Thursday, December 29, 2016

जीवन किनबेचका कुरा..

           उसको मुहार रंग जाने कपडा धोए पछि अथवा वासी गुलाफ जस्तै फिका फिका lरंग थियो न चमक l एउटा डमी जस्तो मिलेको रुप जीउडाल तर रंग उडे उडे जस्तो l अनि डमी जस्तै देखिनका निम्ति मात्र जस्तो l पहिरन पनि केवल देखाउन का निम्ति जस्तो l पानि दिने बहानामा उ आफुलाई हामि बीच देखाउन ल्याउदा को कुरा थियो l मैले उ ढोका भित्र पस्दै गर्दा उसलाई हेर्ने चान्स गुमाए l अर्को चान्स मैले पानिको ग्लास समाउदै गर्दा पाएको थिए l लाज सरम अथवा सम्मान l मेरा नयन किन झुके थाहा भएन l म संगै को अर्को कसैले पानि को ग्लास समाउदै गर्दा उसका ति सबै कुरा हरु नियाल्न भ्याएको थिए l यति भनिरहदा उ आखाँ मा नबसेकी चाही होइन l

          एउटा पारिवारिक जमघट जहाँ आफ्ना मान्यजन देखि नयाँ मान्यजनहरुको बिचमा उसलाई हेर्नु थियो l उ मलाई मन पर्यो परेन भन्नु पर्ने थियो l परिक्षामा ठिक बेठिक प्रश्न जस्तो l म एक्लै को मन पराईले पनि हामि अर्को चरणमा प्रवेश गर्ने माहोल बन्ने रहेछ l कस्तो भाग्यमानी हामि केटा जाति l ति मान्यजन जसको अगाडी केटीको छायाँ सम्म हेर्न डर मान्ने आखाँ, मन, रिति अनि संस्कृति l ति डर लाज सरम आफै हराए l रिति संस्कृति चाही बिहेको लागि केटि खोज्न जादा मज्जाले केटि हेर्न पाउने हुने रहेछ l जिन्दगि को सवाल थियो l उ संग जिन्दगि बिताउन पर्ने मैले नै हो l हेरेर नै धेरै कुरा बुझ्नु थियो l  अभिवादन गर्दै पानि दिने रसम पुरा गरेर उ ढोका बाट बहिरीई l जति नै आखाँ फाडेर हेरे रंग रुप बाहेक अरु कुरा बुझ्न टाढाको कुरा थियो l फेरी एउटा मन ले आफन्त धेरै नै ल्याएको भए उसलाई अरु केहि बेर हेर्न पाउने थिए कि भन्ने सोचे l मेरो लालच वा बाध्यता l आफै फिस्स हासे l त्यति आदर गर्नु नपर्ने आफन्तजन हरु आखाँ बाटै मेरो प्रतिक्रिया बुझ्न चाहेका थिए l त्यो भन्दा पनि बढी अर्को पट्टिका आखाँहरु सिसिक्यामेरा जस्तै एकोहोरो मेरो लाइभकास्ट गरिरहेका थिए l म दोश्रो चरणमा प्रवेश गर्न आतुर थिए या बाध्य l मैले आखाँ को दुई परेली लाई हलुका दुई पटक बन्द गरे l मुस्कान आफै आयो l जसको अर्थ सबैले बुझे l त्यति गाह्रो जवाफ थिएन l सबै जना मुस्कुराउन थाले l त्यहि बिचमा म पनि मेरो नजिक का आदर गर्न नपर्ने आफन्त हरु संग आखै बाट प्रतिक्रिया मागे l सबै झुटा जवाफ दिदै छन जस्तो लाग्यो l झुटो मुस्कान l परिवारमा एक प्रकारको हर्ष थियो l  मैले केटि मन पराइदिएको अनि अब मेरो बिहे हुने भयो भनेर होला l  
            यहाँ को माहोलले रंग बद्लेको देखेर म छक्क थिए l दुवै तिरका परिवार फुरुंग उडे उडे जस्तै l चिया नास्ता आइरहेको थियो l राम्रो सत्कार गर्न सबै लागि परेका थिए l उसैको हात बाट खान पाए जस्तो मन बरालिएको थियो l म बहाना बुन्दै थिए उसलाई हेर्न l मेरो छटपटी अनि आखाँ को दौडधुप l मेरो तड्पाई मैले लुकाएको छु भन्ने भान परेको थियो l तर म फेल खाए l मेरो काकाको छोरि मेरो प्यारो बहिनि म संग आखाँ तर्दै उसलाई बोलाउने भनेर इसारा गरि l मेरा आखाँ झिम्किए मन भित्रि बाट l बहिनि उसको परिवार महिला सदस्य संग केहि बेर उहाँ लाई बोलाइदिनु न भनेर आग्रह गरि l उ ढोकाबाट कोठा भित्र आउदै थिई l बैनीले आउनु न हामि संग गफ गरौ भनि  l उ मेरो व्यथा को औषधि l म आनन्दित भए l उ सोफा मा आएर टुपुक्क बसी l उ आफ्नै घरको सोफा मा बस्दा नौली केटि बसे जस्तो l यो सब नाटक हो भन्ने मन मा लग्यो l त्यसो त म पनि सके सम्म भलाद्मी बन्ने कोसिस गर्दै थिए l मेरा बहिनि भाउजुहरु मेरो यो संयमता अनि भद्रपन देखेर आफुहरु लाई रोक्न सकेनन l उनिहरु हासो को फोहोरा छुटाउन थाले l उ अफ्ट्यारो मान्दै थिई l म पनि अफ्ट्यारोमा परेको थिए l तर पनि उसका शिक्षादीक्षा कामकुरो हरु सोधपुछ गरे l हासो रोकिएको थिएन l म दिक्क थिए l उसलाई मेरो बारेमा बुझ्नु केहि थिएन l उ अभिनय नगर्दा पनि निकै सुशील देखिएकी थिइ l यदि साची नै उसले अभिनय नगरी यो सबै प्रस्तुति दिएको हो भने उ भन्दा मेरो लागि लायक अरु कोहि हुने छैन l मन भित्र छाप नै ठोकी दिए l हासो रोकिने नाम लिएको थिएन l उ दिक्क भई कि लजाई म एकछिन है भन्दै बिदा भई l दिदीबहिनी हरु को हासो उ गाएपछि झन् बढ्यो l म अतिनै दंग थिए उनीहरुको बचपना देखेर l
                म एकोहोरिएको थिए l उ अनि उसका हाउभाउमा कति दम छ भनेर सोचिरहे l त्यतिकै मा भित्र देखि आवाज आयो l अब केटा केटि लाई कुरा गराउन लगाउनु पर्यो भनेर l हाम्रा आफन्त भित्र उत्कृष्ट लमी पनि थिए l मन भित्र लड्डु फुटेको थियो l म केहि लजाए जस्तो गरि भित्र तिर लागे l उसलाई आफ्नो ममी र केहि आफन्त हरु ले घेरेर राखेका थिए l म जाने बितिकै उ संगै बस्न आग्रह गर्नु भयो l हामि केहि अफ्ट्यारो महसुस गर्यौ l तर त्यहाँ बस्नु बाहेक केहि अरु उपाय थिएन l उहाँ हरु केहि बेर आफ्ना कुरा हरु राख्नु भयो l उहाँ हरु को आसय हाम्रो मन मिले बाकि सबै कुरा मिल्ने भन्ने नै थियो l जाडो महिना अनि छिप्पिदै गरेको रात मेरो मुहारमा मन्द पसिना छुट्दै थिए l उसले कोट झिक्दा हुन्छ भनि l म अक्मकिदै म ठिक छु भने l अब हामि सुरु हुन लाग्यौ भन्ने उहाँ हरु लाई लागेछ l उहाँ हरु बाहिरिनु भयो l
             मेरो जिन्दगि मा गरेका डिल मध्य ठुलो डिल थियो l आफु बेचिने डिल l आफ्ना नराम्रा कुराहरु नघटाई राम्रा कुराहरु नबढाई उसलाई भने l यी दुई कुरा सबै भन्दा छिटो देखिने कुरा हुन्  l म मेरो स्वर हाउभाउ लाई निकै ध्यान दिएको थिए l कतै म धेरै होसियारी देखाएको त छैन भनेर बिचमा रमाइला कुरा पनि गरे l उ कहिले मेरो ओठका कप्चेरा को मैला पुछ्दै त कहिले परेला का रौ गाला बाट टिप्दै मेरो कुरा मा मुग्ध भएकी थिई l १५ मिनेट जति आफ्ना कुरा हरु राखे अनि चुप लागे l उ मेरो कुरा यति ध्यान दिएर सुनेकी थिई कि म बिक्दै छु भन्ने मा म बिस्वस्त थिए l अब उसको पालो l उ निकै सरल अनि मुख भन्दा धेरै आखाँ बाट उ कुरा गरिरहेकी थिई l म उसलाई आखाँ नझिम्काई हेरी रहे l सुनी रहे l हाम्रा कुराहरु अनि कुरा गर्ने सैली हरु मा धेरै समानता थिए l मानौ हामि लामो समय सम्बन्ध मा रहेका जोडी हौ l म उ संग कुरा गर्दा निकै सजिलो महसुस गरेको थिए l हामीले लगभग ४५ मिनेट संगै बितायौ l बिहे गर्ने कुरा हिमाल चढ्नु जस्तै हो भन्ने महसुस भयो l एक अर्थमा यो भेटको निष्कर्ष हामि एकअर्का ले बिहेको परिभाषा राम्रो संग बुझ्यौ l
             हामी दुई जना एक अर्का संग विदा भयौ l सबै स्तब्ध थिए l सबै को नजर म संग जुधेको थियो l मेरो नजर खुल्ला थिए तर सपनामा डुबेका l म फिस फिस्स हास्दै थिए l मलाई कसैले आखाँको इसारा ले सोधे कि सोधेनन याद भएन l उता पनि त्यस्तै भएछ l उस्का आफन्त हरु पनि अन्योलमा l सबै आफन्तहरु को मुहारमा केवल आशा मात्र थियो l न हर्षित न दुखित l पक्कै उ पनि म जस्तै भित्र भित्र एक अर्काको लागि हौ कि हैनौ भन्ने जोड घटाउ मा लागेकी थिइ होला l मध्य राति हामि उसको घर बाट निस्कियौ l बास बस्ने घर सम्म पुग्न लामो बाटो थियो l त्यहाँ पुग्दा उसको फेसबुक मा फ्रेन्ड रेक्वेस्ट आएको थियो l


-वाहिद अलि 
२०१६-१२-२९  


No comments: