Wednesday, March 9, 2011

हिड्दा हिड्दै

       

                सधै घाम लागि रहने हुन्थ्यो भने मिर्मिरे बिहानी को मधुरो घामको उज्यालोले निद्रामा मस्त ति आखाहरु खुल्न बाध्य हुने थिएनन होला अनि सुनौलो बिहानीको महसुस गर्न पाइदैन थियो होला त्यस्तै बिछोड नभई संगै जिन्दगि बिताउन पाइन्थ्यो भने बिछोडको बेलामा साटिने चोखो निश्चल माया अनि अनौठो अनुभूति लाई महसुस गर्ने मौका पाइदैन थियो होला जिवन जिउने क्रममा हामी ले धेरै बिछोडहरु सहनु पर्छ क्षणिक बिछोड नै सहि पिढा भने हुन्छ नै चाहे थोरै नै किन नहोस बिछोड को बेलामा हुने पिढा आफ्नो परिवार, साथीभाई, त्यो ठाउँ, त्यहाँ का मानिस अनि प्रकृति संग आफुले गासेको सम्बन्धमा  भर पर्ने रहेछ यि सबै संग गहिरो सम्बन्ध हुदा बिछोड एकदम पिढादाइ हुने रहेछ।
        मेरो नेपाल बसाई त्यस्तै ४ महिना जति भयो रमाइलो संग नै दिनहरु बितिरहेका थिए आजद पन्छी जस्तै म हरेक कुरा को आनन्द उठाइरहेको थिए म हरेक कुरा संग यति घनिष्ट थिए कि बाटो हिड्दै गर्दा टक्क उभिएर ति बाटो घाटो,खोला नाला, डाँडापाखा अनि भन्ज्याङ चौतारीलाई केहि बेर निहालेर हेर्ने गर्थे मेरो नेपाल बसाई सकिदै थियो फर्किनु पर्ने दिनहरु नजिकिदै थिए घुम्दै फिर्दै जादा अचानक मैले एउटा यस्तो सुन्दर कुरा देखे जसको सुन्दरता को बर्णन गरेर म सक्दिन तर अन्तिम मा आएर देख्नु मेरो दुर्भाग्य नै भनौ पहिलो नजरमा नै आखा भित्र बस्न सफल अवस्य पनि राम्रो र आकर्षक थियो त्यो चिज म उसलाई हेरीरहे उसको सुन्दरताले म एकदम मोहित भएको थिए मलाई अन्य कुनै कुराले आकर्षित गरेन जसले गर्दा उसलाई हेर्न छाडिदिउ घर फर्किए पछी राति धेरै बेर सम्म सोच्दै बसे उसमा कुनै त्यस्तो चिज मैले भेटिन जसको म तारिफ नगरी बस्न सकु हरेक कुरा आकर्षक अनि मनमोहक थियो त्यहि ठाउँमा जन्मे हुर्के र पनि त्यस्तो सुन्दर चिज संग अपरिचित हुदा आफैलाई अनौठो लागिरहेको थियो सायद उसको परिबर्तन भएको धेरै नभएर पनि हुन सक्छ त्यसैले म अपरिचित भएको उसको बारेमा कहिँ कतै चर्चा सुन्न नपाएको

          मैले टाढा रहेर नै उसको बारेमा बुझ्ने कोसिस गरे अनि चिने जानेकाहरु संग उसको बारेमा सोध्न बुझ्न खोजे तारिफ भन्दा अरु केहि सुन्न पाएन चिन्नेहरु सबैलाई उसले आकर्षक गर्न सफल भएको रैछ आज फेरी एकपल्ट उसलाई नजिकबाट देख्ने मौका पाए टाढा बाट देख्न नसकेका धेरै कुराहरु मैले देख्न पाए जो एकदम तारिफ गर्न लाएक थिए हो म सिधै उ संग नजिक हुन पनि सक्थे तर पनि म सजिलो बाटो अपनाउन चाहन्थे म कसैको साहारा ले उ संग सम्पर्क हुन चाहन्थेराति एउटा साथी को याद आयो अनि उसलाई कल गरे र उस्ले पनि साथी मार्फत मलाई उ सम्म पुग्ने उपाए बताई दियो भोलि पल्ट म उसलाई भेट्छु भनेर कोसिस गरे मेरो लागि सबै कुरा नौलो थियो त्यसैले त्यो दिन म त्यहाँ सम्म पुग्न असफल भए तर पनि मैले कोसिस जारि राखे हामी बिच पुरानो सम्बन्ध पनि रहेछ जसको पहिचान गर्न मैले सकेको थिएन अन्त्यमा सोहि कारण म त्यहाँ सम्म पुग्न सफल भए टाढा बाट देखेको सुन्दर चिजलाई नजिक बाट महसुस गर्न पाउदा म एकदम खुसि थिए
          यसरि नै सुरु भएको हाम्रो सम्बन्ध आखिर आएर एकदम घनिष्ट हुदै दिनहरु घट्दै थिए भने उ संग को सम्बन्ध अरु गाढा हुदै थियो म प्रतेक दिन उ संग केहि न केहि समय बिताउन चाहन्थे उसको बारेमा अरु धेरै कुराहरु जान्न चाहन्थे उसकै वरिपरी रमाउन चाहन्थे किन कि त्यहाँ पुगे पछि मनमा एक किसिम को आनन्द आउने गर्थ्यो म जहिले पनि त्यहाँ पुग्थे मलाई हार्दिकताका साथ स्वागत हुने गर्थ्यो अनि म उसको करिब जान असक्षम हुदा पनि हेरेर नै सहि सम्पर्क मा रही रहन्थे प्रत्येक दिन उसमा केहि न केहि नौलो नयापन मैले पाउने गर्थे जसले गर्दा म कुनै पनि दिन छुटाउन चाहन्थेन मलाई देख्नेहरु ले बार बार यहि नै सोध्ने गर्थे तिमिमा किन यस्तो परिबर्तन आयो आखिर यसको राज के छ? म आफ्नो हितैसी बाहेक अन्य संग मेरो परिबर्तन को बारेमा केहि कुरा गर्थिन एकदिन साथीहरु को जमघटमा उसको तारिफ सुन्दा मन खुसि ले फुरुंग पनि भयो र कता हो कता डर पनि कतै मान्छेहरु ले उसलाई गलत प्रयोग त गर्ने हैनन भनेर तर पनि मलाई बिस्वाश थियो कि उ आफैमा निश्चल अनि पबित्र छ
         एकदिन मैले उसका केहि राम्रा तस्बिरहरु पनि लिएको थिए किन कि म केहि दिन मा नै आफ्नो कर्म भुमिमा फर्किदै थिए त्यस्तै मेरो जाने दिन पनि तय भयो म एकदम अफसोस मा थिए सबै संग छुट्नु को पिढा एकातिर थियो तर नौलो अनि भर्खर गहिरिदै गएको सम्बन्ध हाम्रो नव दुलही संग बिछोडिएको लाहुरेलाई जस्तो चोट मलाई पर्यो राति भरि एउटै बिषयमा मन भित्र धेरै कुराहरु खेलिरहयो उसका ति सुन्दर तस्बिरहरु हेर्दा झनै अफ्ट्यारो महसुस भयो आजकलका भालेहरु जति बेला पनि बासि दिने भनेर मनले भन्दै थियो अनि यस्सो घडी तिर नजर पुराएको त बिहान को ४ बजेको रहेछ फेरी केहि बेर आखालाई बिश्राम दिनु पर्यो भनेर आखा चिम्लिएको भुसुक्कै निदाए छु अन्तिम दिन धेरै नै तयारी हरु गर्नु थियो साथी भाई इस्टमित्रहरु लाई भेट्नु थियो धेरै कामहरु सक्नु पर्दा म संग खासै समय थिएन तर पनि अन्तिम पटक भेट्छु भनेर म त्यता तिर लागे लगभग घाम डुब्नै आटेको थियो म टाढै बाट केहि बेर उसलाई हेर्दै थिए। सधै देखिने रौनक आज देखिरहेको थिएन कता कता उसलाई पनि मेरो बिदाई भेट हो भन्ने थाहा भएछ जस्तो पनि लाग्यो भावनात्मक सम्बन्ध पल भर मा नै गासिने रहेछ जस्तो पनि लाग्यो उसले सधै गर्ने स्वागत पनि आज एकदम फिक्का लागिरहेको थियो हामी दुई चार भेटमा नै यति घनिष्ट भएका थियौ जुन अहिलेको यो भेटले नै बताईरहेको थियो
           संसारमा सबै भन्दा मिठो भाषा भनेको इसाराको भाषा हो जस्तो मलाई लाग्छ किन कि इसाराले तरङ्ग सहित कुनै पनि कुरालाई छिटो मन मस्तिष्कमा पुराउने गर्दछ त्यस्तै हामी बिच केहि बेर यसरि नै कुरा हुदै थियो म भने केहि कुरा खोजिरहेको थिए आखाहरु आफै चारै तिर डुलिरहेका थिए बिदाई को बेला हरेक कुरा सम्झना लाएक हुन्छन नै त्यसैले मैले सम्झना स्वरुप उसमा भएका केहि केहि नराम्रा तत्वहरु लाई सफा गरिदिए त्यसो त मैले प्रतेक भेटमा उसलाई कुरूप बनाउने तत्वहरु लाई सफा गर्ने गर्थे। समयको महत्व कति हुन्छ भन्ने कुरा को अनुमान लगाईरहेको थिए एक पल एक सेकेण्डको पनि एकदम महत्व लागिरहेको थियो किन कि झम्के साझँ पर्ने आटेको थियो म उ संग कसरि बिदा माग्ने कसरि उ संग टाढा हुने भन्दै केहि बेर अल्मलाउदै थिए तर पनि मैले न चाहेर उ संग बिदा मागे अनि मेरा पाईलाहरु अगाडी बढ्दै थिए आकाश पनि सफा नै थियो तर सिमसिम पानिका छिटाहरू वरिपरी देखियो कतै आसुले बिदाई गर्दै छ भन्ने भान भयो... आखिर मेरो पनि त मनै हो तर पनि मर्दको छोरा ले आसु झार्न हुन्न रे योगेश अमात्यको सानोमा सुनेको गित याद आयो आफुले आफैलाई सम्हाले त्यसपछि म घर फर्किए राति एकपल्ट ति दिनहरु लाई सम्झने प्रयास गरे फेरी त्यस्तो सुनौलो दिनहरु फर्केर आउछन आउदैनन त्यसो त चार महिना को बसाईमा त्यस्ता धेरै सम्झनाहरु याद बनि मुटु भित्र बसेका थिए त्यसै मध्ये को एउटा सम्झना थियो यो सबै ति रमाइला पल हरु लाई सम्झिदै मा मेरो रात बित्यो बिहान केहि समय बाकी थियो त्यसैले पुन एकपल्ट गएर भेट्ने सोच बनाए तर एकचोटी बिदाई भै सकेपछि पुन जानु ठिक पनि लागेको थिएन फेरी पनि म गए। अनौठो कुरा आज भने पहिले को दिनहरु मा जस्तै रौनक देखिरहेको थिए बिहानी को उज्यालोले पनि होला अनि सहानुभूति दिन को निम्ति खिस्सिदै हासेको पनि होला म एकछिन पनि त्यहाँ रोकिएन किन कि ११ बजेको माईक्रोको टिकट थियो

          मैले बाटो बाट फर्किदै दुइ तिन पटक हेरे बाटोमा हिड्ने बटुवाहरु मलाई हेर्दै मुसु मुसु हासेका थिए सायद खाली डाँडा लाई हात हल्लाएको देखेर होला उनिहरु लाई के थाहा त्यो ठाउँ संग मेरो कस्तो सम्बन्ध छ भन्ने मैले त्यो ठाउँ लाई कति माया गर्छु भन्ने। यहाँ केवल केटा र केटि को बिच को माया पिरती सुन्नेहरु लाई के होस् हुने कि यहाँ कोहि प्रकृति प्रेमी पनि छन भन्ने.....(२०११-०३-०१)

मो. वाहिद अलि  
२०११-०३-०९   

No comments: