Tuesday, November 2, 2010

दुखको यहसास हुन आसमान टुट्नु पर्दैन... .. .

            पिढा को औषधी मन लाई शान्त राख्नु नै रहेछ जिवन मा कस्तो कस्तो पिढा हरु भोग्नु पर्छ यो त केवल सानो कुरा हो तर पनि मनमा अनेकौ तरङ्गहरु पैदा गर्ने यस्तो किसिमको अनुभब पहिलो भएकाले केहि अफ्ट्यारो महसुस गरेको छु भन्छन नि दुखको यहसास हुन को लागि आसमान टुट्नु पर्दैन
         
                    हामी मुस्लिमहरु ले जुन सुकै काम गर्दा पनि पनि ‘इन्शा अल्लाह’ भन्ने गर्छौ यसको परिभाषा जे जस्तो भए पनि साधारण बुझाई मा ‘अल्लाह ले चाहेमा’ भन्ने बुझिन्छ बस्ताबमा अल्लाह ले चाहेन भने कसैको केहि लाग्दैन आज यस्तै एउटा घटना भयो जुन अल्लाह ले नचाहेको नै भनेर मन लाई शान्त बनाएको छु घर जाने तयारी लगभग पूर्ण रुपमा सकिएको थियो प्रतिशतको नै कुरा गर्नु पर्दा ९५ प्रतिशत मेरो तयारी पुरा भएको थियो ५ प्रतिशत भित्र मेरो समानहरु प्याकिंग गर्ने र एअरपोर्ट जाने नै थियो म संग सिरिफ ५ घण्टा को समय बाकी थियो मन फुरुंग थियो खुसिको त कुरै छाडौ जसलाई दुनिया को कुनै प्रविधि ले पनि मापन गर्न सक्ने अवस्था मा थिएन तर डिस ब्रेक ले जसरि २२० को गति लाई पनि तुरुन्तै गति सुन्य बनाई दिन्छ त्यस्तै एउटा सानो गल्तिले मेरो खुसि लाई पनि डिस ब्रेक लगाई दियो त्यो पनि कसै को सानो भुल ले गर्दा कस्तो बिडम्बना हामी हाम्रो नै संसार मा बन्धक को जिवन जिउनु परेको छ निलो आकाश एउटै, फराकिलो धर्ति एउटै, गहिरो समुन्द्र एउटै शब्द मा यो हाम्रो संसार भन्छौ तर पनि हामी स्वतन्त्र भएर हिड्न डुल्न नपाउने कस्तो कानुन कस्तो बन्धन आज मेरो बोस् ले भुल बस मेरो एक्जिट परमिट नबनाउदा एउटा तितो अनुभब संगाल्ने मौका पाएको छु
            सबैको प्रतिक्षा लाई बिराम लगाई दिने एउटा सानो भुल तर त्यसले कति असर गर्दै छ भन्ने कुरा जसले यस्तो अवस्था बाट गुज्रिसकेको छ उसलाई नै थाहा हुन्छ खासै अचम्म केहि भाएको हैन सिरिफ एक दुई दिनको फरक मात्र हो तर दुख को कुरा जुन उमंग खुसि मन मा थियो त्यो सेलाएको छ सायद मलाई जस्तो प्रतीक्षा मा बसेको मेरो परिवार लाई पनि भएको छ चाहे जति नै सानो कुरा किन नहोस तर प्रतीक्षा गर्नेहरु लाई प्रतिक्षा को फल नमिल्दा दुख लाग्नु स्वभाबिक हो तर पनि म दुखि छैन अल्लाह ले नचाहेर नै आज पाउछु भनेर आशा गरेको खुसि बाट म टाढा भएको हो
           सहानुभूति दिने प्यारो दाजु हरु साथी भाई हरु र सम्पूर्ण परिवार हरु लाई धन्यवाद दिन चाहन्छु हेरौ अब कहिले सम्म मा मेरो त्यो खुसिको पलको वास्तविक बिश्राम लाग्ने हो त्यहि दिन को प्रतिक्षा मा छु


2nd nov 2010

No comments: