Wednesday, April 8, 2015

कसलाई के वास्ता


कोहि गर्जिन्छन, कोहि बर्सिन्छन, कोहि स्थिर
कोहि उठ्छन, कोहि भासिन्छन, कोहि स्थिर
स्थिर, शान्त अनि मौन  जसको के वास्ता
उर्लिने, चम्किने, गर्जिने कै चारै तिर चर्चा

जिन्दगि कोहि जियका, कोहि जिउदै, कोहि सिक्दै
कोहि हास्दै, कोहि रुदै अनि कोहि सिक्दै
आशु बिनाको रोदनको कसलाई के वास्ता  
हासो खोस्ने, आयु खोस्नेहरु को यहाँ चर्चा नै चर्चा

कहिँ कोलाहल, कहिँ लुटमार, कहिँ शान्ति
कहिँ राता धब्बा, कहिँ फुलको वास्ना अनि कहिँ शान्ति
खोसिएका जिन्दगि, टुटेका सपनाको कसलाई के वास्ता
फुटेका गोला अनि फुटाउने हरु को यहाँ चर्चा नै चर्चा

कहिँ रोदन, बिछोड, पिढा अनि चित्कार कहिँ शान्त
कहिँ शोक, भोक कहिँ हसिलो मुहारहरु त कहिँ शान्त   
आशुका नदि अनि बारुदका गन्धको कसलाई के वास्ता
हासेका मुहार फुलेका फुल कै यहाँ चर्चा नै चर्चा

कोहि गर्जिन्छन कोहि बर्सिन्छन कोहि स्थिर
कोहि उठ्छन कोहि भासिन्छन कोहि स्थिर



वाहिद अलि 
२०१५-०४-०९ 

No comments: