Wednesday, July 2, 2008

स्कुले जीवन

           कक्षाको फुच्चे म अब फुच्चे छैन भन्ने लाग्थ्यो जिल्ला स्तरीय परिक्षा दिने भएकाले पनि होला त्यसो त म मा  धेरै परिवर्तन आएको महसुस गर्दै थिए केहि पहिले सम्म केटा केटी समान रुपमा देख्ने आखाँ अहिले फरक छुट्टाउने भएको थियो चकचके बानि छुटेको थियो स्कुल पुग्ने बित्तिकै स्कुलको चौरको दुबो नै गुन्द्रुक हुने गरी खेल्नु पर्ने बानिमा परिवर्तन भएको थियो   बोल्न जिस्किन खेल्न अलि लजाउने खाले स्वभाव देखिन थालेको थियो कपाल चिटिक्क कोर्नु पर्ने अनि ड्रेस पनि सफाचट हुनु पर्ने बोलि पनि फेरिएको थियो

            मेरो स्वभावमा परिवर्तन हुनुमा उमेरको दोस होइन दोस त उ राम्री हुनु उ आखाँमा बस्नु अनि उसका हरेक क्रियाकलाप लाई मनले मन पराउनु हो उ स्कुल कि सबै भन्दा राम्री मान्छे मनले स्वीकार गरेकी मान्छे प्यारी मान्छे गोलो गोरी वर्ण अनि घुमरे कपाल अनि मिर्ग जस्तै चाल भएकी उ प्यारी करुणा
          दिनहरु निकै रमाइला लाग्न थालेको थियो स्कुलमा पढ्ने बाहेक अर्को नयाँ काम थपिएको थियो स्कुल छिटो पुगेर कक्षा कोठा बाहिर झ्यालमा अडेस लगाएर टोलाई बस्ने l एक पाइला यता उति नचलाई l यी नजरहरु लाई त्यहि चौपारी नजिकैको बाटोमा टपक्क अड्काएर राख्नु पर्ने l घुँडा माथि आउने छोटा स्कट अनि दुइचार ओटा किताव छातीमा च्यापेर आउदै गरेकी उसलाई मन भरिने गरि हेर्नु पर्ने l अहिले सम्म बुझ्न नसकेको कुरा उसको आगमन संगै त्यहि बेला वतास चल्नु पर्ने चौपरिको शिरिस रुख बाट फूलहरु बाटो भरि झर्नु पर्ने, किन ? मौसम ले पनि ठुलो गुन लगाउदै थियो l
        उ देखिने बाटो बाट उसको कक्षा कोठा सम्म पुग्न त्यस्तै ३०/४० कदम अनि बढीमा ३० सेकेन्ड को दुरी थियो l त्यहि ३० सेकेण्ड अनि ३०/४० कदम उ हिड्दै गर्दा यी आखाँमा पुरै फिल्म सकिन्थ्यो l त्यो पनि शुद्द लभ स्टोरी वाला l  एकदिन मेरो फिल्म नसकिदै उ देब्रे मोडिदै कक्षा कोठा भित्र पसी l मेरो कथा त्यहि रोकियो l फिल्म हेर्दै गर्दा लाइन गए जस्तो भयो l उ कक्षा भित्र  पसेर आफ्नो साथिहरु लाई  हात हल्लाउदै हाई गरि l लाग्थ्यो रेड कार्पेटमा हेरोइन ले हात हल्लाउदै छ l त्यसो त उ कक्षा को मात्र नभई स्कुल कै हेरोइन थिई l चौथो हो या पाचौ लाइनको डेस्कमा किताब राखेर बेन्चमा बस्नु भन्दा पहिले उसको नजर यतै आएर ठोकिन्थ्यो l यो त हरेक दिन को कहानी थियो l त्यो नजर संगै मनमा पिरतीको गित बज्थ्यो l अनि वास्तविक फिल्म सुरु हुन्थ्यो l वास्तवमा भन्नु पर्दा हरेक दिन आखाँ नझिम्काई उस्को हरेक क्रियाकलाप नियालेको हुन्थे l त्यसैले उसले के सोच्दै छ बाहेक का हरेक कुराहरु बुझ्न थालेको थिए l
          म मात्र होइन उसका साथीहरुको अनि हाम्रो साथिहरु बीच नजर बाट तिर प्रहार हुन्थे l एक प्रकार को युद्द जस्तो l ति तिर अर्थात नजर का प्रहार प्रेम का प्रहार थिए l घन्टी बज्थ्यो l हामि लाइन लाग्न भनेर ग्राउण्ड तिर लाग्थ्यौ l युद्द बिराम भएको भने हैन l सबै एकै पटक ग्राउण्ड तिर लाग्दा आफ्ना आफ्ना मनपर्ने मान्छे लाई नजिक बाट महसुस गर्न पाइन्थ्यो l लाइन लाग्दा सधै म अगाडी वा दोस्रो मा हुन्थे l गर्व गर्ने कुरा होइन म क्लासको सबै भन्दा फुच्चे भएर l उ भने म जस्तो कक्षाको फुच्ची थिईन l उ म भन्दा सानो क्लासको भएर होला म उसलाई हेर्न पछाडी नै फर्किनु पर्थ्यो l  नजर अगाडी होस् पुरै पछाडी l कहिले कहिँ कभर अप भनेको नसुन्ने रहेछु l सरहरु ले मलाई लुसे सोच्थे होला l सरहरु लाई के थाहा यो फुच्चे को होस् ले कहाँ कहाँ सम्म पुग्न सक्छ l मलाई बहाना बनाएर पछाडी फर्किनु नै पर्थ्यो l जस्तो सुकै मुल्य चुकाउन किन नपरोस l उसको मुहार त्यो भिडमा कहिले हराउथिएन् l दिउसै चन्द्रमा उदाए जस्तो l एक नजर घाइते हुन् लाई काफी थियो l मलाई घाइते हुनु बडो रहर थियो l त्यो पनि बार बार l यो त पालेदाई को पहिलो घन्टी बज्नु पहिले १० मिनेट को कथा हो l  
क्रमस...


No comments: