Saturday, July 10, 2010

बिछोडको यादहरु

      
     बिछोडमा पनी धेरै यादहरु गासिएको हुने रैछ जून बिछोड सधै भरीलाई याद बनी मुटुको कुनामा बसी रहने रैछ। बिछोडमा धेरै कुराहरु संग बिछोडीनु पर्दछ जून पीढ़ा मैले अनुभब पहीले पनि अनुभब गरिसके को छु। घर छोडनुको पीढ़ा सहन नसक्ने हुन्छ। बाबा आमाको माया स्नेह दिदी बहिनी भाईसँग बिताएको रमाइलो पल छोरा छोरीहरु प्यारो भान्जेसँग खेल्दै बिताएको मेरो १०० दिन। जब म मेरो छुट्टी पुरा गरेर फर्किदै थिय त्यो बेला म धेरै भाबुक थिय निरास थिय किन की मैले यो १०० दिन मा धेरै रमाइलो अनुभुती सँगालेको थिय। त्यो बेलामा यो पनि याद भएन की ती सबै पलहरु अजम्बरी याद बनेर मुटुको कुनामा राज गरेर बस्ने छ भनेर। 
     साथी भाई मलिन अनुहार को साथ मा आउदै बिदाइको उपस्थिति जनाउदै थिय। म आफुलाई सम्हाल्दै उनीहरुको अगाडी आफुलाई ठीक अबस्थामा छु है भन्ने झुटो रूप देखाउदै सबैसंग हाँस्दै कुरा गर्दै थिय। तर म एकछिन अरु बस्न सक्ने अबस्थामा थिएन अरु केहीबेर बस्ने हो भने मेरो आसू रोकिदैनन भन्ने डर लागिराखेको थियो।  माइक्रो आयो आयो भन्दै सबै जना माथि तीर हेर्दै थिय म बाबा आमा संग बिदा माग्दै गर्दा आफुलाई सम्हाल्न सकिन । काठमाडौं सम्म छोड्न भेनाजु पनि संगै हुनु हुन्थ्यो। आसूलाई रोक्न सकिन एउटा हात हल्लाउदै म सबै संग बिदा मागे माईक्रो अगाडि बढ्यो। बाटोमा देखिने हरेक चीजको एकदम माया लागी राखेको थियो आखा झिम्कीदा केही चीज छुट्छ की जस्तो लागी राखेको थियो। सुकसुक गर्दै रुदै थिए सम्हालिने कोसिस नगरेको पनि हैन तर पनि म सम्हालिने अवस्थामा थिइन किनकी म हिंडेको गन्तब्यको हरेक मोडहरु सँग यादहरु जोडिएको थियो। भेनाजुले सम्झाउदै हुनुहुन्थ्यो नौडाडा काटे पछी भने थोरै ध्यान फेरियो त्यसो त भेना साथ मा भए पछी जस्तो उदासी पनि एकै छिन् मा हटेर जान्छ। जब माइक्रोले आफ्नो गति लिदै थियो फोनमा साथीहरु जादैछु भन्ने खबर नगरेकोमा मन दुखाउदै थिए,रिसाउदै थिए त कोही सहानुभूति दिदै थिए। केही छिनमा हामी पोखरा पुग्यौ पोखरा देखि हामीसंगै यात्रा गर्दै गरेकी एकजना अपरिचित गफाडी पत्रकारले डुम्रे सम्म राम्रो साथ दिइ उसको गफले सिमा नाघ्न थाले पछी भेनाजुले पनि केही रमाइलो गफ हान्नु हुँदै थियो उहाँ मेरो साला अस्ट्रेलिया जादै हुनु हुन्छ भनेर के भन्नु भयो त्यो कुरा नसुन्दै उसले कुन ठाउँ कुन कलेज भनेर सोधी आखिर उ अस्ट्रेलिया गएर फर्केकी रैछ। डुम्रे काटेपछी खुब हास्यौ र फेरी गाइने भाईको सुरिलो सारङीको धुन र डुम्रे देखि चढेका दुइजना आइटम गिर्लहरुलाई जिस्काउनेखाले रमाइलो गीतले मुङ्लिन पुराइदियो। मुङ्लिन छोडेर अगाडि बढेपछी मिक्रोबसको एकनासको रफ्तार शान्त बातावरणले फेरी एक पटक झस्काइदियो लामो यात्रा धेरै कुराहरु मनभित्र खेलाउदै अनी आफुले बिताएका रमाइलो दिनहरुलाई एक एक गर्दै सम्झिन थाले आफुले बिताएको १०० दिन लाई समिक्षा गर्दै जादा सोचे भन्दा धेरै राम्रो र सफल भएको निस्कर्समा पुगे।
      बस उकालो लाग्दै थियो थानकोट पुगिसकेको रैछौ। काठमाडौंको हावाले एउटा साथीको याद आयो फोन गरे उसले मलाई भेट्न होटेलमा आउछु भनि हामी बागबजारको होली डे ताजमा रूम बुक गर्यौ समान रूममा राखेर फ्रेश भयौ दिउसो छिटो नै हामी पुगेकाले हामीसँग धेरै समय बाँकी थियो। भेना र म काठमाडौं मल तिर गयौ तर दु:ख को कुरा हामी दुई जना को नै मोबाइल ब्याट्री सकिएर स्विच ओफ्फ थियो। मोबाइल बन्द भएकोले साथीसँग त्यो दिन भेट हुन सकेन। बेलुकापख समा दिदी को बुढा भेट हुनु भयो हामी संगै बसेर मम खायौ पछी सैदुदिन पनि भेट भए र हामी संगै खाना खाएर होटेल तिर लाग्यौ। राती फोन गरेर उ संग सरी मागे उ पनी हामी लाई खोज्दै होटेल मा पुगेर सोधखोज गरेको कुरा सुनाइ र भोली बेलुका फ्लाईट थियो त्यसैले भोली बिहान भेट्ने स्योर गर्यौ। राती साथीहरु को फोन को जवाफ दिदै राती १२ बजिसकेको थियो फेरी एकछिन कोल्टे फेर्छु भनेर कोसिस गरेको कतिबेला भुसुक्क भए छु थाहा भएन।
      बिहान उसको फोनले बिउझाइ दियो अनी भेनासँग सोधेर म उसलाई भेट्न तल झरे अनी एकछिन गफ पछी हामी घुम्न गयौ। हामी काठमाडौं मल बाहिर स्टिकर फोटो खिच्दै थियौ भेनाले फोन गरेर रोयल प्यालेस जाऔ भन्नु भयो तल को बेकरी मा बसेर बर्गर खाएर छिटो छिटो गरेर हामी रोयल प्यालेस गयौ। भेनाहरु भन्दा छिट्टै हामी प्यालेस पुग्यौ र हामी भित्र गयौ टिकट काउन्टरमा हामी स्टुडेन्ट हो भनेर टिकट लियौ हामी दुई जनासँग नै आइ डी नभए पनि काउन्टरमा बस्नेहरु ले सजीलै बिस्वश गरे हामी खुशी हुँदै भित्र पस्यौ। एकदम मिल्ने साथी भएकाले होला प्यालेस घुम्दा एकदम छुट्टै खाले अनुभुती गरिराखेको थिए। फोटो खिच्न नपाउने नियम थियो तर पनि गेस्टरूममा मैले उसको फोटो मोबाइलबाट चिच्दै थिय पछी सबै जना आफ्नो मोबाइल ले फोटो खिच्न थाले। प्यालेस खासै सोचे जस्तो नभए पनि गहिराइ बाट हेर्दा धेरै भाबुक तथा अनौठो लागि राखेको थियो। हामी जिस्किदै यो भन्दा राम्रो सोफा त हाम्रो घरमा छ भन्दा संगै घुम्दै गरेकाहरु हाँस्दै साथ दिन्थे भने कुनै ठाउमा हामी काल्पनिक राजकुमार राजकुमारी जस्तो अभिनय गर्थ्यौ। बिदेश तिर का आधुनिक तथा ब्यबस्थित घर हरु लाई नजिक बाट देखेको ले होला नराम्रो भन्दा पनि आर्किटेक र ब्यबस्थापन को कमजोरी औलाउदै बाहिर निस्कियौ अब्यबस्थित गार्डन सुक्न लागेका फुलहरु फुस्रो चौरले मन खिन्न बनायो। हामी एकछिन दरबार पछाडि को गार्डन मा बसेर बिरेन्द्र राजा को परिवार लाई सम्झिदै केही बेर गफिदै वारिपरीको दृश्य हेर्दै बसेको थियौ। बिहान को खाना न खाएकोले होला भोक लागिराखेको त्यसैले हामी त्यहा बाट निस्किदै थियौ। फर्किदै गर्दा भेनाहरु लाई घुम्दै गरेको देखेयौ तर हामी उहाँहरु लाई कुर्ने अवस्थामा थियनौ त्यसैले हामी उहाँहरु लाई नभेटी बाहिर आयौ  र रेस्तुरेन्टमा मा नास्ता गर्न पस्यौ  रेस्तुरेन्टमा सम्झन लायक केही रमाइलो भाको थियो भेज मम खाँदै थियौ मेरो मुखमा पूरा मम नअटेर हाफ गर्दै खादै थिय तर मेरो साथी भने एउटा माथि अर्को गर्दै मेरो प्लेट को केही मम न सकिदै पुरा प्लेट सकेर मेरो प्लेट तिर आँखा लगाउदै गर्दा एक्छिन मिठो हासो भाको थियो फेरी हामी ले पिज्जा अर्डर गरेयौ तर खै वेटर ले के सोच्यो उसले हामी लाई राम्रो सर्भिस दिदै थियो पछी हामी ले पिज्जा पुरा खाना नसकेर हाफ पार्सल गर्दिन भनेर हामी त्यहा बाट बहिरियौ। हामीसँग टाईम धेरै नै बाँकी थियो र हामी फेरी डब्लु टी सी गयौ तर बन्द भएकाले फेरी हामी त्यहाबाट फर्कियौ र मेरो फ्लाईटको समय पनि हुन लागेको थियो त्यसैले हामी सिधै होटेलमा गयौ भेना पनि हामी लाई कुर्दै बस्नु भाको रैछ अनी छिटो छिटो ट्याक्सी लिएर हामी एअरपोर्ट गयौ।
        दिन भरी को घुमघामले दिन भरी त पुरानो पिढाहरु बिर्साइ दियो तर छुटिने बेला त्यही घुमघाम को यादले अरु पिढा थपिदियो हामी तीन जना नै एकदम शान्त थियौ। म अफ्ट्यारो महसुस गरेको छु भनेर भेनाले मलाई कुराहरु गर्दै भुलाउने कोसिस गर्दै हुनु हुन्थ्यो। केही बेर हामी बाहिर बसेर वरिपरी हेर्दै कुरा हरु गर्दै थियौ। भित्र पस्ने टाईम भयो घर मा फोन गरेर अब म एअरपोर्ट इन हुँदै छु भनेर खबर गरे र म भेनासँग अँगालो मार्दै थिय साथीको मलिन अनुहारले मनमा अरु पिढा थपियो र उ सँग पनि बिदा भएर अगाडि बढ्दै गए उहाँहरु मलाई भित्र पुग्ने बेला सम्म हेर्दै हुनु हुन्थ्यो पछाडि फर्किने मन थिएन तर पनि फर्केर हात उठाउदै बाइ गरेको जवाफ आएन कालो सिसा रैछ भित्र बाट बाहिर देखिने तर बाहिर बाट भित्र न देखिने। 
      अन्ध्यारो एअरपोर्ट साझ पर्ने बेला हुँदै थियो बोडिङ पास लिएर भित्र गए केही समय बाँकी थियो फेरी घरमा एक पटक फोन गरे ब्यालेन्स बाँकी थियो त्यसैले भेना सँग कुरा गरे उहाँहरु एअरपोर्ट बाट फर्की सक्नु भएछ र म वेटिङ रूममा गए हातमा हरियो पासपोर्ट लिएर अपरिचित मानिसहरु भिडसंगै चार घण्टाको यात्रा को नीम्ति जहाजमा चढे जब जहाज जमिन लाई छोडेर केही माथि बाट काठमाडौं शहर लाई चक्कर लगाउदै थियो। ढल्केको जहाज बाट काठमाडौंको झिलिमिली लाई आँखा मा कैद गर्दै केही पल मा हजारौं याद हरु लाई पुन ताजा गराए। अन्ध्यारो आकाश भित्र को सफरमा अचानक परिचय गर्दै जादा स्याङ्जाली ब्रिटिस रिटाएर्ड बुढा भेट भए उहाँ सँग रमाइलो गफ गर्दै जादा कति छिटो समय गएछ पत्तै भएन सिट बेल्ट लगाउन अनुरोध गर्दै हसिली सुन्दरी आउँदा हाम्रो यात्रा सफल भएछ भन्ने लाग्यो झ्याल तिर बाट चियाउदा रात लाई नै चुनौती दिने झिलिमिली बलेको दोहा शहर देख्दा रमाइलो लाग्यो प्लेन लेन्डिङ भयो। बाहिर निस्किदा जब दाजुहरु लाई देखे एकदम खुसी ले मन फुरुङ भयो १२/१२ जना साथी भाईहरु मलाई रिसिभ गर्न आउनु भाको रैछ सबै जना देखेर एकदम खुसी भए एअरपोर्ट देखि रूम तिर हिडेको केही छिन् मा नै मेरो १०० दिन लाई मिठो सम्झना बनाएर म मेरो आफ्नो दुनियाँ मा हराए                    

No comments: