Thursday, October 28, 2010

दिन हरु पनि कति छिटो पुरानो भै’दिने ....

          दिन हरु पनि कति छिटो पुरानो भै’दिने अस्ति भर्खर हो म घर बाट सुक्क सुक्क गर्दै आखा बाट आसु झार्दै बिदाई भएको फेरी फर्किने दिन आइसके छ.....आफ्ना परिवार साथी भाईहरु संग टाढा भएर फेरी नजिक हुन  पाउनु यो पनि जिवन को एउटा रमाइलो पल हो जति पिढा आफ्नो परिवार संग टाढा हुनु पर्दा हुन्छ त्यो भन्दा धेरै खुसि केहि समय परिवार संग बिताउदाको दिनहरु मा हामी ले पाउछौ जुन खुसि को अनुभब गर्ने फेरी अर्को मौका मैले पाएको छु बर्ष दिन देखि देखेका खुल्ला आखा का ति सपना आफ्नै मनलाई गरेका बाचाहरु पुरा गर्ने दिन नजिकिदै गर्दा मनमा एउटा अनौठो हलचल मचिएको छ सुरुका केहि दिनहरु यादहरु ताजा भएकाले बिताउन गाह्रो भएता पनि पुराना दिनहरु फर्केर हेर्दा सबै दिन हरु एकदम उत्कृष्ट र सम्झन लाएक थिए सायद कतार सानो क्षेत्रफल भएको देश र साथी भाईहरु धेरै भएकाले होला प्रत्येक हप्ताको अन्तिम दिन  सजिलै जमघट हुने भएकाले दिनहरु सजिलै बितेको होला त्यसो त म संगै मेरो दाजु हरु भएका ले पनि विदेश को आभास नभएको हुन सक्छ घर फर्किने भन्दा कसको मन फुरुङ्ग नहोला र त्यस्तै फुरुङ्ग हुनेहरु मा म पनि सामेल भएको छु
  
           हामी ले जिउने एकबार को जिन्दगि मा यस्तो मिलन र बिछोड को दिनहरु को मिठो अनुभब हरु संगाल्न पाउनु लाई मैले अबसरको रुपमा लिएको छु परिवारको माया, देशको माया, आफ्नो ठाउँको माया, समयको महत्व, जिमेवारीको बोध, पैसा चिन्ने, अनि संसार देख्ने चिन्ने बुझ्ने अनि सम्झने अवसर हामीले विदेश आएर नै पाएक हौ त्यसैले सुरु देखि नै मैले बिदेशिनु लाई एउटा अवसर को रुपमा लिएको थिए र लिएको छु


          म अहिले फर्किदै छु यो कारण ले हैन तर सकारात्मक भैई सोच्ने हो भने हामीले विदेश आएर धेरै खुसि हरु पाएको छौ आफ्नै देशमा हाम्रो आवश्यकता पूर्ति गर्ने सक्ने आयमुलक रोजगार को व्यवस्था र सिप कला अनि शिक्षाको सहि मुल्यांकन हुदा हुदै हामी बिदेशिनु बाध्य हुन्थ्यौ भने त्यो अवस्य पिढादाइ हुने थियो हामीले आफ्नो देश मा आफ्नो सहि मुल्यांकन नभएका कारण बिदेशिएका हौ भन्छन नि जिउने कला जान्ने हो भने संसार मा नै जन्नत को मजा छ त्यसैले हामी दुनियाको जुन सुकै ठाउँमा भए पनि खुसि साथ रहन सक्छौ र खुसि संग दिन हरु बिताउनु नै हाम्रो पहिलो उदेश्य हुनु पर्दछ आखिर हामी यो सब केहि खुसि हासिल गर्न का निम्ति नै हो र यो कुरा भुल्नु हुदैन कि जति दिनहरु बितेको छन् ति आफ्नै दिन हुन् त्यसैले हरेक दिन केहि न केहि मिठो सम्झनाको साथ मा बिताउन सकियो भने जिवन को सहि अर्थ थाहा पाउन सकिन्छ म पनि हरेक पल जिवन लाई माया गरेर जिउन को लागि कोसिस मा छु र जिवन व्यतित गरिरहेको छु
      छोरा भएर आकाश छुने आँट हुनु पर्छ भन्छन म जहाजको सहाराले फेरी आकाश छुदै छु बादल माथि बाट संसार लाई नियाल्ने छु अनि फेरी एउटा अर्को मिठो अनुभब संगालेर पुनः यहि फर्किने छु   

0ct 28 2010

No comments: