्चाउछु, फेरी ति शब्द को राम्रो अर्थ आउछ कि...

कहिले नसकिने हो कि माया को कालो रातहरु
टोलाई रहन्छु, मायामा फेरी प्रभात हुन्छ कि..
कल्पनामा आउने ति अविस्मरणीय पलहरु
तड्पीन्छु, तड्पाई ले ति पल फिर्छन् कि...

टुटेको सपना अनि मुटु टाल्ने मेरो कोसिसहरु
डराउछु, टालिदिने कोहि भेट हुने हो कि..
पात्र एउटै म धेरै अनि बिचित्र कहानीहरु
रोकिन्छु,फेरी त्यो कहानी दोहोरिन्छ कि...


गल्तिलाई खोज्दै सोच्दैमा बितिरहेका छन् दिनहरु
सोच्छु, कतै आखा चिम्लिदा को कहानी हो कि..
अब के वास्ता टुटेका सम्बन्धहरु
भुल्छु, कोसिस मेरो देखावटि हो कि...
या अमिट छाप बनि मुटुको माझ मा बसिदिने हो कि.... 


सम्हालिन्छु, पिढा को बाध आशु भइ झर्छ कि
मुस्कुराउछु, बैरीले मेरो बेदना चाल पाउछन् कि..

मोहम्मद वाहिद अलि
२०११-०६-२३ 

No comments: