Saturday, July 21, 2018

एसईईको ‘पर्खाल’ नाघेकी भतिजीलाई काकाको पत्र !

तिमी मेरो ठूलो दाजु-भाउजुकी पहिली सन्तान । बुबाआमाकी पहिली नातिनी । र, हाम्रो परिवारकी पहिलो छोरी । तिम्रो आगमनले सम्पूर्ण हाम्रो परिवारमा खुसी छाएको थियो । तिम्रो आगमनले हाम्रो घरको आँगनमा उज्यालो थपेको थियो । अहिले तिम्रो उज्यालो मुहार देखेर हजुरबुबा हजुरआमामा जुन प्रकारको खुसी देख्छु, त्यो शब्दमा वर्णन गर्न सक्दिनँ । त्यसो त अहिले पनि तिम्रो मुहारमा मुस्कान ल्याउन सबै परिवार उतिकै प्रयत्न गरिरहेका छन् ।

उमेरले तिमी मभन्दा धेरै कान्छी हौ । तर, तिमी जन्मिँदा मेरो बाल्यकाल सकिएको थिएन । त्यसैले तिमी, म, कान्छी फुपू र कान्छोबुबाको बाल्यकाल सँगसँगै बित्यो । सायद त्यसैले होला तिमी अहिलेसम्म आˆनी फुपूहरुलाई दिदी र कान्छोबुबालाई दाइ भनेर सम्बोधन गछ्र्यौ । यहाँसम्म कि सबै कान्छीममीहरुलाई काकी नभनेर भाउजू भन्छ्यौ । यी सबै नयाँ सम्बोधनहरु त्यसै सम्बोधित भएका होइनन् । यो बाल्यकालमा हामीबीचको सामीप्यता प्रमाण हो ।
रोजा, मलाई याद छ हामीबीच झगडा पर्दा तिमिले मेरी प्रेमिकाको नाम लिँदै त कहिले मेरो अन्य नाम लिँदै मलाई क्रोधित बनाउथ्यौ । त्यसो त घरमा सबै जनासँग लड्न कराउन तिम्लाई छुट थियो । त/m तिम्लाई जिस्काउन, गाली गर्न हामीसँग कुनै शब्द थिएन । फेरि पनि तिमी बाबा (हजुरबुबा) लाई भन्दिन्छु भनेर हामीमाथि ब्ल्याकमेल गरिरहन्थ्यौ । घरमा तिम्रो दादागिरी चल्थ्यो । यतिसम्म कि तिम्री ममीले तिमीसँग ठूलो स्वर गर्न पाउनुभएन ।
रोजा, मलाई याद छ, तिमी एकपटक बिरामी हुँदा म मस्जिदमा प्रार्थना गर्दागर्दै रोएको थिएँ । तिमी छिटो निको हौ भनेर दुवा (प्रार्थना) मागेको थिएँ । म निकै डराएको थिएँ । डाक्टरले जंकफुडहरु खाना नदिनू भनेकाले म बर्षौंसम्म तिमीलाई खानेकुराबारे सम्झाइरहेको हुन्थें ।
रोजा, जब तिमीले एसइइ को परीक्षा दिन जाँदैछु भनेर मलाई फोनमा भन्यौ । मैले तिम्रा औंला समाएर एबीसीडी र कखग लेख्न सिकाएको याद गरें । हरेक दिन होमवर्क गराएको क्षण आखाँ अगाडि आए । स्कुल जाँदा तिम्लाई मनपर्ने मान्छेले छोड्न जानुपर्ने तिम्रो नियम सम्भिmएँ । स्कुल जाँदा तिम्ले देखाउने गरेको नखरा सम्भिmएँ । समय किन यति छिटो दौडिएको ? म सोचमग्न भएँ ।
रोजा, अस्ती तिम्रो एसईईको रिजल्टले तिमी जन्मिँदा जसरी परिवारमा खुसी दिएको थियो, त्यो खुसीलाई पुनर्ताजगी गरायो । सबै परिवारजनले तिमीप्रति गर्व गरेका छौं ।
रोजा, तिमीमाथि हामीले गर्व गरिरहँदा तिमीले आफूमाथि थप चुनौती थपिएको महसुस नगर्नु । तिम्रो प्रगतिका निम्ति पूरै परिवारको आशिर्वाद छ । तिम्रा हरेक राम्रा निर्णयप्रति परिवारको पूर्ण साथ छ ।
रोजा, अब तिम्रा कलेजका दिन सुरु भए । रोजा, तिमी निकै सुन्दर छ्यौ । कलेजको ड्रेसमा पनि तिमी निकै सुन्दर देखिनेछ्यौ ।
म कलेजका ती उत्ताउला दिनहरु सम्भिmन्छु । सुरुका दिनहरुमा पढ्ने, बुझ्ने, ज्ञान हासिल गर्नेतिर ध्यान हँुदैन । के लगाउने, कस्तो साथी बनाउने, कहाँ घुम्न जाने र कसरी कलेज बंक गर्ने आदि कुराहरुले दिमागमा जरो गाडेको हुन्छ । त्यतातिर धेरै समय खर्च नगर्नू । धेरै साथी बनाउनु व्यर्थ हो । एकदुई जना असल साथी बनाऊ, त्यही नै काफी छ ।
घुमफिरका सम्बन्धमा तिम्रो बचपन सम्झन्छु । तिमी परिवारसँग घुम्न मन पराउने मान्छे । यदि एक्लै कतै जानु पर्दा ममीबाबाको अनुमति लिने गथ्र्यौ । त्यो बानीमा परिवर्तन नआओस् । मैले जसरी कलेज बंक गर्ने काम नगर्नू । कलेज पनि स्कुलजस्तै हो, उन्माद थपिनु पर्ने केही होइन । त्यसो त एसईईमा आएको परिणाममा थप राम्रो गर्नु छ ।
रोजा, तिम्रो मुहारजस्तै चम्किलो तिम्रो भविश्य छ । त्यो चम्किलो भविश्यलाई चम्किन दिने/नदिने तिम्रो आˆनै हातमा छ । यो कुरा जहिल्यै मनभित्र राख्नू ।
तिम्रो उज्वल भविष्यको कामना गर्ने केवल तिम्रो परिवार र केही शुभचिन्तक मात्रै छन् । तीभन्दा कैयौ गुना धेरै तिम्रा गल्तीहरु तिमीलाई कुरेर बसेका छन् । परिवारले तिमीप्रति देखाउने माया, सहानुभूति र उदारताको गलत फाइदा नउठाउनू । जसरी सानोमा स्कुल जाँदा हजुरबा हजुरआमाको प्यारको असर तिम्रो रिजल्टमा पर्ने गर्दथ्यो । अब त्यस्तो गल्तीले रिजल्टमा मात्रै होइन, तिम्रो भविश्यमा असर पार्न सक्छ । तिमी ठूली भएकी छ्यौ । अब तिमी आˆना गल्तीका साझेदार कसैलाई बनाउन पाउनेछैनौ ।
रोजा, वास्तवमा नै माया, प्रेम, स्नेह मापन गर्ने कुनै त्यस्तो यन्त्र भएको भए, तिमी अहिले जति परिवारप्रति माया र सम्मान गर्दछ्यौ, हामीलाई त्योभन्दा हजारौं गुना धेरै माया र सम्मान गर्ने थियौ । यो एसईई परीक्षामा उत्तीर्ण भई सम्पूर्ण परिवारलाई गौरवान्वित गराएकोमा धन्यवाद रोजा तिमीलाई ।
प्रिय रोजा, अब तिमी गणतान्त्रिक धर्मनिरपेक्ष देशकी योग्य छोरी हुँदैछ्यौ । तिम्रो प्रगति समग्र नेपाली मुस्लिम छोरीहरुको पनि प्रगति हो । यसमा तलमाथि हुन नदिनू
। अब राज्यले, समाजले र परिवेशले मलाईमाथि जानबाट बञ्चित गर्‍यो भनेर गुनासो गर्ने ठाउँ छैन । प्रतिस्पर्धाको यो युगमा एसईईको पर्खाल पहिलो तर महत्वपूर्ण हो । हामीले दिन सक्ने यति मात्रै हो । बाँकी तिम्रो हातमा छ ।
धन्यवादसँगै शुभकामना पनि ।
२०७५ असार १६ गते १४:४४ मा प्रकाशित

No comments: