Saturday, September 30, 2017

नेपाल आइडल 2017

              मुख बजाउने ले होइन, भोट हाल्ने ले जिताए नेपाल आइडल



           नेपाली टेलिभिजन को इतिहासमा नेपाल आइडल ले नयाँ आयाम थपेको छ नेपालमा पनि अन्तरास्ट्रिय स्तरका कार्यक्रम हुने गर्छन भन्ने उदाहरण यसले प्रस्तुत गरिसकेको छ नेपाल आइडल जसले पहिलो पल्ट म जस्ता नेपाली सो नहेर्ने दर्शकहरु लाई पनि आकर्षित गरेको थियो म प्राय एपिसोड हरु नछुटाई हेर्ने गर्थे यसै सन्दर्भमा निशानको आवाज को म प्रसंसक भए निशान को स्वर वास्तबमा तारिफ गर्न लाएक को छ  नेपाल को पहिलो आइडल निशान हुनु पर्छ भन्ने पक्षमा धेरै तर्क हरु गर्थे निशान बटम ३ मा पर्दा निकै निराश हुन्थे आइडल को पुरै शो हेर्न नपाए पनि युटुबमा कमसेकम निशान को प्रस्तुति भने हेरेको हुन्थे

         निशानको यति ठुलो फ्यान तर उसका निम्ति मुख बजाउनु र दिमाख तताउनु भन्दा अरु केहि गरेको थिईन त्यसो त बिदेशमा रहेका फ्यानहरु का निम्ति एप को व्यवस्था थियो लाखौ भोटमा मेरो भोट को के महत्व यहि सोचले जरो गाडेको थियो नेपाल आइडल को ग्रान्ड फिनाले को चर्चा चलिरहदा ग्रान्ड फिनाले कतारमा हुदैछ भन्ने कुरा ले म निकै हर्षित थिए 
         आइडल का थुप्रै काण्ड सुन्नमा आए त्यस मध्य को चर्चित रामकृष्ण ढकाल को काण्डले तहल्का मचायो उनले कार्यक्रम मा नै पुगेर निशान ले जित्नु पर्ने जस्ता तर्क राखेका थिए जसले गर्दा नेपाल आइडल मा जातीय तरंग पैदा भयो  मैले सोच्ने गर्दथे जातीय रुपमा नै आइडल मा चर्का चर्की भयो भने यहाँ दास र लामा को के हाल होला  केहि दिन पछि रामकृष्ण ढकालले उक्त काण्ड लाई साम्यपार्न अन्तर्वार्ता दिए मेरो एल्बम किनिदिने र मेरो सो हेरिदिने जनजाती हरु हुन् मेरो जातका ले त्यो कस्ट गर्दैनन  उनले आफुलाई बचाउ गर्दै भनेका थिए त्यसैमा उलने थपे भोट कै कारण राम्रा स्वर भएका हरु आउट हुनु दुखद कुरा हो उनको यो कुरा सत्य हो भन्ने लाग्यो म तुरुन्त एप डाउनलोड गरे र निशान लाई भोटिंग गर्न सुरु गरे
        म स्वतन्त्र दर्शक थिए मेरा नाम को पछाडी जोडिएको नाम संग भट्टराइ, लामा र दास को पर पर सम्म पनि केहि सम्बन्ध थिएन भौगोलिक रुपमा भने लामा संग नजिक थिए हामि छिमेकि जिल्ला का थियौ  मेरो स्वतन्त्र विचारलाई भूगोल धर्म जातीय अथवा अन्य कुनै विचारले जित्न सकेन म निशान को फ्यान हुन् बाट डगमगाएन
         ग्रान्ड फिनालेको मिति नजिकिदै गर्दा बुद्द ले जित्ने सम्भाव्यताका चर्चा सुनिन थाले  प्रशान्त तामांग र  तेरिया मगर लाई भारतको चर्चित ठुला रियालिटी शो हरुमा जिताउने नेपाली अझ भनौ जनजाती हरु थिए  त्यसैले बुद्द लामा लाई जिताउन कुनै आइतबार थिएन यो सवालले केहि पिरोलेको थियो  जातीय स्वभाव का प्रश्नहरु ले मनमा उथलपुथल भयो मैले भेटेका भटराई निकट जातिका साथि भोटिंग कै आधारमा यदि निशान ले हार्यो भने त्यो निकै दुखद कुरा हुने छ भनेर उक्साउने गर्थे  त्यसो भन्दै गर्दा कतै म माथि पनि जातीय भुत सवार भएको त होइन भनेर आफु लाई सचेत राख्थे यहाँ लामा र दास हरु लाई हराउन भन्दा पनि एउटा राम्रो आवाज को जित होस् भन्ने मेरो चाहना थियो  नेपाल आइडल मा भोटिंग कै आधारमा राम्रा प्रतियोगी हरु बाहिरिएको तितो अनुभव हामी संग थियो   
         ग्रान्ड फिनालेको दिन - कतार को सनैया स्थित ग्रान्ड मलको स्टेडियम निकै ठुलो छ  जहाँ टिकेट काटेर पछाडी को सिटमा बसेर हेर्नु भनेको रेडियो सुन्नु जस्तै हो म संग धेरै पटक को अनुभव थियो दाई संग भीआइपी मा नबसे सो हेर्दिन भन्ने घुर्कीले काम गर्यो  दाई ले ३ जना का निम्ति भीआईपी सिट सुरक्षित गर्छु भन्नु भयो म बिहानै देखि भीआईपी देखिनु का निम्ति दराजका कपडा फेरी रहे  बेलुका ६ बजे सो सुरु हुन्छ भन्ने खवर थियो  हामी ४ बजे घर बाट निस्कियौ  कार्यक्रम कै कारण निकै लामो जाम थियो २० मिनेट को बाटो हामि डेढघण्टा लगाएर कार्यक्रम स्थल पुग्यौ  कार्यक्रम स्थल वरिपरी सयौ सुरक्षाकर्मी अनि हजारौ को भिड थियो   कतारमा ग्रान्ड फिनाले हुनु गलत भन्ने हरु को लागि गतिलो झापड थियो यो ह्युज क्राउड लाई एपीवान ले लाइभ देखाउनु पर्छ हामि गफ गर्दै कार्यक्रम स्थल भित्र पस्यौ
        उच्च सुरक्षा व्यवस्थापन भब्य स्टेज र हजारौ खचाखच दर्शक देखेर मन प्रफुल्ल भयो  ग्रान्ड फिनाले भनेको यस्तो हुनु पर्छ बाटोमा भेटेको आयोजक तथा व्यवस्थापक दाजु हरु लाई बधाई दिदै आफ्नो स्थानमा बस्यौ कार्यक्रम संचालन हुन् का निम्ति केहि बाधा आए जस्तो सबैलाई भान हुन् थाल्यो टेक्निकल समस्या थियो  केहि बेरमा कार्यक्रम सुरु भयो  सधै टिभीमा देखिने जज हरु लाई लाइभ देख्दा सबै दर्शक खुसि थिए टप १२ प्रतियोगी मह जोडी नलिना चित्रकार तेरिया मगर  र नारद खतिवडा ले स्टेज मजाले तताए लाइभ सो भएका कारण अन्य लाइभ सो भन्दा केहि भिन्न थियो जुन कुरा उदघोसक शुशील नेपाल र रिमा विश्वकर्मा ले बुझाइरहेका थिए टप ३ हरु को गित सेलेक्सन राम्रो थियो दर्शक हरु मन खोलेर नाचे  बाहिर भने दर्शक हरु को भिड लाई व्यवस्थित पार्न सुरक्षा बल लाई गाह्रो भएको कुरा भित्र सुनिन आयो  नेपाल आइडल को त्यो क्रेज जायज थियो
           कार्यक्रममा भब्य रुपमा चलिरहेको थियो  अचानक नेपाल आइडल को नतिजा घोसणा हुन् लाग्दा म जस्तै धेरै जना अचम्म पर्यौ  सोचे भन्दा छिटो गन्तव्यमा पुगे जस्तो भयो  समयको पावन्दी का कारण त्यस्तो हुन गयो  अन्तिम तीनजना प्रतियोगी जजहरु नतिजा सुन्न सुनाउन अगाडी आए  सेकेन्ड रनरअप को अनुमान लगाउन कार्यक्रम प्रस्तोता ले दर्शक हरुको तर्फ माइक फर्काउदा बुद्द लामा को स्वर गुज्नियो भोट नहाल्नेहरु मुख बजाउदै छन् जस्तो लाग्यो   त्यो सेकेन्ड रनरअप अप मा वास्तबमा आइडल बन्न लाएक रुप रंग स्वभाव भएका प्रताप दास को नाम घोसणा भयो  मेरो आइडल निशान को झिनो आशा र मेरा छिमेकि बुद्द को बलियो दाबेदारी देखे  अन्तिम मा नेपाल को पहिलो आइडल को घोसणा हरिवंशले सुनाए  मुख बजाउने हरु को आवाज लाई लाउड स्पिकरको आवाज ले जित्यो बुद्द लामा नेपालको पहिलो नेपाल आइडल घोसित भए आफ्नै मोबाइलमा यो अविस्मरणीय क्षण कैद होस् भनेर उठाएका हात गलेको महसुस भयो  स्टेजमा के के भयो भन्दा पनि अब आफ्नै फोटो खिचौ भनेर फोटो खिच्न तिर लागे कार्यक्रम सकिदै गर्दा हजारौको भिड स्टेज बाट खालि भयो
       फ्यान हरुको मायाले बुद्ध आइडल बने समधुर स्वरका कारण निशान फर्स्ट रनरअप भए नेपाल आइडल बन्न लाएक को रुपरंग भएका कारण प्रताप सेकेन्ड रनरअप भए वास्तमा लाखौ प्रतियोगी बाट चुनिएर आएका उनि हरु सबै यसका हकदार थिए 
        भोलिपल्ट म संगै अफिसमा काम गर्ने एकजना भटराई निकट जातिका भाई दुखित थिए आइडल त लामा नै भए है दाई भनेर मलाई सुनाए  मैले पनि आफ्नो निरास्यता पोख्ने मौका पाए  अस्ति मात्र अरबौ रुपिया भ्रस्टाचार गर्ने चुडामणि शर्मा का दाजु हरु अहिले पनि पुर्खौली घरमा बसेर सामान्य किसान को जीवन यापन गरेका छन तर धरान पोखरा काठमान्डौ जस्ता शहर हरुमा जनजाती लाहुरेका भब्य घरहरु मा आफन्त हरु ले रजाई गरेका छन् यो नतिजा जातीय स्वभावका कारण भएको हो  मैले भाई लाई व्यंग हाने उनि मेरो कुरा मा सहमत भए भएनन् थाहा भएन उनले मुन्टो चाही हल्लाए 
अब भविष्यमा पनि बुद्ध निशान र प्रताप लाई अब वास्तविक स्टार बनाउने मुख बजाउने हरु ले होइन गितसंगीत प्रेमी ले हो  नेपाली सबै को मन जित्ने गित गाउदै गर्नु होला शुभकामना
    

मोहम्मद वाहिद अलि
Twitter- @WahidSyangja



No comments: