कम्मर लाई छोडेर जिन्स घुडा निर आउदा पनि मस्किदै हिडेको भए,
खुट्टामा हैन चप्पल हातमा सिउरिदै हिडेको भए,
सौचालयमा हैन बाटो बाटोमा मुत्र बिसर्जन गर्दै हिडेको भए,
या महात्मा नबनी साधारण मानव बनेर हिडेको भए
माफ गरिदिने थिए.....
तिमि एउटा चेतनसिल प्राणी हौ
तिम्रा हरेक क्रियाकलाप संग म यति दुखि भए कि,
तिमि एउट शिक्षित व्यक्ति हौ
तिमि संग बोल्न लाई मेरो ओठ जिब्रो हल्लिदा सास ले साथ दिन्न,
तिमि लाई आखा ले हेर्दा परेलीले साथ दिन्न
आखिर किन, सास ले त कहिले परेलीले मलाई साथ दिन्न
आखिर सबै अंग जिबित नै छन्, किन तिम्रा अगाडी मरिदिन्छ्न
सायद तिम्रो बचन को मन्द बिष ले होला,
तिम्रा दृष्टि ले मेरो पबित्र आत्मा लाई नदेखेर होला
तिम्रो सामु आउछु भन्दा गर्जिने बाघ सम्झेर हो,
या मसानघाट बाट निस्केको हावा सोचेर
यि पाउ हरु अगाडी बढ्दैनन,
प्यारालाइसिस नै भएछु कि भनेर केहीबेर होस् नै गुमाउछु
आखिर किन यो सब भैरहेको छ
तिम्रो अगाडी म भुसुना पनि हैन,
तिमि त सोच तिमि त एकदम विद्वान हौ रे
तिमि ले सोच्न नसकेको देख्दा ठुलो सरीर भएको जनावर सोच्छ,
यो भुसुनाले, भुसुना को मन ले
के यस्तो सोच्नु गलत हो त भनिदेउ न हे विद्वान तिमि ले
तिम्रा गल्ति
सौचालयमा हैन बाटो बाटोमा मुत्र बिसर्जन गर्दै हिडेको भए,
खुट्टामा हैन चप्पल हातमा सिउरिदै हिडेको भए,
कम्मर लाई छोडेर जिन्स घुडा निर आउदा पनि मस्किदै हिडेको भए,
या महात्मा नबनी साधारण मानव बनेर हिडेको भए
माफ गरिदिने थिए........
मोहम्मद वाहिद अलि
२०११-०३-१३
No comments:
Post a Comment