Sunday, March 28, 2010

स्याङ्जा बजार को परिचय:


 स्याङ्जा बजार को प्रमुख चोक तथा बजार हरु :
बाडखोला बजार, पुतली बजार, प्रगति नगर,बिरेन्द्र नगर, नारायण स्थान, घुम्ती बजार, देवी थान, सैनिक टोल, महेन्द्र चोक, हुलाक मार्ग, चौकी, अभियान पथ ठाडो लाइन, बैंक रोड, मालपोत चोक आदि पर्दछन.

स्कुल तथा कलेज हरु :
श्री त्रिभुवन आदर्श क्याम्पस, श्री त्रिभुवन आदर्श उच्च मा. बि., रोशनी बोर्डिंग उच्च आ. मा. बि., ज्योति बोर्डिंग उच्च आ.मा. बि., भू. पु. बोर्डिंग उच्च आ. मा. बि., स्यांग्जा उच्च आ. मा. बि., हिमालयन बोर्डिंग स्कुल, सिसुनिकेतन बोर्डिंग स्कुल, श्री काजिमान हरि टिका उच्च मा. बि., बिलिवीयर्स बोर्डिंग स्कुल, सेतो गुरास, बालमन्दिर प्रा. बि., आदि

पार्क तथा पिकनिक स्पोट:
लव डाडा, घलेम डाडा, ठुलो फुलबारी, सानो फुलबारी, बिपी बाटिका(राम मन्दिर), कृष्ण मन्दिर, बिष्णु पधेरा(तीनधारे)

धार्मिक स्थल तथा मठ मन्दिर:गुडी खोला मन्दिर, शिव मन्दिर(प्रगति नगर), राम मन्दिर, नेवा गुठि मन्दिर(बैंक रोड) कृष्ण मन्दिर(बिरेन्द्र नगर), बिष्णु मन्दिर, अहले सुन्नत मस्जिद(बाडखोला), अहले सुन्नत मस्जिद (स्याङ्जा), गुम्बा (बिपी बाटिका) बिलिवियर चर्च,ब्रह्माकुमारी बिश्वो बिद्यालय, ओशो सेन्टर, ओम शान्ति, ओम साइराम आदि

खेलकुद मैदान तथा सभा हल:
माले बगर, भू. पु. ग्राउण्ड (फुटबल क्रिकेट), टेनिश हल, ब्याटमिनटन कोर्ट (जिल्ला प्रसासन), बास्केट बल कोर्ट(सप्यार) टुडिखेल, बालमन्दिर हल, सभा गृह, आदि

होटल तथा रेस्टुरेन्ट :
सेरचन गेस्ट हाउस, सौगात होटल, कल्पना गेस्ट हाउस, के. सी. गेस्ट हाउस, गैयाली होटल, चाट हाउस, शोमे मोमोज, महेश मिस्ठान, ससेज हाउस, गोधुली रेस्टुरेन्ट आदि

यातायात:
गण्डकी यातायात, स्याङ्जा पोखरा ट्याक्सी, अधिखोला यातायात आदि

संचार पत्रपत्रिका:
स्याङ्जा संदेश, आधिखोला एक्सप्रेस, स्याङ्जा एफ. एम., मेरो स्याङ्जा डट कम, सूचना केन्द्र, साइबर स्याङ्जा ब्लगस्पोट डट कम, वोर्ल्ड स्याडो साइबर क्याफे, सी इ सी साइबर, सी यस टि साइबर आदि

बैंक तथा वित्तीयसस्था:
नेपाल राष्ट्र बैंक(बैंक रोड), मुक्तिनाथ बिकाश बैंक, गरिमा बिकाश बैंक, बाणिज्य बैंक, कृषि बिकाश बैंक, रोयल फ़ाइनान्स लिमिटेड, सतौं चण्डीकालिका फ़ाइनान्स लिमिटेड, पश्चिमांचल फ़ाइनान्स कम्पनी लिमिटेड, छिमेकी बिकाश बैंक, प्रभु रिमिट, ग्रामीण बिकाश बैंक, सुर्योदय सेभिंग एंड क्रेडिट आदि








स्याङ्जा बजार


नेपाल अधिराज्यको पश्चिमाञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम स्याङजा पुतली बजार न.पा. ८५० मिटर उचाइमा आधिखोलाको किनारमा रहेको छ । स्याङजा एउटा अनौठो नाम भएका ले यो नाम रहनुको कारण खोज्दै जादा एउटा यस्तो कथन पनी पाए जून यस प्रकार को छ । अठारौ शताब्दी तिर आंधीखोला उर्लदै बढेर आए पछि ठेलिएछ । यसरी ठेलिएको देखेपछि मानिसहरुमा हाहाकार मच्चिन थाल्यो । एक जना सज्जन मनीषले भगवानलाई पूकार्दै खोलो "स्यांइय जा" भन्ने कामना गरेछन । बृढाको कामना सगै ठेलिएको खोलो "स्यांइय" खूलेर गए पछि "स्यांइय जा" को अपभ्रंस भएर स्याङ्जा हून गएको हो भनाई रहेको छ । पहाड़ी बजार हरु मा ब्यवस्थित तथा अनौठो बजार को रुपमा स्याङजा बजार लाई लिन सकिन्छ। बी . पी. बाटिका राम मन्दिर डाडा को तल्लो भाग मा छरीयर बसेको यो बजार घुम्ती भन्दा माथि भू. पु. सैनिक टोल देखि सुरु भएर चौकी बजार सम्म छरीयर रहेको छ। स्याङ्जा बजार को प्रमुख ब्यापारिक केन्द्र को रुपमा रहेको स्याङ्जा को महेन्द्र चोक संग एउटा रमाइलो प्रसङ्ग जोडिए को छ। २०36 साल को आन्दोलन को क्रम मा स्याङ्जा जिल्ला को नै प्रथम सहिद महेन्द्र नाम गरेका बिद्यार्थीले यहि चोक मा सहादत प्राप्त गरेका थिए र तिनै सहिद को सम्झना मा यो चोक को नाम महेन्द्र चोक राखिए को थियो। केही समय पछी सोही चोक मा राजा महेंद्र को सालिक राखिएको र सोही सालिक को कारण अहिले राजा को नाम को चोक भनेर बुझ्ने चिन्ने गर्दछ्न। बजार को मुटु मा प्रहरी कार्यालय नेपाल को दोस्रो राम्रो प्रहरी कार्यालय मानिने सो कार्यालय तत्कालीन माओबादी को आक्रमण पछी ध्वस्त भएको र अहिले आधुनिक संरचना मा पुन निर्माण गरिए को हुदा अहिले ले कुनै स्थान पाए को छैन। नेपाल को ठुला सहर हरु जस्तो चहलपहल देखिने यो चोक वरिपरी आधुनिक किसिम का पसल हरु राम्रा राम्रा घर हरु कुनै डाडा को भित्र त कुनै भिर तिर साचै एकदम अनौठो खाले छ यो बजार। जिल्ला का सम्पूर्ण सरकारी कार्यालय हरु को बिच तथा बजार को छेउ मा रहेको सुन्दर टूडीखेल केही बर्ष पहिले कुनै न कुनै सभा सम्मलेन तथा खेलकूद प्रतियोगिता हुने गर्दथियो साथमा रमणीय बालमंदिर जहा बजार को सबै भन्दा ठुलो सभा हल भएका ले सो स्थान जुनसुकै बेला पनी चहलपहल हुने गर्दथियो। बिभिन्न कारण ले अहिले अहिले सो ठाऊ पहिले को जस्तो चहलपहल नभए पनी एकदम शांत र रमणीय छ त्यहाँ बाट धौलागिरी हिमाल तल अधिखोला डाडा हरु मा रहेका गाउ हरु र तल पुतली बजार साचै कुनै भ्यु टावर को आबस्यकता पर्दैन। स्याङ्जा बजार को पहिलो क्याम्पस त्रिभुवन आदर्श क्याम्पस र त्रिभुवन उच्च मा. बि. जिल्ला प्रसासन, जी. बि. स साथै जिल्ला अदालत तथा विभिन्न सरकारी कार्यालय हरु पनि यहि भाग मा पर्दछ यो बजार मा भू. पु. सैनिक टोल, महेन्द्र चोक, हुलाक मार्ग, चौकी, अभियान पथ, ठाडो लाइन, बैंक रोड, मालपोत चोक तथा साना साना टोल गल्लि हरु रहेका छन् भौगोलिक बनोट का कारण भौतिक रुपमा ठुलो बिकाश हुन नसके पनि देश को सबै सुबिधा प्राप्त बजार हरु को तुलना गर्न सकिन्छ यो बजार ठुला होटल, रेस्टुरेन्ट, क्लिनिक, पार्क, सभा हल, डीपार्टमेन्टल स्टोर्स, बुटिक पार्लर, गहना पसल, विभिन्न ट्रेनिंग सेन्टर हरु, साइबर क्याफे, जिम हल, ट्याक्सी का साथै हरेक किसिम का सुबिधा हरु यहाँ पाउन सकिन्छ।

No comments: